समाचार

एक वर्षदेखि बन्द चिज उद्योग अझै खुलेनन्

म्याग्दी। विसं २०७६ कोे चैतदेखि बन्द भएका म्याग्दीको पर्यटकीय क्षेत्रका चिज उद्योग अझैसम्म पनि सञ्चालन हुन सकेका छैनन् । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि २०७६ चैतदेखि भएको बन्दाबन्दीसँगै जिल्लाको उत्तरी क्षेत्र पाउद्वार, घार र राम्चेमा सञ्चालन हुँदै आएका चिज उद्योग बन्द भएका थिए । लकडाउन खुकुलो भई आन्तरिक पर्यटकको आवागमन बढे पनि विदेशी पर्यटक आउने […]

‘कृषिमा नयाँ कार्यक्रम सञ्चालन हुने’

ललितपुर। कृषि तथा पशुपक्षी विकासमन्त्री पद्याकुमारी अर्यालले गत वर्ष सञ्चालन भएका तर प्रभावकारी बन्न नसकेका कृषि कार्यक्रमको निरन्तरता दिन नसकिने बताइएकी छिन् । आउँदो आर्थिक वर्ष २०७७/७८ मा कृषि बजेट, नीति तथा कार्यक्रमका सन्दर्भमा मन्त्रालयमा आयोजना गरिएको छलफल कार्यक्रममा उनले अनुत्पादक क्षेत्रमा लगानी भएका कृषि र पशुपालन क्षेत्रका कार्यक्रम निरन्तरता हुन नसक्ने तर फरक रुपमा […]

बाख्राफार्ममा आगलागी हुँदा रु ६० लाखको क्षति

झापा। झापाको बुद्धशान्ति गाउँपालिका–४ देवीवस्तीमा मध्यरातमा बाख्राफार्ममा आगलागी हुँदा ४० बोयर जातका खसीबाख्रा जलेर मरेका छन् । ज्योति बिमलीको एकल लगानीमा सञ्चालित सो फार्ममा गएराति अन्दाजी साढे १२ बजेतिर अचानक आगलागी भएको र मरेका खसीबाख्रा र दानासमेत गरेर रु. ६० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिए। विर्तामोड र […]

दाङमा तोरी उत्पादनमा वृद्धि

दाङ। गत वर्षका तुलनामा दाङमा यस वर्ष तोरीको उत्पादन बढेको छ । जिल्लामा यसवर्ष ५४.८६ प्रतिशत बढी तोरी उत्पादन भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार सरकारले तेलहन बालीलाई प्रवद्र्धन गर्न थालेपछि तोरी खेतीतर्फ किसानको आकर्षण हुँदा उत्पादन समेत बढेको हो । गत वर्ष २० हजार १७८ मेट्रिक टन तोरी उत्पादन भएको थियो भने यस […]

कृषिमन्त्री अर्यालद्वारा सांसदहरुसँग छलफल

ललितपुर। कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले बजेट, नीति तथा कार्यक्रमसम्बन्धी छलफल गरेकी छन् । मन्त्री अर्यालले (शुक्रबार) मन्त्रालयमा विशेष कार्यक्रमको आयोजना गरी आर्थिक वर्ष २०७८/०७९ कृषि मन्त्रालयको बजेट, नीति तथा कार्यक्रमका सम्बन्धमा सांसदहरुसँग छलफल गरी सुझाब लिएकी हुन् । त्यस अवसरमा बोल्दै कृषिमन्त्री अर्यालले विगतमा सञ्चालित कार्यक्रमलाई यसपाली सरकारले सच्याउने बताइन् । विगतमा […]

किसानका लागि मेरो कित्ता कार्यक्रम शुभारम्भ : प्रधानमन्त्री ओली

ललितपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले मेरो कित्ता कार्यक्रम कार्यान्वयनमा ल्याउने बताएका छन् । नयाँ वर्षमा नयाँ कामहरू थालनी गरेको उल्लेख गर्दै किसानका लागी नयाँ वर्षको शुरुबाटै मेरो कित्ता कार्यक्रम शुभारम्भ हुने बताए। उनले किसानले आफ्ना पूर्जा घरबाटै एपमार्फत हेर्नसक्ने र आधुनिक प्रविधिको माध्यमबाट उक्त काम गरेको जानकारी दिए । नयाँ उत्साह, नयाँ आत्मविश्वासका साथ नयाँ […]

भानुभक्त प्राणी उद्यानमा १६ प्रजातिका चरा फेला

तनहुँ। तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित भानुभक्त प्राणी उद्यानमा १६ प्रजातिका चराचुरुङ्गी फेला परेका छन् । वन्यजन्तु सप्ताहको अवसरमा बुधबार प्राणी उद्यानभित्र पर्ने जङ्गलमा १६ प्रजातिका चरा फेला परेका हुन् । त्यसक्रममा थप चार प्रजातिका चराहरुको आवाज पहिचान गरिएको प्राणी उद्यानका संरक्षण अधिकृत रुपक महर्जनले जानकारी दिए। पहिचान भएका चराहरुको फोटोसहित रेकर्ड राखिएको छ । गत […]

मापदण्डविपरीत पशु ढुवानी गर्ने ३६ सवारी कारवाहीमा

चितवन। चितवनमा मापदण्डविपरीत पशु ढुवानी गर्ने ३६ सवारी साधन कारवाहीमा परेका छन् । चालु आर्थिक वर्षको हालसम्म ३६ सवारी साधनले मापदण्डविपरीत पशु ढुवानी गरेको पशु क्वारेन्टाइन चेक पोष्ट रामनगर चितवनका प्रमुख डा कृष्ण पौडेलले जानकारी दिए । उनका अनुसार चालु आव २०७७/०७८ को भदौमा चार, असोजमा आठ, कात्तिकमा दुई, मङ्सिरमा दुई, पुसमा नौ, माघमा पाँच […]

चिराइतोको मूल्य बढेसँगै किसान उत्साहित

ताप्लेजुङ। विगतका वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्यमा वृद्धि भएपछि ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लाका किसान उत्साहित भएका छन् । गएको वर्षमा चिराइतोको मूल्य न्यून हुँदा मारमा पर्दै आएका किसान यो वर्ष मूल्यमा वृद्धि भएसँगै उत्साहित बनेका हुन् । अहिले ताप्लेजुङमा प्रतिमन रु १५ हजारका दरले चिराइतोको कारोबार भइरहेको छ । “गत वर्ष ताप्लेजुङमा चिराइतोको अधिकतम […]

कोदो, मकै छोडेर किवी खेतीतर्फ

बलेवा। जङ्गल छेवैको पाखोबारी १ वर्षमा एकपटक आलु, मकै र कोदो उब्जिन्थ्यो । तीन महिना मरिमेटी काम गर्दा वर्षदिन कठिनले खान पुग्ने । लगाएको खेतीको उब्जनीभन्दा खर्च धेरै । सम्पूर्ण परिवारले मरिमेटी गर्दा समेत खेतीपातीले घर खर्च चलाउन कठिन हुँदा किसानमा अर्को व्यवसायतर्फ कुनै सोच पलाएको थिएन । म्याग्दीको मालिका गाउँपालिका–२ का मोहनबहादुर पुनले जान्ने […]