समाचार

सप्तरी आगलागी : १८ गाई र दुई बाछा जलेर मृत्यु

सप्तरी। सप्तरीको अग्निसाइर कृष्णसवरण नगरपालिका–५ स्थित एक गाई फर्मममा आगलागी भएको छ । शुक्रबार बिहान अचानक भएको आगलागीमा १८ वटा गाई र २ वटा बाच्छा जलेर मरेको सप्तरी प्रहरीले जनाएको छ । मनोज साह र दिनानाथ साहले सप्तरीको अग्निसाइर कृष्णसवरण नगरपालिका वडा न.–५ को महुली पुल नजिकै सञ्चालन गरेको कृष्णराम बहुउद्देश्यीय कृषि फर्मको गाई गोठमा […]

सर्केगाडमा पशुगणना

सिमकोट। हुम्लाको सर्केगाड गाउँपालिकाले पशु गणना शुरुआत गरेको छ । जिल्लाका सात गाउँपालिकामध्ये सो गाउँपालिकाले सर्वप्रथम पशुगणना शुरु गरेको हो । गाउँपालिकाका आठवटै वडामा पशु गणना थालिएको प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीले जानकारी दिए । यसका लागि गाउँपालिकाले सबै वडामा यही चैत ३ गतेदेखि गणक परिचालन गरेको छ ।

छेउमै भेरी, जमिन बाँझै !

जाजरकोट। डोल्पा सदरमुकाम दुनैबाट जाजरकोट हुँदै सुर्खेततिर बग्ने भेरी नदीमा भारी मात्रामा पानी बगे पनि उपयोगविहीन भएको छ । नदीको छेउछाउमा खेतीयोग्य जमिन सिँचाइ अभावमा बाँझै रहेका छन् । कुनै पनि दूरदर्शी योजना नहुँदा नजिकै पानी भए पनि प्रयोगविहीन भई ठूलो मात्रामा जमिन बाँझो बन्न पुगेको हो । वर्षायाममा आकाशे पानीको भरमा एक बाली खेती […]

पढाइसँगै च्याउखेतीमा विद्यार्थी

बझाङ। बित्थडचिर गाउँपालिका–४ देउलेखस्थित देवश्वरी माध्यमिक विद्यालयमा कृषि बाली विज्ञान अध्ययनरत विद्यार्थीले च्याउखेती शुरु गरेका छन् । विद्यार्थीले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञान हासिल गर्न च्याउखेती शुरु गरेका हुन् । विद्यार्थीलाई अध्ययनसँगै व्यवहारिक ज्ञान दिन च्याउखेती शुरु गरेको प्रशिक्षक नरेश विष्टले बताए । स्रोत साधनको अभावका बाबजुद पनि आफूहरु विद्यार्थीलाई सीप सिकाउन लागिपरेको उनले सुनाए । […]

मकै खेतीमा यान्त्रिकीकरण : खर्च बचत, उत्पादनमा वृद्धि

वीरगञ्ज। जीतपुर सिमरा उपमहानगरपालिका–११ खेस्रौलका किसान परमानन्द चौधरीले अघिल्लो वर्षभन्दा यसवर्ष मकै खेतीको क्षेत्रफल बढाएका छन् । यसको कारण चौधरीलाई खेती सहज लागेर होइन, कृषि अनुसन्धान केन्द्र रानीघाट वीरगन्जले उपलब्ध गराएको मकै रोप्ने नयाँ प्रविधि पाएकाले हो । चौधरीले यस वर्ष साढे चार बिघा क्षेत्रफलमा मकै खेती गरेका छन् । उनले अघिल्लो वर्ष मेसिनबाट मकै […]

किसान सूचीकरण अभियान : किसान औधी खुशी

सुदूरपश्चिम। धनगढी उपमहानगरपालिका– १० का किसान देवराज चौधरी औधी खुशी मुद्रामा भेटिए । किसान सूचीकरणमा नाम दर्ता गराउने कार्य शुरुआत भएपछि उनी खुशी देखिएका हुन् । उनले भने,‘‘सूचीकरण गर्ने व्यवस्थाबाट पहिचान हुने सबै किसानले सेवा सुविधा पाउन सहज हुने देखिएको छ । वास्तविक किसानका हित हुन्छ ।’’ सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा […]

नमूना मसलाबाली गाउँ : बेसार निर्यात शुरु

महेन्द्रनगर। कृषि ज्ञान केन्द्र कञ्चनपुरले सञ्चालन गरेको नमूना कृषि गाउँ कार्यक्रमअन्तर्गत यहाँको दोधारा चाँदनी नगरपालिकाका किसान मसलाबालीमा सक्रिय भएर लागेका छन् । यहाँका नौवटै पालिकामा मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रमअन्तर्गत मसलाबाली, केरा खेती, उखु र तरकारी खेतीलाई प्राथमिकतामा राखेर अगाडि बढाइएको छ । दोधारा चाँदनीमा गत वर्षदेखि अनुदानसहित लागू भएको नमूना मसलाबाली कार्यक्रममा […]

‘नेपाल कृषि पत्रकार महासंघ’ गठन

ललितपुर। कृषि क्षेत्रमा कलम चलाउने पत्रकारहरुको एउटै साझा संस्था बनाउने उद्देश्यसहित साढे दुई दशकदेखि पत्रकारितामा क्रियाशील अन्तर्राष्ट्रिय पत्रकार महासंघका सदस्य समेत रहेका पत्रकार बैकुण्ठ भण्डारीको नेतृत्वमा नेपाल कृषि पत्रकार महासंघ गठन भएको छ । नवगठित महासंघको उपाध्यक्षमा सुमन पन्थ, महासचिवमा पवन श्रेष्ठ, सचिव गोपाल आले मगर, कोषाध्यक्ष कमला भट्टराई चयन भएका छन् । यस अघि […]

लहलहाउँदो गहुँबाली, किसान हर्षित

महेन्द्रनगर। कृषि ज्ञान केन्द्र कञ्चनपुरले सञ्चालन गरेको नमूना कृषि गाउँ कार्यक्रमअन्तर्गत यहाँको दोधारा चाँदनी नगरपालिकाका किसान मसलाबालीमा सक्रिय भएर लागेका छन् । यहाँका नौवटै पालिकामा मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रमअन्तर्गत मसलाबाली, केरा खेती, उखु र तरकारी खेतीलाई प्राथमिकतामा राखेर अगाडि बढाइएको छ । दोधारा चाँदनीमा गत वर्षदेखि अनुदानसहित लागू भएको नमूना मसलाबाली कार्यक्रममा […]

बिनाधितो तीन लाख उद्यमशील कर्जा

भक्तपुर। युवा वर्गलाई स्वरोजगार बनाउने उद्देश्यले चाँगुनारायण नगरपालिकाले बिनाधितो र बिनाब्याजको ऋण उपलब्ध गराउने कार्यक्रम शुरु गरेको छ । चाँगुनारायणका युवाको उद्यमशीलता वृद्धि गरी स्वरोजगार बनाउन नगरपालिका र नेपाल बैंक लिमिटेडबीच नगरपालिकाका ३०० युवालाई बिनाधितो र बिनाब्याज रु. तीन लाख कर्जा दिनेबारे बुधबार सहमति भएको हो । राष्ट्रिय युवा परिषद्ले ऋण लिने ३७० युवालाई १० […]