समाचार

गैँडाकोटमा उत्पादन भएको चैते धानको मूल्य निर्धारण

नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाभित्र उत्पादन भएको चैते धानको मूल्य निर्धारण गरिएको छ । कृषकले चैते धानको उचित मूल्य नपाएको गुनासो गरेपछि नगरपालिकाको पहलमा जयश्री फुड्स प्रालिले धानको खरिद मूल्य निर्धारण गरेको हो । गैँडाकोट–९ मा रहेको जयश्रीले गैँडाकोटका कृषकले उत्पादन गरेको चैते धान प्रति क्विन्टल रु दुई हजार ४०० मा खरिद गर्न सहमत भएको […]

१ अर्ब ६१ करोड रुपैयाँको धानको बीउ आयात

ललितपुर। नेपालमा यस वर्षका रोपाइँका लागि १ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको धानको बीउ आयात भएको छ । बीउ आयातकर्ता कम्पनीहरूले भारत र चीनबाट विभिन्न किसिमका हाइब्रिड ९वर्णसंकर० जातका धानका बीउहरू आयात गरेका हुन् । बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका अनुसार २४ आयातकर्ता कम्पनीहरूले यस वर्षका लागि आवश्यक पर्ने १ अर्ब ६१ करोड १८ लाख ९८ […]

निषेधाज्ञाको असर कुखुरापालन व्यवसायमा : तरकारीको भाउमा कुखुरा बेच्न बाध्य कृषक

लहान। कोरोना भाइरस (कोभिड-१९) फैलिन नदिन सरकारले स्थानीय प्रशासनले एक महीनादेखि गरेको निषेधाज्ञाका कारण कुखुराको चल्ला र दानाको आपूर्ति नहुँदा कुखुरापालक किसानहरु मारमा परेका छन् । निषेधाज्ञाको कारण सवारी साधन नचल्दा दानाको आपूर्ति हुन नसकेपछि पोल्ट्री फर्महरुमा रहेका कुखुराहरु दुब्लाउँदै मर्ने अवस्थामा पुगेका हुन् । लाखौंको लगानीमा सञ्चालित फर्महरुमा दुई महिनाभन्दा बढी समयदेखि जारी बन्दाबन्दीका […]

मकैखेती प्रवर्द्धन गर्न कृषकलाई अनुदान

नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले मकै खेतीको प्रवर्द्धनका लागि सहकारीमार्फत कृषकलाई अनुदान दिने भएको छ । गैँडाकोटमा मकै खेती प्रवर्द्धनका लागि नगरपालिकाले करीब रू. ३६ लाख उपलब्ध गराउने भएको हो । पछिल्लो समय जिल्लाको यहाँको नगर क्षेत्र मकै पकेट क्षेत्रका रुपमा प्रख्यात छ। मकै प्रवर्द्धनका लागि गैँडाकोट नगरपालिका र विनायक कृषि सहकारी संस्थाबीच सम्झौता भएर […]

मलको अभाव छैन, ढुवानीमा देखिएको समस्या समाधान गरिसक्यौं – मन्त्री अर्याल

ललितपुर। कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले यो सिजनका लागि मलको अभाव नरहेको बताउनुभएको छ । केही दिनयता सरकारले किसानलाई मल दिन नसकेको जस्ता समाचारहरु सञ्चारमाध्यममा आएपछि कृषिमन्त्री अर्यालले आज कृषि सामग्री कम्पनी लिमिटेडको मल खाद्य गोदामको अनुगमन र निरीक्षण गर्नुभएको थियो । कम्पनीमा मौज्दात रहेको मलको निरीक्षण पश्चात् आयोजीत पत्रकार सम्मेनलाई सम्बोधन गर्दै […]

कोरोना कहरबीच गोलभेँडा फलाउँदै सुवेदी

गण्डकी। श्रम र सीप भएमा बेरोजगार बस्नु पर्दैन भन्ने दरिलो उदाहरण बन्नुभएको छ पर्वतको फलेवास नगरपालिका–९ भङ्गर जन्मस्थान भएका कृष्णप्रसाद सुवेदी । कोरोना महामारीका कारण लाखौँ युवा बेरोजगार बनिरहेको अवस्थामा हाल पोखरा महानगरपालिका–३३ बागमारामा बस्दै आउनुभएका सुवेदी आफू त स्वरोजगार बन्नुभएको छ नै व्यावसायिक कृषिका माध्यमबाट अरूलाई पनि रोजगारी दिइरहनुभएको छ । पोखरा–३३ बाघमारामा व्यावसायिक […]

कुनै समयको बाँझो जग्गा अहिले हरियाली

तुलसीपुर। कुनै समय बाँझो जग्गा थियो, तर अहिले हरियाली छ । सबैतिर कागतीका बोटैबोट देखिन्छन् । बोटैपिच्छे लटरम्म फलेका मुखै रसाउने कागती । त्यहीँ कागती अवलोकन गर्नेहरूको उत्तिकै भीड पनि । तुलसीपुर उपमहानगरपालिका–१९ विजौरीमा डेढ बिघा र घोराहीमा चार बिघा क्षेत्रफल जग्गा भाडामा लिएर दुई युवाले गरेको कागती खेती उदाहरणीय छ । ती स्थान अहिले […]

चिनी प्रतिकिलो ६३ र ग्याँस ११ सय २० मा बेच्दै साल्ट ट्रेडिङ कर्पोरेसन

ललितपुर। सरकारले बजेटमार्फत गरेको घोषणाअनुसार साल्ट ट्रेडिङ कर्पोरेसनले खाद्यान्न र खाना पकाउने ग्याँसमा छुट दिने भएको छ । बिहीबार साल्ट ट्रेडिङले पिठो, चिनी, नुन, भटमासको तेल र खाना पकाउने ग्यासमा २० प्रतिशत छुट दिन मूल्यसूची सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको मूल्यसूची अनुसार बजारमा प्रतिकिलो प्रतिकिलो पिठोको मूल्य ४४ रुपैयाँ, चिनीको मूल्य ६३ रुपैयाँ २० […]

‘काल’ बन्दै यार्सागुम्बा

दार्चुला। दार्चुलाका हिमाली क्षेत्रका जनताका लागि यार्सागुम्बा आर्थिक स्रोतको मुख्य आधार हो । खेतबारीमा लगाएको अन्‍नले तीन महिना नपुग्ने ठाउँमा यार्सागुम्बाको स्रोतबाट वर्षभरिको खाद्यान्‍न जोहो हुन्छ । यो क्रम एक दशकभन्दा बढी समयदेखि चलिरहेको छ । आर्थिकरूपमा यार्सागुम्बा हिमाली क्षेत्रको बलियो आयस्रोत भए पनि अहिले त्यही यार्सागुम्बा हिमाली क्षेत्रका नागरिकका लागि काल बनेर आएको छ […]

तीन तहका सरकार र किसानको साझेदारीमा उन्नत पशुपालन अभियान

दैलेख। भगवतीमाई गाउँपालिकाले पालिकालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउने अभियानअन्तर्गत उन्नत भैँसीपालन कार्य शुरु गरेको छ । गाउँपालिकाले अहिले उन्नत भैँसी र जर्सी गाई खरिद गरेर किसानलाई वितरण गरेको छ । सङ्घ, प्रदेश, स्थानीय सरकार र स्वयं कृषकको साझेदारीमा उन्नत पशुपालन कार्यक्रम गाउँमा शुरु गरिएको हो । दूध उत्पादन अभियानको पहिलो चरणमा ६८ वटा भैँसी वितरण […]