समाचार

बङ्गलादेशबाट जिटुजी मार्फत खरिद गरिएको मल नेपाल आइपुग्यो

वीरगञ्ज । बङ्गलादेशबाट खरीद गरिएको ३२ हजार पाँच सय मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा सो परिमाणका युरिया मल आइपुगेको हो । जिटुजी सम्झौता अनुसार बङ्गलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिकटन युरिया मल उपलब्ध गराउनेछ । तीमध्ये बाँकी रहेको […]

चैते धानको उचित मूल्य नपाउँदा झापाका किसान चिन्तित

दमक। चैते धानको उचित मूल्य नपाउँदा झापाका किसान निराश भएका छन् । सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य नतोकिएको हुँदा व्यापारीले आफूखुशी मूल्य तोक्ने गरेकाले यस्तो समस्या देखिएको किसानले बताएका हुन् । लागत अनुसार धानको मूल्य नपाएको भन्दै सरकारले उचित मूल्यमा धान खरीदको ग्यारेन्टी लिनुपर्ने झापाका अगुवा किसानको माग छ । यहाँका किसानले गत फागुन […]

व्यावसायिक किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण

कास्की। कृषि व्यवसायमा यान्त्रिकीकरणको माध्यमबाट न्यून लागतमा उत्पादन वृद्धिको योजनासहित कास्कीको मादी गाउँपालिकाले व्यावसायिक किसानलाई हातेट्र्याक्टर वितरण गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको कृषितर्फको स्वीकृत कार्यक्रमअन्तर्गत पहिलो चरणमा मङ्गलबार कृषकसँगको ५० प्रतिशत लागत साझेदारीमा अनुदानमा २४ वटा हातेट्र्याक्टर वितरण गरेको हो । गाउँपालिकाको १ देखि १२ वडाका कृषक, कृषक समूह तथा कृषि व्यवसायमा संलग्न […]

कर्णालीमा ‘गोठालो भत्ता’ कार्यक्रम, किसानलाई पेन्सन

सुर्खेत। कर्णाली प्रदेश सरकारले यस वर्षदेखि ‘गोठालो भत्ता’ कार्यक्रम लाई प्राथमिकतामा राखेको छ। यो कार्यक्रम कर्णालीका १० वटै जिल्लामा लागु हुनेछ। जीवनभरि कृषि पेशामा लागेर ६० वर्ष नाघेका किसानलाई पनि प्रदेश सरकारले मासिक ५०० रुपैयाँ दिने गरी ‘कृषक पेन्सन’ कार्यक्रम सञ्चालन गर्ने योजना अगाडि सारेको छ। ‘गोठालो भत्ता’ कार्यक्रमअन्तर्गत किसानले मासिक एक हजार रुपैयाँ प्राप्त […]

कृषि केन्द्रित लुम्बिनीको नीति तथा कार्यक्रम : म किसान, प्रदेशको शान

बुटवल। मंगलबार लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य र स्वास्थ्य क्षेत्रको विकासलाई प्राथमिकता दिइएको छ । आर्थिक वर्ष २०७८/०७९ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवले सरकारले स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको बताए । प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश […]

चिया उद्योग खुल्ने

इलाम। कोरोना महामारीको विषम परिस्थितिमा चिया निर्यात नभएपछि उद्योग बन्द गरेका सूर्योदय नगरपालिकाका उद्यमीले पुनः सञ्चालनमा ल्याउने भएका छन् । नगरले चियाका लागि मापदण्ड बनाएपछि उद्योग सञ्चालनमा आउने भएका हुन् । नगर, चिया तथा कफी विकास बोर्डका प्रतिनिधि र उद्योगीका प्रतिनिधिको संयुक्त छलफलबाट मापदण्ड तयार पारिएको हो । हरियो चियापत्ती टिप्दा न्यूनतम तीन मिटर सामाजिक […]

भिड बढेपछि साल्ट ट्रेडिङको छुट बिहान मात्र

ललितपुर। सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेसनले सरकारले दिएको २० प्रतिशत छुट बिहान मात्र दिने भएको छ । शुक्रबारदेखि सीमित वस्तुमा मात्र २० प्रतिशत छुट दिएको कम्पनीले आजदेखि बिहान ७ बजेदेखि ९ बजेसम्म खाद्यान्नमा छुट दिन लागेको हो । छुटमा खाद्य पदार्थ खरिद गर्न धेरै सेवाग्राहीको भिड बढेपछि कम्पनीले बिहान दुई घण्टा मात्र बिक्री काउन्टर […]

Cardamom: Cultivation and Status in Nepal

Large Cardamom (Amomum subulatum Roxburgh), also known as ‘Black Cardamom’ or ‘Nepalese Cardamom’ or ‘Greater Indian cardamom’ or ‘Alainchi’ is indigenous to moist deciduous and evergreen forests of sub-Himalayan tracts. It is a high-value spice crop that is grown commonly in the mid-hill districts of eastern Nepal. Large cardamom is perceived as ‘Black Gold’ (Black color of […]

निषेधाज्ञामा जोखिम मोलेर धान रोप्दै किसान

लमजुङ। कोरोना सङ्क्रमण फैलिरहेका बेला जारी निषेधाज्ञामा कोरोना सङ्क्रमणको जोखिम मोलेर यहाँका किसानले धान रोप्न शुरु गरेका छन् । धान रोप्न पानी पर्याप्त हुन थालेपछि जोखिम मोलेरै पहाडी जिल्ला लमजुङको ग्रामीण तथा उच्च पहाडी भेगमा वर्षे धान रोप्न शुरु गरिएको हो । बेलाबेला वर्षा हुन थालेसँगै केही दिन अघिदेखि जिल्लाका ग्रामीण तथा उच्च पहाडी क्षेत्रमा […]

कोरोना कहरका बीच कृषिमार्फत स्वरोजगार बनाउने प्रयास

गण्डकी। कोरोना महामारीसँगै अधिकांशको रोजगारी गुमेको अवस्थालाई लक्षित गर्दै कास्कीको अन्नपूर्ण गाउँपालिकाले कृषिमार्फत सर्वसाधारणलाई स्वरोजगार बनाउने गरी विभिन्न कार्यक्रम अघि बढाएको छ । आयमूलक नगदेबालीलाई जोड दिएको गाउँपालिकाले अघिल्लो वर्ष सुन्तला, कागती, एबोकार्डो, जापानिज कटुस, अम्बा आदिका दुई लाख ६५ हजार विरुवा वितरण गरेको थियो । यस वर्ष सर्वसाधारणलाई ३५ हजार कुरिलोको विरुवाका साथै १६ […]