फापरलाई चिनाऔँ, खाद्य सुरुक्षा  सुनिश्चित गरौं ,

फापर (Fagopyrum esculentum) पोलिगोनिएसी फ्यामिलिमा पर्ने धान ,गहुँ, मकै ,कोदो ,जौ ,पछाडीको छैटौँ मुख्य खाद्य बाली हो भौगोलिक विविधताले भरिपुर्ण भएको नेपालका ६२ जिल्लामा फापर लगाइएता पनि अझैसम्म फापरको उपयोगिताका बारेमा नेपाली समाज यहाँका मानिस पछाडी नै छौँ ।

समुन्द्री सतह देखि ६०४५००मि सम्म लगाउन सकिने फापर नेपालका पहाडी , हिमाली ,मध्यपधाड तराई क्षेत्रमा लगाईदै आएको जसमा पुर्बी रुकुम ,पश्चिम रुकुम, रोल्पा ,जाजरकोट ,डोल्पा ,हुम्ला ,जुम्ला ,कालिकोट ,काभ्रे ,डोलखा , ओखलढुंगा  बढी फापर उत्पादन गर्ने जिल्लामा पर्दछन अरुको तुलनामा खासगरि मिठे फापर तिते फापर गरि फापरलाई विभाजित गरि राखिएको सामान्यतया मिठे फापर मध्यपहाडी तराई क्षेत्रमा लगाइन्छ भने तिते फापर उच्च उचाई भएका क्षेत्रमा लगाईने गरिन्छ।

 प्राय,फापरलाई वर्षभरी लगाउन सकिने भएकाले नेपालको कृषि प्रणालीमा फापरले महत्त्वपूर्ण स्थान ओगटेको देखिन्छ फापरलाई गरिबले खाने बाली( Poors man crop), अज्ञात र उपेक्षित बालिका नामले चिनिएतापनी हिमालयका ठाँउमा यसलाई  प्रमुख बालिका नामले चिनिने गरिन्छ जस्ले त्यहाँका जनजिवनको खाद्य सुरक्षामा सहयोग गरिरहेको छ। तर विडम्बना पहिले फापरका रोटीले तन्दुरुस्त हुने मानिस आज फापर उत्पादन हुने जमिन बाँझो राखी २५ किलो चामललाई २००० हालेर खाइरहेको ।आफुसङ्ग भएकोलाई उचित रुपमा प्रयोग गर्न छोडेर देखासिको संस्कृतिलाई पछ्याउँदै गईरहेको मानिस जस्तै मृगले कस्तुरी खोजेझैँ जो आफै भित्र निहित छ।

फापर जस्तो सुकै हावापानीमा पनि उत्पादन गर्न सकिने बाली हो यो अम्लिय माटो, मलिलोपन नभएको,घाम नलाग्ने ठाँउ जस्तै पहाडी क्षेत्रमा पनि अनुकुल ।यसको यहि अचम्मको विशेषताले गर्दा खानाको कमि हुने क्षेत्र जस्तै  हिमालमा यस्को सम्भाव्यता बढ्दै गएको   असोज कार्तिकमा कोदो उत्पादन नहुने पुस माघमा नहुँ नलगाउने मध्यपहाडका जमिनहरु त्यति उब्जाउ हुदैनन्   त्यस्ता जमिनको पनि सदुपयोग नगरिने भएकाले त्यो समयमा फापर लगाएर मनग्य आम्दानिका सातै खाद्य सुरक्षामा मद्दत पुग्ने विभिन्न प्रविधिका साथै बढी उत्पादनमा दिने जात काम गर्ने व्यवस्थापन गर्न सके फापर उत्पादनले पहाडी क्षेत्रमा सहजै फड्को मार्ने कुरामा दुईमत छैन त्यसैगरि तराईमा भने धान काट्छाँट गरिसकेपछी हिउँदे बाली अन्तरको भागको जमिन खाली रहन्छ जो फापरका लागि उपयुुक्त हुने गर्छ यसरि नेपालको पुरै भागमा फापरको उत्पादन गर्न सकिन्छ।

त्यसैगरी फापरलाई मुख्य खानाको साथै दाना ,तरकारी ,सुप , विभेरेज औषधि बनाउन प्रयोग गरिन्छ फापरको सम्पुर्ण भागलाई भिन्नभिन्न काममा प्रयोग गर्न सकिन्छ। फापरको  दानाबाट बन्ने चिया एकदमै स्वस्थ   सम्पुर्ण शरीरको स्वास्थ सुधारका लागि अत्यावश्यक   जसलाई सोबचा अका( Sobacha aka)  फापरको चिया भनेर चिन्निन्छ त्यसका साथै  वजन घटाउन ,रक्तनलिमा सुधार ल्याउन , मधुमेहबाट बचाउन फापर चियाले अधिक योगदान पुर्याउने गर्छ   सो चिया ग्लुटेन फ्री भएकाले सजिलै पचाउन सकिन्छ। नेपालमा करिब ३४ परिकारका खाना फापरबाट बनाउन गरिन्छ जस्तै ढिडो , रोटि ,मो:मो, लगर , धेसु , तरकारि , सुकाको साग , काँचो पिठो,छ्याङ (जाँड), रक्सी, सलाद , अचार, सुप, र्याले रोटि, चाउचाउ, सेलरोटी, भात, ससेज, डोरपा डाल, चिया, भिनेगर, जाम,पास्ता, विस्क्युइट, केक, मिठाइ, सातु, फुलौरा, पकौडा, खिर मुस्ताङमा आउने पर्यटकहरुकालागी फापरको खिर मुख्य स्वागतको खाना भएको खोजअनुसन्धानबाट थाहापाउन सकिन्छ। 

फापरमा सन्तुलित अमाईनो एसिड्स खनिज पदार्थका साथै चिल्लोपन नहुने भएकाले अहिले शहरी क्षेत्रमा पनि यस्लाई रुचाइएको त्यसका साथै खुट्टाको हड्डीको दुखाई बाट वचन फापरले औसधिको काम गर्ने गर्छ फापरको मुख्य तत्त्व रुटिन( Rutin) मिठे फापरको तुलनामा तिते फापरमा बढी हुने गर्छ जस्को महत्त्व औसधिमा अधिक हुने गर्छ। नेपालबाट फापर निर्यात गर्ने ठूलो क्षेत्र  देखिन्छ तिते फापरको पेस्ट घाउ जलेकोमा ,हल्का पाकेको पिठो रुघाखोकी ,जन्डिस ,जोरो बाट वचन ,पिठो चाहिँ कपाल झर्नबाट बचाउनका निम्ति प्रयोग गर्न सकिन्छ। त्यसैगरी पिम्पल्स, छालाको दाग ,न्युमोनिया विषको असर घटाउन जंगली फापरको पातको प्रयोग गर्न सकिन्छ । धार्मिक कार्यमा व्रत रहँदा पनि फापरलाई चोखो मानेर सेवन गर्ने गरिन्छ। १०० ग्राम फापरमा लगभग १४. क्यालोरि , ग्राम प्रोटिन ,. ग्राम फ्याट ,२७ ग्राम कार्बोहाइड्रट, . ग्राम फाइबर, १४८  मिलि ग्राम पोटासियम, ११८ मिलि ग्राम फोसफोरस, ८६ मिलिग्राम म्याग्निसियम, १२ मिलिग्रान क्यालसियम, .३४ मिलि ग्राम आइरन पाइन्छ सुगरको मात्रा 0 हुने भएकाले मधुमेह हुनबाट रोक्न ,हृदय रोगबाट बच्न यस्को महत्त्व छ।

 वर्तमान  समयलाई नियाल्ने हो भने माग बढ्दै गएता पनि उत्पादनमा कमि आएको देखिन्छ ,बाह्य मुलुकबाट आर्यात गरेर चामल ल्याउँछौँ हामी तर आफ्नै देशमा उत्पादन हुने पौष्टिक र सन्तुलित बाली फापरलाई नकारिरहेका छौँ जस्को कारण ज्ञान र सुचनाको कमि हो ।बहुआयामिक गुण भएका कारण फापरको माग वर्तमान समयमा बढिरहेको तर  गाउँगाउँ हरेक क्षेत्रमा यो कुरा पुग्न सकेको छैन  जसका कारणले उत्पादन गरिने जमिन बाँझो रहिरहेका छन् । तसर्थ फापरको क्षेत्र ,महत्त्व ,उपयोगिता र फापरको बढ्दो माग सङ्गै यसले पुर्याउने खाद्य तथा आर्य सुरक्षाका बारे ज्ञान र सुचना रेडियो ,टेलोभजनका माध्यमबाट हरेक कुनाकुनामा पुर्याउन सके हरेक किसानका लागि उपयोगी हुनेथियो   समृद्धिका बन्द ढोका पनि खुल्ने कुरामा दुई मन छैन