समाचार

बन्दीपुरमा ‘रैथाने बाली र मकै प्रवद्र्धन’ कार्यक्रम

तनहुँ। बन्दीपुर गाउँपालिकाले रैथाने बाली र मकै प्रवद्र्धन कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ । रैथाने बालीको संरक्षण तथा मकै प्रवद्र्धनका लागि कृषकलाई प्रोत्साहन गर्न गाउँपालिकाले यस किसिमको कार्यक्रम ल्याएको हो । आर्थिक वर्ष २०७९/८० का लागि नेपाल सरकारको ससर्त अनुदानअन्तर्गत वार्षिक स्वीकृत कार्यक्रमअनुसार कृषकसँग आवेदन माग गरेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो । […]

तरकारी खेतीले फेरिएको जिन्दगी

सुन्दरहरैँचा। मोरङ सुन्दरहरैँचा नगरपालिका–११ स्थित शुक्रबारेका कृषक मोहनलाल श्रेष्ठले २५ वर्षदेखि निरन्तररूपमा व्यावसायिक तरकारी खेतीमा सक्रिय रहेर मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । पाँच दशकअघि सामान्य किसान परिवारमा जन्मनुभएका मोहनलालले न्यू दीपा कृषि फार्म दर्ता गरेर व्यावसायिकरुपमा कृषि पेसा अपनाउनुभएको हो । उहाँले कृषि विकास बैंकबाट रु. ६० हजार ऋण गरी तरकारी खेती सुरू […]

बजार अभावले बङ्गुरपालन व्यवसाय चौपट

उर्लाबारी। अठार वर्ष वैदेशिक रोजगारीमा रहेर पसिना बगाउनुभएका मोरङको उर्लाबारी–९ का रमेश सुन्दास मेहनत गरे देशमै आफ्नै देशमा आम्दानी गर्न सकिन्छ भन्ने उद्देश्य बोकेर करिब पाँच वर्ष अघि नेपाल फर्किनुभयो । उहाँले आयआर्जन हुने विभिन्न उपाय खोजी गर्ने क्रममा पारिवारिक सहमतिमा बङ्गुरपालन व्यवसाय थाल्नुभयो । सुरुआतमा सुन्दासले वैदेशिक रोजगारीमा आर्जन गरेको धनबाट व्यवसाय स्थापना गर्ने […]

कौसी खेतीबाट व्यवसायलाई टेवा

गण्डकी। दृढ इच्छाशक्तिसँगै लगनशीलता हुने हो भने तरकारी खेतीका लागि जग्गा नै चाहिन्छ भन्ने छैन । घरको छातमा पनि राम्रो उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ यहाँकी होटल व्यवसायी डिलमाया कार्की । पोखरा महानगरपालिका–१७ आँखा अस्पताल चोकमा होटल व्यवसाय गर्दै आउनुभएकी कार्कीले कौसीमा तरकारी खेती गरेर थप आम्दानी गर्नुभएको छ । उहाँ यस क्षेत्रका […]

किसानको सहयोगी बन्दै ‘सहकारी’

महेन्द्रनगर। कञ्चनपुरको ग्रामीण बस्तीमा पछिल्लो समय विभिन्न आयमूलक कृषि व्यवसाय अँगालेका किसानलाई सहकारी सहयोगी बन्दै गएको छ। कम आयस्रोत भएका किसानले बस्तीमा किसानकै नेतृत्वमा बनेका सहकारीमा मासिक बचतदेखि सहुलियत ऋणसम्मको सुविधा पाउने भएकाले उनीहरुलाई आत्मनिर्भर बन्न सहज भएको हो । कञ्चनपुरका नौवटै पालिकाकामा रहेका सहकारीमा किसान आवद्ध भइ तरकारी खेती, पशुपालन, कुखुरा पालन, बङ्गुरपालन, माछापालनलगायत […]

नेपाली चियाको गुणस्तर जाँच गर्न भारत धाउनुपर्ने बाध्यता

झापा। नेपाली चियाको गुणस्तर परीक्षण गर्ने प्रयोगशाला स्वदेशमा नहुँदा चिया उत्पादक व्यवसायी समस्यामा परेका छन् । नेपालको चिया गुणस्तर परीक्षण नगरी भारतले आयातको अनुमति दिँदैन । तर स्वदेशमा प्रयोगशाला नहुँदा व्यवसायीलाई भारतकै पश्चिम बङ्गालको कोलकातामा परीक्षण गर्नुपर्ने बाध्यता छ । उद्योगीले तयारी चिया बोकेका कन्टेनर हप्तौं काँकरभिठ्ठा भन्सारमा राखेर कोलकातामा परीक्षण गर्न लैजान्छन् । परीक्षणको […]

निसीखोलामा स्याउ उत्पादन गरिने

ढोरपाटन। बागलुङमा सबैभन्दा राम्रो स्याउ उत्पादन हुने क्षेत्रका रुपमा निसेलढोरलाई लिइन्छ । निसीखोला गाउँपालिका–५ मा पर्ने निसेलढोरमा वर्षौं अगाडिदेखि नै व्यावसायिक स्याउ उत्पादन हुँदै आएको छ । गाउँपालिकाले यस वर्षदेखि थप स्याउखेती विस्तार गर्न थालेको छ । निसेलढोरसँगै वडा नं. ६ का उच्च क्षेत्रमा पनि स्याउ लगाउन थालिएको छ । निसेलढोरभन्दा वडा नं. ६ केही […]

कुखुरापालक किसान समस्यामा

तनहुँ। तनहुँका व्यावसायिक कुखुरापालन कृषक समस्यामा परेका छन् । उनीहरुले फार्मका प्रति‘अण्डा’ रु. ५.६० मा घाटा खाएर बिक्री गर्न बाध्य हुँदा समस्यामा परेका हुन् । उत्पादन गर्दा रु. १३.८१ लागत पर्ने र बजारमा रु ८.२१ मा बिक्री गर्नुपर्दा व्यवसायी चर्को मर्कामा परेका हुन् । व्यास नगरपालिका–११ बेल्टारीस्थित खड्का पोल्ट्री फार्मका सञ्चालक राजु खड्काले २१ रोपनी […]

वन्यजन्तुबाट तरकारी जोगाउन खेतबारीमै बास

दोधारा चाँदनी। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्किने वन्यजन्तुबाट भीमदत्त नगरपालिकाका किसान हैरान छन् । निकुञ्जसित जोडिएका बस्तीका किसानलाई खेतमा लगाएको अन्न र तरकारी खेती जोगाउन सकस भएको छ । निकुञ्जबाट निस्किने चित्तल र बँदेललगायतका वन्यजन्तुले तरकारी खेती खाएर हैरान गरेको किसान बताउँछन् । निकुञ्जबाट बस्ती छिर्ने वन्यजन्तुले किसानको तरकारी खेतीमा नोक्सानी पु¥याउन थालेपछि जोगाउनमै मुस्किल परेको […]

केरा खेतीमा जमेका ‘पूर्ण’

महेन्द्रनगर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिल्केनीका पूर्णसिंह साउद विगत अढाई दशकदेखि केरा खेती गरिरहनुभएको छ । करिब बीस बिघा जमिनमा व्यावसायिक रूपमा केरा खेती गरिरहनुभएका साउदको वार्षिक रु. ९० लाख बराबरको कारोबार रहेको छ । आफूसित भएको अढाई बिघा खेतसँगै बाँकी तीन/चार ठाउँमा जमिन भाडामा लिएर केरा खेती गरिरहनुभएका साउदले केराबाट वार्षिक रु. पाँचदेखि सात लाख […]