समाचार

वैदेशिक जागिर छाडेर भैँसीपालन, मासिक ७० हजार आम्दानी

सहजपुर। क्यानडाको भिसा त्यागेर कैलालीको अत्तरियाका हिक्मत कठायत अहिले भैँसीपालनमा रमाइरहनुभएको छ । उहाँले भैँसीपालनबाट राम्रो आम्दानी पनि गरिरहनुभएको छ । साइप्रसबाट ‘बिएससी नर्सिङ’ अध्ययन पूरा गर्नुभएका गोदावरी नगरपालिका– २ अत्तरियाका उहाँले विदेशमा छँदा मासिक तीन लाख आम्दानी गर्नुुहुन्थ्यो । पुख्र्यौली घर बझाङको छविस पाथिभेरा-२ भएका उहाँले नेपालमा ‘एचए’ पूरा गरी नर्सिङ पढ्न साइप्रस जानु […]

घोडा चढेर किसानका गोठमा पुग्छन् पशु प्राविधिक

गलेश्वर। पश्चिम म्याग्दीको सुन्दर र सुविधा सम्पन्न गाउँ हो ताकम । धवलागिरि गाउँपालिका–७ मा पर्ने यो गाउँका अधिकांश ठाउँमा सडकको सुविधा छ । घरघरमा मोटर साइकल र अन्य सानाठूला सवारी साधन छन् । यही गाउँका ५६ वर्षीय पशु प्राविधिक देवीप्रसाद सुवेदी गोठगोठमा पुगेर किसानलाई सेवा दिन घोडा चढेर गाउँबस्तीमा पुग्ने गर्नुहुन्छ । उहाँले रु एक […]

निराश छन् भूमिहीन सुकुम्वासी परिवार

कञ्चनपुर। कृष्णपुर नगरपालिका–४ बैलकुण्डीकी काली चौधरी जग्गाको स्वामित्व नपाउँदा निकै चिन्तित हुनुहुन्छ । वर्षौदेखि बस्दै आएको जग्गाको नापजाँच गरी जग्गाधनी पूर्जा पाउनका लागि उहाँ जिल्ला भूमि आयोगको कार्यालयदेखि नगरपालिकासम्म पुग्नुभएको छ । “आयोगमा गएपछि नगरपालिकामा जानोस् भन्छन्” उहाँले भन्नुभयो, “नगरपालिकामा पुगे केही दिन पर्खिन भन्छन् ।” अरु ठाउँमा नापीको कार्य हुन थाले पनि आफू बस्दै […]

दिनभरि जनताको काम, साँझ बिहान बारीमा

तुलसीपुर। दिनभरि वडाको काममा व्यस्त । जनतासँग भेटघाट र साक्षात्कार । दिनभरको खटाइले थकान महसुस हुँदा थकाइ बिसाउने ठाउँ बनेको छ तरकारी खेती । तुलसीपुर उपमहानगरपालिका–१२ का वडाध्यक्ष खुसीराम चौधरीको बारीमा लटरम्म टमाटर फलेका छन्, प्याजका बेर्ना उम्रिदै छन् । पुर्खौदेखि तरकारी खेती गर्दै आएकाले पनि होला कचिला निवासी खुसीरामले जनप्रतिनिधि हुँदा पनि तरकारी खेतीलाई […]

तनहुँमा वार्षिक १७ लाख लिटर दूध बिक्री

तनहुँ। जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ तनहुँले वार्षिक १७ लाख लिटर दूध बिक्री गर्ने गरेको छ । व्यास नगरपालिका–११ रानीगाउँस्थित कार्यालय रहेको सङ्घले शुक्रबार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । सङ्घले यसबाट दुग्ध उत्पादक कृषकलाई वर्षिक रु. १० करोड प्रदान गर्ने गरेको छ । सङ्का अनुसार एक हजार एक सय ५४ कृषक दुग्ध […]

वन्यजन्तु बढेपछि किसान हैरान

महोत्तरी। “न खेतबारीको बाली भन्न पाइन्छ, न घरको मकैको थाक्रो”, बँदेल, दुम्सी, निलगाई र बाँदर सताएपछि वीरक्तिँदै महोत्तरी बर्दिबास–५ की राधा उपाध्याय भन्नुहुन्छ, “यो बालीनाली यिनलाई नै लगाइदिएजस्तै भयो ।” खेतबारीको बालीनाली खाएर नपुगेर बाँदरले घरआँगनका थाक्रामा झुत्याएर राखिएको मकै पनि उधिनेर दिक्क बनाएको ६५ वर्षीया राधाको बिलौना छ । खेतबारीमा बाँदर, निलगाई र बँदेलले […]

श्रम ऐन कार्यान्वयन नहुँदा चिया श्रमिक मारमा

झापा। बिहानीको सुरुआतसँगै चियाको चुस्कीमा मीठो अनभूति गर्ने आम आदत भइसकेको छ । त्यही चियाको बिरुवा हुर्काउनेदेखि कारखानामा पसिना बगाउने श्रमिकका लागि भने श्रम ऐन र सामाजिक सुरक्षा कोष ऐन कार्यान्वयन नहुँदा चियाको विषय अमिलो अनुभूति हुने गरेको छ । खासगरी पूर्वी नेपालमा उत्पादन हुने चिया बगान र उद्योगमा ८० हजार बढी श्रमिक कार्यरत छन् […]

‘ढकमक्क फूलको बगैँचाले आनन्द दिन्छ’

ललितपुर। विगत १० वर्षदेखि सङ्घीय संसद् सचिवालय भित्रको काम छोडेर फूलबारीको स्याहार सुसारलाई रोज्नुभयो वसन्त गिरीले । चावाहिल स्थायी ठेगाना भएका उहाँले फूलबारीको मोहले आफूखुसी काम परिवर्तन गरेको बताउनुभयो । तीन वर्षसम्म कार्यालय सहयोगीका रुपमा सेवारत उहाँ सचिवालयमा करार सेवाको कर्मचारी हुनुहुन्छ । वातावरण अनुकूलको फूलहरुको विरुवा माग गरी केही बिरुवा नर्सरीबाट त केही फूलबारीकै […]

विदेशको कमाइ स्वदेशमा लगानी

गलकोट। बागलुङ नगरपालिका–३ खहरेस्थित सिमलचौरका खड्क केसीलाई जापानको राम्रो कमाई र व्यवसाय छोडेर गाउँको माटोले तान्यो । १२ वर्षको विदेश बसाइलाई बिट मारेर गाउँ फर्कनुभएका उहाँले स्वदेशको आफ्नै माटोमा केही गर्ने लक्ष्यका साथ कृषिसँगै ‘ एग्रो रिसोर्ट’मा लगानी गर्नुभएको छ । ९ वर्ष अघिदेखि सञ्चालनमा ल्याएको पशुपालनलाई उहाँले हालै रिसोर्टमा परिमार्जन गर्दै लगानी विस्तार गर्नुभएको […]

माछा पालक कृषकलाई अचार बनाउने तालिम

देउखुरी। माछापालनमा नेपालकै उत्कृष्ट मानिएको रुपन्देहीको छपियामा माछाको सीपमूलक अचार बनाउने तालिम सञ्चालन गरिएको छ । नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत स्थानीय माछा पालक कृषकलाई सीपमूलक अचार बनाउने तालिम प्रदान गरिएको हो । तालिममा गाउँपालिका उपाध्यक्ष तारा थारूले सीपलाई व्यावसायिक रुपमा प्रयोग गर्नसके माछापालनबाट व्यवसायी बन्न […]