समाचार

कृषि कर्म गर्न सहरबाट गाउँ फर्किए राई दम्पती

खोटाङ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका सुमन राई सात वर्षअघिसम्म राजधानी काठमाडौँमा होटल व्यवसाय गर्नुहुन्थ्यो । काठमाडौँको सिनामङ्गलमा ‘होटल कल्पबृक्ष’ सञ्चालन गर्नुभएका उहाँको मासिक आम्दानी रु. दुई लाखसम्म थियो । छोराछोरीलाई सुविधासम्पन्न ठाउँमा राखेर पढाउने उद्देश्यले २०६३ सालमा श्रीमती सवितासँगै काठमाडौँ छिर्नुभएका सुमन २०७२ वैशाखमा गएको भूकम्पपछि गाउँ फर्कनुभयो । नौ वर्ष काठमाडौँ बसेर […]

कृषि गाउँकी सङ्घर्षशील लक्ष्मी

गलकोट। बागलुङ बजार नजिकैको चर्चित ‘कृिष गाउँ’ । ‘बिजुली पावर हाउस’ नामलाई बदलेर ‘कृषि गाउँ’ बनाउन पहल गर्ने व्यक्ति हुन् लक्ष्मी पुन थापा । विसं २०४० मा बागलुङको दक्षिण राङ्खानीमा जन्मिएकी लक्ष्मीको ९ कक्षामा पढ्दै गर्दा बिहे भयो । गाउँमै बोर्डिङ सञ्चालन गरेर प्रिन्सिपल रहेका पैयुँथन्थापका गङ्गाबहादुर थापासँग बिहे हुँदा लक्ष्मीको शर्त थियो प्रवेशीका परीषा […]

पानीको भरपर्दो स्रोत खोज्दै टौदह

कीर्तिपुर। साइबेरियादेखि आएका पर्यटक चरा फर्किन थालेका छन् । यी चराहरु वैशाखसम्ममा फर्किसक्छन् । त्यतिबेलैदेखि टौदहको पिरलो पनि सुरु हुन्छ । बर्खा लाग्नु अघिसम्म पानी घट्दै जान्छ र माछालगायत पानीमा आश्रित जलचर अक्सिजनको अभावमा मर्न थाल्छन् । पानी कम हुन थालेपछि दहको आकर्षण पनि कम हुँदै जान्छ । “पानीको स्थायी मुहान वा स्रोत नहुनु टौदहको […]

कोरियामा सीप सिकेर नेपालमा उद्यम

नवलपुर।   वैदेशिक रोजगारका लागि दैनिक हजारौँको सङ्ख्यामा नेपालीहरु विदेश जान्छन् । वैदेशिक रोजगारमा गएकामध्ये निकै कमले मात्रै त्यहाँ आफूले सिकेको सीप नेपाल फर्किएर प्रयोग गर्छन् । वैदेशिक रोजगारका क्रममा १५ वर्ष दक्षिण कोरिया बसी फर्किनुभएका इभान गिरीले अहिले फ्रोजन मःम को व्यवसाय सुरु गर्नुभएको छ । उहाँले यसरी बनाएको मःमः रेष्टुराँ, होटल, क्यान्टिन लगायतमा बिक्री […]

दूधको उत्पादन बढाउन माग

बलेवा। अधिकांश समय बागलुङ दूधमा आत्मनिर्भरजस्तै छ । तर सुक्खा मौसममा यहाँ केही दूध पोखराबाट ल्याउने गरिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्कानुसार बागलुङमा हरेक वर्ष दुई करोड ४९ लाख ९१ हजार लिटर दूध उत्पादन हुने गर्छ । तर अझै उत्पादन बढाएमा दूधको बिक्रीमा समस्या छैन । बागलुङ दुग्ध उत्पादक सहकारी […]

कुकुरमा ‘पार्वो भाइरस’ सङ्क्रमण देखियो

चितवन। जिल्लामा पालिएका कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखिएको छ । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका अनुसार जिल्लाका विभिन्न स्थानमा पालिएका कुकुरमा सो भाइरसको सङ्क्रमण देखिएको हो । केन्द्रका सूचना अधिकारी डा. प्रभात न्यौपानेले अस्पतालमा उपचारका लागि ल्याइएका कुकुरमा ३० देखि ४० प्रतिशतमा भाइरस देखिएको बताउनुभयो । मौसममा आएको परिवर्तनसँगै यो समस्या आएको हो […]

उदयपुरमा चैते धानखेती घट्दै

उदयपुर। उदयपुरको पूर्वी मध्य तथा पश्चिमी पहाडी क्षेत्रमा फागुन महिनाको पहिलो हप्तामा लगाइने चैते धानखेतीमा यसपटक खडेरीले कमी आउने भएको छ । हिउँदमा एकपटक पनि वर्षा नभएका कारण चैते धान खेतीमा कमी आएको हो । रौतामाई गाउँपालिकाको भुटार, पोखरी, आपटार, मुर्कुची, पुवाँरे क्षेत्रका खोलानालामा पानी सुकेकाले चैते धान रोपाइँमा प्रभाव परेको मुर्कुचीका कृषक दिलबहादुर रिखाम […]

लोप हुँदै होली गीत : जोगिरा सर…सरररररररर…

धनुषा। ‘कौन तालपर ढोलक बाजे कौन ताल मृदङ्ग ? कौन तालपर गोरिया नाचे कौन तालपर हम ? जोगीरा सर र र !!!’ (कुन तालमा ढोलक बज्छ, कुन तालमा मृदङ्ग, कुन तालमा कान्छी नाच्छे कुन ताल म) वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागुपूर्णिमासम्म मिथिलाञ्चलका घर, गाउँ, टोल र छिमेकमा गाइने यस्तै माधुर्य र प्रेम भाव भएको होली […]

बाख्रापालक किसान भन्दछन् : ‘साइलेज मेसिन’ चाहियो

घोराही। घोराही उपमहानगरपालिका–२ का गोविन्दहरि भण्डारीले विगत दुई वर्षदेखि व्यावसायिक बाख्रापालन गर्दै आउनुभएको छ । बीस लाख लागनीमा राप्ती बोयर ब्राखा फार्म दर्ता गरेर ५० भन्दा बढी बोयर जातका बाख्रापालन गर्दै आउनुभएका उहाँलाई अहिले घाँसको समस्या भएको छ । परम्परागत रूपमा थोरै बाख्रापालन गर्ने किसानका लागि खासै समस्या नभए पनि व्यावसायिक रूपमा बाख्रापालन गर्ने किसानलाई […]

छरुवा प्रविधि मार्फत धान खेती गरिँदै

बनियानी। धान उत्पादनमा लागत घटाउन छरुवा प्रविधिबाट धान खेतीको परीक्षणखेती गरिएको छ । कृषि ज्ञान केन्द्र झापाले जिल्लाका केही स्थानमा ‘ड्रम सिडर’ मेसिनको प्रयोग गरी छरुवा प्रविधिबाट धानबालीको परीक्षण खेती थालेको हो । गौरादह गाउँपालिका दुई र कमल गाउँपालिकाको एक स्थानमा परीक्षण खेती गरिएको ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । “धान उत्पादनमा केही […]