समाचार

खडेरीले सुक्यो गहुँबाली : वर्षा नहुँदा मकै रोप्न ढिलाइ

गलेश्वर। लगातारको खडेरीले म्याग्दीसहित धौलागिरि क्षेत्रमा लगाइएको गहुँबाली सुकेको छ । यो वर्ष हिउँदे वर्षा नहुँदा गहुँबाली सुकेको किसानले बताएका छन् । फागुन अन्तिमसाता लागिसक्दासमेत हिउँदे वर्षा हुन सकेको छैन् । बेनी नगरपालिका–२ का किसान चन्द्रबहादुर कार्कीले लामो समयदेखिको खडेरीका कारण गहुँबाली सुकेको बताउनुभयो । “खडेरीका कारण गहुँबाली सुकेको छ भने खेत बाँझै छन्, पानी […]

सरकारले किसानको समस्या सुनेन

दमौली। तनहुँका कृषकले सरकारले आफूहरुको समस्या नसुनेको गुनासो गरेका छन् । पछिल्लो समय कृषि व्यवसाय र कृषकले भोग्दै आएको समस्याबारे सरकारले ध्यान नदिएको गुनासो गर्दै उनीहरुले आफ्ना माग सम्बोधन गर्न सरकार उदासिन देखिए आन्दोलनमा उत्रनुको विकल्प नभएको बताए । अण्डा उत्पादक कृषक खेमराज अधिकारीले अण्डा उत्पादनमा दैनिक ६० प्रतिशत घाटा व्यहोर्न बाध्य भएको बताउनुभयो । […]

भीमदत्तमा एकीकृत तरकारी बजार निर्माण हुँदै

दोधारा चाँदनी।   कञ्चनपुरको भीमदत्त नगरपालिकाले वडा नं ४ मा एकीकृत तरकारी बजार निर्माण गरिरहेको छ । नगरपालिकाले रु साढे पाँच करोड लागतमा उक्त बजार निर्माण गरिरहेको नगरपालिकाका इञ्जिनीयर जयराज भट्टले जानकारी दिनुभयो । “कृषिउपज सामग्री, मीट मार्ट र कृषि औजारसमेत उक्त बजारमा उपलब्ध हुनेछन्”, उहाँले भन्नुभयो, “एक सय ५० सटर निर्माण भइरहेका छन्, त्यसमै शितभण्डारसमेत […]

यार्सागुम्बा पाइने पाटनबाट फोहर सङ्कलन

जाजरकोट।   यार्सागुम्बा पाइने डोल्पाका पाटनबाट फोहर सङ्कलन गरिएको छ । डोल्पाको त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिकामा पर्ने एक दर्जन पाटनका २० प्रतिशत क्षेत्रबाट ७८ क्विन्टल फोहर सङ्कलन गरिएको हो । यार्सागुम्बा सङ्कलन सुरु भएदेखि प्लास्टिक, सिसा, कपडा र पेय पदार्थका बोतलको फोहरले उच्च हिमाली पाटन भरिएका थिए । यस क्षेत्रमा यार्सागुम्बा पाइने करिब एक हजार पाटन […]

सहकारीको सहयोगमा स्वरोजगार बन्दै महिला

  घोराही। पछिल्लो समय सहकारी संस्थाका कारण दाङका महिला स्वरोजगार बन्दै गएका छन् । जिल्लामा खुलेका सहकारी संस्था महिलाका लागि आम्दानीको स्रोत बन्दै गएका हुन् । विगतमा घरको काम र घाँसपातमा व्यस्त हुने महिला गाउँघरमा सहकारी खुलेपछि अहिले आफ्नो र परिवारका लागि रकम जम्मा गर्नाका साथै ऋण लिएर आयआर्जनसमेत गर्न थालेका छन् । बेफुर्सदिला हुन […]

हिमपात भएपछि किसान खुसी

मनाङ । हिमाली जिल्ला मनाङमा ढिला गरी हिमपात हुँदा किसान खुशी भएका छन् । ङिस्याङ गाउँपालिका–१ पिसाङका ७४ वर्षीय किसान याङदुङ गुरुङले ढिलै गरी भएको हिमपातले आलु र करुको उत्पादन बढ्नसक्ने बताउनुभयो । “यहाँको मुख्यबाली आलु र करु हो । चैत, वैशाखमा लगाइने यी बालीलाई पुसमा हिउँ पर्नुपर्छ । यसपटक ढिला गरी प¥यो, माटो राम्ररी […]

उद्धार गरिएको हुचिल वनमा छोडियो

मलेखु। धादिङको नौबिसेबाट उद्धार गरिएको संरक्षित पंक्षी हुचिल नीलकण्ठ नगरपालिका–८ स्थित सामुदायिक वन क्षेत्रमा छोडिएका छन् । डिभिजन वन कार्यालयले जनप्रतिनिधि, नेपाल प्रहरी र स्थानीयको रोहवरमा शनिबार ती पंक्षी वनमा छोडिदिएको हो । अवैध ढङ्गले बिक्री गर्न लागेको सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय खानीखोलाको प्रहरी टोलीले यही फागुन १६ गते […]

झापामा मह प्रशोधन उद्योग सञ्चालनमा

दमक। झापाको शिवसताक्षी नगरपालिकामा महप्रशोधन उद्योग सञ्चालनमा आएको छ । मौरीपालक महिला किसानको पहलमा जिल्लामै पहिलोपटक सो उद्योग स्थापना भएको हो । सतासी महिला मौरीपालन सहकारी संस्था, सहारा नेपाल र होक्से कृषि सहकारी संस्थाको रु. एक करोड २५ लाख लगानीमा सहारा सतासी महिला मौरी मह उद्योग सञ्चालनमा आएको उद्योगका संयोजक देवीकुमारी ओली दाहालले बताउनुभयो । […]

चुरेमा फस्टाउँदो कालिजपालन व्यवसाय

अत्तरिया। कैलालीको चुरे गाउँपलिका–५ निङ्लाडी सुन्दर क्षेत्र हो । यहाँको हरियाली जङ्गलबीचमा चारैतिर घेराबार गरी माथिबाट नीलो र सेतो तारजालीले ढाकिएका फार्मभित्र चिरबिर–चिरबिर गर्दै धुलोमाटो खेलिरहेका कालिज हेर्दै आकर्षक देखिन्छन् । तराई क्षेत्रबाट चुरे खानीडाँडा पुग्ने धेरैजसोले कालिज फार्म अवलोकन गर्छन् । परिवारसहित भीमदत्त राजमार्गको छेउमै रहेको निङ्लाडीमा रहेको जङ्गलमा कालिजपालन गरेर बस्नुभएका कैलाली टीकापुरका […]

आहारा नपाउँदा रूखका बोक्रा खाँदै छाडा चौपाया

भजनी। सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा छाडा चौपाया व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएको छ । आहारा अभाव हुँदा छाडा चौपाया रुखका बोक्रा खाएर बाँचेका छन् । छाडा छोडिएका चौपाया व्यवस्थापनका लागि दुवै जिल्लाका स्थानीय तहले लाखौँ रुपैयाँ खर्च गरेका छन् । खर्च गर्ने क्रम बर्सेनी बढ्दै गएको छ । तर छाडा चौपायको समस्या भने उस्तै छ […]