समाचार

बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण

दोधारा चाँदनी। कञ्चनपुरका बङ्गुर फार्ममा  ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण देखिएको छ । बेदकोट नगरपालिका–४ स्थित बङ्गुर फार्ममा सङ्क्रमण देखिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका वरिष्ठ पशु चिकित्सक डा पानसिंह ठगुन्नाले जानकारी दिनुभयो । उहाँले एक महिनाअघिदेखि अफ्रिकन स्वाइन फिभरका कारण बङ्गुर र बँदेल मर्न थाले पनि ढिलागरी जानकारीमा आएको बताउनुभयो । “यहाँको […]

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

बुद्धभूमि। पहाडको शिरमा पुर्खादेखि मिलेर बसेको सानो गाउँ । घरछेउको भिरालो बारी । रहनसहन र चालचलनमा गाउँले झझल्को दिने परिवेशमा ढकमक्क फुलेका फूल । झट्ट हेर्दा कुनै तराईका फाँटमा गन्यमान्यले घर सजाउन रोपेका फूलका बगैँचाजस्तै लाग्छ । तर यो त विगत १५ वर्षदेखि व्यावसायिक पुष्पखेती गर्दै आउनुभएका कृषक कमानसिंह दर्लामीको व्यवसाय हो । उमेरले ६३ […]

बाँदरले उपद्रो मच्चाएपछि बस्ती नै खाली

भोजपुर। बाँदरको उपद्रो बढेपछि भोजपुरको तल्लो भेगका बस्ती खाली हुन थालेका छन् । बाँदरले बारीमा लगाएको अन्नबाली नष्ट पारेपछि स्थानीयवासी बस्ती छाड्न बाध्य भएका हुन् । बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका छन् । जिल्लाका अधिकांश क्षेत्रमा बाँदरको समस्या रहेको छ । रामप्रसादराई गाउँपालिका–४ दलगाउँका स्थानीय बाँदरको आतङ्क बढेपछि बस्ती छाडेर हिँडेका छन् […]

हिमपात र वर्षा नहुँदा हिउँदेबाली सुक्न थाले

बेनी। यस वर्षको हिउँदयाममा हिमपात र वर्षा नभएपछि हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन् । अघिल्लो वर्ष माघ तेस्रो सातासम्म तीनपटक हिमपात भएको भए पनि यस वर्ष भने हिमपात र वर्षा भएको छैन । हिमपात र वर्षा नहुँदा बेँसीबाट हिमाली क्षेत्रसम्म गरिएको हिउँदेबाली खेतबारीमै सुक्न थालेको हो । वर्षा र हिमपात नभएपछि सिँचाइको अभावले गहुँ, जौँलगायतका […]

भेडापालन किसानको आम्दानीको नयाँ स्रोत ‘भोटे कुकुर’का छाउरा

रुकुम। रुकुमपूर्व पथाउत्तरगङ्गा तकसेराका परिलाल बुढा भेडा गोठालो हुनुहन्छ । उहाँ जाडो छल्नका लागि भेडा लिएर यतिबेला ठूलीदह पुग्नुभएको छ । बर्खामा रुकुमपूर्वको हिमाली क्षेत्रमा भेडा चराउने बुढा हिमपात र चिसो बढेपछि चिसो छल्न रुकुमपश्चिमको विभिन्न भागमा पुग्नुहुन्छ । भेडाको उनबाट राम्रो आम्दानी गर्दै आउनुभएका बुढाको अर्को आम्दानीको स्रोत हो, कुकुरका छाउरा । उहाँसँग भोटे […]

गहुँ सुक्न थालेपछि कृषक चिन्तित

ढोरपाटन। गत वर्ष यति बेला खेत बारीमा लगाइएका गहुँ जौँले बाला हाल्न सुरु गर्थे । समयमै वर्षा हुँदा कृषकले गहुँ उत्पादनमा घाटा ब्यहोर्नुपरेन । तर, यस वर्ष गहुँ लगाएपछि पानी नपर्दा किसान निरास बनेका छन् । लामो समयदेखि खडेरीले पसाउन थालेको गहुँ सुक्न थालेपछि कृषक चिन्तित बनेका हुन् । त्यसै त जिल्लामा गहुँ उत्पादन कम […]

सामूहिक खेतीमार्फत विपन्नको आय वृद्धिमा सहकारी

डुम्रे। व्यास नगरपालिका–१० दुम्सीस्थित शिशुवा भतेरी कृषि सहकारीले बाँझो जमिनको उपयोग गर्दै सामूहिक खेतीमार्फत विपन्न समुदायको आयस्तर बढाएको छ । मादी नदी किनार नजिकै शिशुवा भतेरीमा रहेको बाँझो जग्गामा सामूहिक खेती गरी आयआर्जनको वातावरण बनाएर उनीहरुको आर्थिक जीवनस्तर बढाउन सघाएको छ । सहकारीले विसं २०७४ देखि भाडामा लिएको भतेरीको जग्गामा सामूहिक खेती सुरु गरेपछि विपन्न […]

मौरीका घारले भरियो रत्नेचौरको तोरीबारी

गलेश्वर। रत्नेचौरको फाँट तोरी फुलेर पहेँलै भएको छ । खेतका डिलमा लहरै राखिएका छन् मौरीका घार । म्याग्दीको बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौरको फाँट यतिबेला मौरीको चरन र मानिसको भीडले ‘भाइरल’ बनेको छ । यही भाइरल तोरी फाँटमा बेनी–४ सुर्केमेलाका दिलबहादुर खत्री मौरी चराउन व्यस्त हुनुहुन्छ । उहाँ रत्नेचौर र छिमेकी जिल्ला बागलुङको कुँडुलेमा रहेको […]

जग्गा बाँझो नराख्नेलाई अनुदान

तनहुँ। भिमाद नगरपालिकाले बाँझो जग्गामा उत्पादन गर्नेलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । गाउँका अधिकांश खेतबारी बाँझो राख्नेक्रम बढ्दै गएपछि कृषितर्फ प्रोत्साहन गराउन कृषकलाई अनुदानको व्यवस्था गरेको हो । आफ्नो बारीमा खेती गर्नेलाई प्रतिरोपनी रु. दुई हजार र अरूको बारीबाट उत्पादन गर्ने कृषकलाई प्रतिरोपनी रु, तीन हजार अनुदानको व्यवस्था गरिएको नगरप्रमुख दधीराज सुवेदीले जानकारी […]

बाख्रापालनबाट चार लाख आम्दानी

दमौली। तनहुँको म्याग्दे गाउँपालिका–५ चिमखानाका कृषक कृष्ण खड्काले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । विगत केही वर्षदेखि बाख्रापालन व्यवसाय सुरु गर्नुभएका उहाँले बाख्रापालनबाट भएको आम्दानीले घरखर्च चलाउँदै आउनुभएको हो । उहाँले बाख्रापालनबाट वार्षिक करिब रु. चार लाख आम्दानी गर्दै आउनुभएको छ । कृपा कृषि तथा पशु फार्म दर्ता गरेर बाख्रापालन गर्नुभएका खड्का फार्ममा अहिले […]