
माटो परीक्षण किन गरिन्छ भन्ने प्रश्न एउटा स्वभाविक रूपमा आउने प्रश्न हो। उत्तर सजिलै छ माटोमा यस्तो छ भनी जानकारीको लागि माटो जाँच गर्नु अति आवश्यक छ। बिरुवाको लागि १६वटा खाधतत्व आवश्यक पर्दछन्।
माटो परिक्षण विरुवाको लागि आवश्यक खाद्यतत्वहरू माटोमा आवश्यक मात्रा भएमा बाली बिरूवाको बृद्धि राम्रो भई उत्पादन बढी हुन्छ भने नपुग भएमा उत्पादन कम हुन्छ । त्यसैले, कुनै पनि बाली लगाउनु भन्दा पहिले त्यस ठाँउको माटोमा कुन कुन खाद्यतत्वहरू कति कति मात्रामा छन् र माटोको भौतिक बनोट कस्तो छ भन्ने कुराको ज्ञान हुनु नितान्त आवश्यक छ । जसले गर्दा लगाइने बालीको लागि कति मलखाद्यको प्रयोग गर्नुपर्दछ भन्ने कुराको जानकारी गराँउछ । यसका साथै माटोमा बाली बिरूवाको लागि आवश्यक खाद्यतत्वहरू पर्याप्त मात्रामा भएता पनि माटोमा हुने विभिन्न समस्याहरूले गर्दा बालीको उत्पादन घट्न जान्छ । जस्तैः उदाहरणको लागि माटोको अम्लियपना जसले गर्दा माटोमा बोट बिरूवाहरूको लागि भएका खाद्यतत्वहरूको सन्तुलनलाई विगारी दिन्छ ।
बाली लगाउन भन्दा पहिले माटोमा कुन कुन खाद्यतत्वहरूको मात्रा कति छन्, कुन बालीको लागि कुन मल कति प्रयोग गर्नुपर्दछ, माटोमा के समस्याहरू छन् भन्न इत्यादि कुराहरूको जानकारी लिने एक मात्र उपाय माटो परीक्षण गराउनु हो ।
माटो परिक्षण किन गर्ने?
- माटोमा वाली विरुवाको लागी आवश्यक पर्ने खाद्यतत्वहरु (पोषक तत्वहरु)को अवस्था थाहा पाउन,
- माटोमा कुनै तत्वको कमिले ल्याउने क्षति न्यूनीकरण गर्न,
- माटो परिक्षणबाट माटोमा उपलब्ध भएका सम्पूर्ण खनिज पदार्थको बारेमा जानकारी पाउन,
- माटोमा हाल्नुपर्ने मलको मात्र थाहा पाउन,
- माटोमा रहेका विभिन्न समस्याहरुको पहिचान भई समस्याहरु समाधान गर्न,
- माटो परिक्षणले भू:क्षयबाट पनि जोगाउन मद्दत गर्छ,
- माटो परिक्षणले स्वस्थ माटो बनाउन मद्दत गर्छ र स्वस्थ माटोबाट गुणस्तरीय उत्पादनमा र उत्पादन बढाउन मद्दत गर्छ ।
माटोको नमूना संकलनको लागी आवश्यक सामाग्रीहरु :
- माटोको नमूना संकलन गर्ने स्वायल अगर वा खुर्पि वा कोदालो
- माटो जम्मा गर्न प्लाष्टिकका बाल्टीनहरु
- ठूलो साईजका कागज वा पुराना अखबारहरु
- संकलित माटोको नमूना राख्ने सफा प्लाष्टिकका वा सेता कपडाका थैलाहरु
- मार्कर कलम, चक्कु र स्केल
माटोको नमुना कसरी लिने?
नमुना लिदाँ अंग्रजी अक्षर S, W र X अनुसारमा हिँडि नमुना संकलन गर्न सकिन्छ।
माटोको नमूना लिने तरीकाः
मुख्यतया, माटोको नमूना २ (दुई) तरिकाले संकलन गरिन्छ :
क) माटोको माथिल्लो सतहमा जराहरुको बृद्घि विकास हुने र सोही स्थानबाट विरुवाहरुलाई आवश्यक पर्ने खाद्यतत्व उपयोग गर्ने जातका वालीहरुको माटोको नमूना संकलन गर्नु पर्दा माथिल्लो सतहको माटोबाट नमूना संकलन गर्नु पर्दछ । माटोको माथिल्लो सतहबाट नमूना संकलन गरिने वालीहरु विभिन्न प्रकारका तरकारी वालीहरु, धान, गहुँ, मकै, जौ जस्ता मसिना अन्नका जातहरु पर्दछन् । यस स्थानबाट माटोको नमूना लिनु पर्दा माटोको माथिल्लो सतहबाट ८ देखि १० ईन्च भित्र खाल्डो खनि नमूना संकलन गरिन्छ ।
ख) माटोको भित्री सतहबाट लामो जराहरुको विकास हुने वालीहरु जस्तै तरुलका विभिन्न जातहरु र फलफूलका बोटहरु लगाईएका वा लगाउनको लागी माटोको नमूना संकलन गर्दा विरुवा रोप्ने वा लगाईएका खाल्डोहरुको माटोको सतहबाट २ देखि ४ फिट गहिरो खाडल खनि माटोको विभिन्न सतहहरुबाट नमूनाहरु संकलन गर्नु पर्दछ ।
माटोको माथिल्लो सतहमा नमूना लिने तरिकाः
- यस तरिकाबाट् खासगरी अन्न तथा तरकारी वालीहरुको लागि माटोको नमूना संकलन गर्दा जमिन सतहबमट ८ देखि १० ईन्च मुनि सम्मबाट “V” आकारको खाल्डो खनि माटोको नमूना लिईन्छ ।
- माटोको नमूना लिनु भन्दा पहिले खेत बारीलाई राम्रो संग निरीक्षण गरी एकै किसिमको जमिनबाट एउटा नमूना आउने गरी विभाजन गर्नु पर्दछ ।
जग्गालाई विभाजन गर्दा विभिन्न गुणहरु जस्तै माटोको रंग, बनोट, जमिनको भिरालोपना र लगाईएको वालीलाई लिन सकिन्छ । एकै किसिमको माटोको गुण भएको जमिनबाट करिव १० देखि १२ स्थानहरुबाट माटोको नमूनाहरु झिकि एकै स्थानमा जम्मा गर्नु पर्दछ । यस्तै तरिकाले फरक फरक किसिमको माटोको नमूना संकलन गर्दा फरक फरक स्थानमा जम्मा गर्नु पर्दछ ।
- माटोको नमूना लिन स्वायल अगरको प्रयोग गर्नु पर्दछ । यदि स्वायल अगर उपलब्ध हुन नसकेमा खुर्पि, कोदालीको सहायताले पनि माटोको नमूना लिन सकिन्छ ।
- माटोको नमूना संकलन गर्न सर्ब प्रथम माटोको नमूना संकलन गर्ने ठाँउ वरि परी घाँस, झारपात, मलखाद, काठका छेस्का र ढुँगाहरुलाई हटाउनु पर्दछ ।
- त्यसपछि “V” आकारको करिव ८ देखि १० ईन्च जति गहिराईको खाल्डो खन्नु पर्दछ ।
- सो “V” आकारको खाल्डो माथिबाट तलसम्म आउने गरी करिव ३ से.मि. जति मोटाइको माटोको चपरी निकाल्नु पर्दछ । यहि तरिकाबाट् माटोको नमूना लिने प्लटबाट १० देखि १२ ठाँउबाट माटो निकाली सवै माटो एकै भाँडो वा ठाँउमा राख्नु पर्दछ ।
- एक ठाउँमा वा भाडामा जम्मा गरेको माटोलाई डल्लाहरु फुटाई यसमा भएको ढुंङ्खा, जरा, पात, पतिङ्खरहरुलाइ हटाई माटो राम्रोसंग मिसाउनु पर्दछ ।
- त्यस पछि माटोलाई सफा अखवार वा कागज माथि राखेर एकनासले मिलाएर फैलाउने र सो माटोलाई ४ भाग लगाउने ।
- उक्त ४ भाग लगाईएको माटोलाई अगाडी र पछाडीको २ भाग राखेर बाँकि २ भाग हटाउने र सो बाँकि रहेको माटोलाई माटो नमूना साईज ०.५(आधा) किलोग्राम नपुगे सम्म माटो भाग लगाउने र हटाउने काम दोह–याउने काम जारी राख्नु पर्दछ ।
- यसरी लिईएको माटोको नमूनालाई एउटा सफा प्लाष्टिक वा सेतो कपडाको झोलामा राख्नु पर्दछ ।
- उक्त थैली बन्द गर्नु भन्दा पहिले एउटा सफा कागजमा निम्नानुसारका कृषकको नाम ,ठेगाना मिति ,माटोको किसिम , पहिले कुन बालि लगायको,अब कुन बालि लगाउने जस्तापुरा विवरणहरु भरी भित्र राखी माटोको थैलीको बन्द गर्नु पर्दछ ।
- यस प्रकारको माटोको नमूनाको थैलीलाई माटो विश्लेषणको लागि माटो परिक्षण प्रयोगशालामा पठाउनु पर्दछ ।
चित्रः माटोको नमुना लिने बिधि
माटोको नमुना लिदा ध्यान दिनुपर्ने कुराहरु :
क. माटोको नमुना लक्षित जग्गाको प्रतिनिधित्व गर्ने हुनुपर्छ ।
ख. नमुना लिदा अन्नबालीलाइ ८-१० इन्च गहिरो र फलफुलका लागि ३-४ फिट गहिराइको पिधसम्मको लिनु पर्छ।
ग. नमुना बोट बिरुवाको जरा नजिक तथा मलको थुप्रो नजिकबाट लिनु हुदैन ।
घ. बालि नलगाएको खालि समयमा नमुना लिनुपर्छ
ङ. नमुनाको माटो कम्तीमा आधा के.जि. हुनुपर्छ ।
च. माटो छहारिमा सुकाउनु पर्छ।
छ. माटो नयाँ तथा सफा थैलोमा राखेको हुनुपर्छ ।
माटो परिक्षण के के को गरिन्छ?
- माटोको पि. एच (माटोको अम्लियपाना, क्षारियपना)
- माटोको खाद्यतत्वको अवस्था ( नाईट्रोजन, फस्फोरस, पोटास, प्रांगारिक पदार्थ )
- माटोको सुष्म तत्वहरु ( जिङ्क , कपर , आइरन, बोरन )