जानकारी

पेपिनो मेलन (Solanum muricatum)

पेपिनो मेलन सोलनेसी परिवार अन्तर्गत पर्ने बहुबर्षिय बाली हो । यसको बैज्ञानिक नाम Solanum muricatum हो । पेपिनो मेलनको इतिहास र उत्पत्तिको बारेमा यथेस्ट जानकारिहरु नभएतापनी , यसको उत्पती कोलम्बिया, पेरु र चिली आसपासका क्षेत्रबाट भएको अनुमान लगाउन सकिने आधारहरु भने प्रसस्त भेटिन्छ्न । नेपालमा कतै पेपिनो मेलन कतै पेपिनो तर्बुजा भनिने यो बहुगुणकारी फल […]

जडिबुटीको रानी : कुरिलो

कुरिलो नेपालको पहाडी र तराई छेत्रको जङ्लमा पाईने एक उप-उस्णकटिम्बन्धिय बोट हो । यो सामान्यात : करिब ६००-२२०० मिटरको उचाईमा जङ्गलमा पाईन्छ। स्वाभाविक रुपमा यो प्रायस सामुदायिक वन , राष्ट्रिय निकुञ्ज ,लिज होल्ड वनमा पाईन्छ। यसको खेती मकवानपुर ,चितवन ,बारा,पर्सा,म्याग्दी ,गुल्मी ,नवलपरासी जस्ता जिल्लाहरुमा सफलतापुर्बक गरिएको छ। कुरिलो एउटा जंगली पर्बतारोही हो जुन १-३ मि. […]

अलैंची खेती

अलैंची अदुवावाली (Zingiberaceae) परिवारमा पर्ने प्रमुख मसलावाली हो। यो दुई प्रकारको हुन्छ: सानो अलैंची (Small cardamom) र ठूलो अलैंची (Large cardamom)। साधारणतया अलैंची भन्ने बित्तिकै ठूलो अलैंची(Large cardamom ) लाई बुझिन्छ । यसको वैज्ञानिक नाम Ammomum sabulatum हो। नेपालमा खेती गरिने अलैंचीको उद्गमस्थल सिक्किमलाई मानिएको छ। ईतिहासलाई हेर्दा पहिलोपटक सिक्किमबाट बिरुवा ल्याई ईलाम जिल्लामा अलैंची […]

ब्रह्मा कमल – एक दुर्लभ, पौराणिक वनस्पति

चाखलाग्दो तथ्य: यसको पातहरू एक अर्कामा संलग्न हुन्छन् र तपाईंलाई थाहा छ? केवल एउटा पात माटोमा राख्नुहोस् र तपाईं यसबाट नयाँ बोट प्राप्त गर्न सक्नुहुनेछ! वाह, यो अचम्मको छ। ब्रह्मा कमलको वैज्ञानिक नाम Saussurea obvallata हो। यो एस्टेरासी परिवारमा फूल फुल्ने बोटको प्रजाति हो। यो हिमालय, हिमाचल प्रदेश र उत्तराखण्ड, भारत, मंगोलियाई, उत्तरी बर्मा र […]

अनार खेती प्रविधि

अनार एक उष्ण र उपोष्ण प्रदेशीय हावापानी मा पाइने फलजन्या वनस्पति हो। खासगरी चीन जापान अमेरिकाकाे क्यालिभोनिया र केही समय यतादेखि भारतमा समेत यसको व्यवसायिक खेती हुँदै आएको देखिन्छ। नेपाल मा १५०० मीटर सम्म को उचाईमा अनार को बोट करेसाबारी मा लगाएको भेटिए पनि यसको व्यवसायिक खेती भने अझसम्म भएको पाइँदैन। अनारको बोट करिब ५-६ […]

अन्ना स्याउको परिचय, विशेषता तथा तराईमा उत्पादनको संभावना

स्याउ प्रायः हिमाली भेगमा फल्ने स्वादिलो, स्वस्थकर एवं हामीलाई निकै आवश्यक पर्ने ताजा फल मध्ये एक हो । स्याउहरु पनि विभिन्न प्रजातीहरुका हुने गर्दछन् । त्यसमध्ये एउटा पर्छ, अन्ना स्याउ । जसको बैज्ञानिक नाम Malus alba हो । अन्ना जातको स्याउलाई सन् १९५० मा ईजरायलमा अब्बा स्टिनले  Ein Shemer kibbutz नामक संस्थामा विकास गरेका हुन्, […]

बेबी कर्न र यसका फाइदा

विदेशमा धेरै वर्ष अघी देखिनै उपभोग गर्दै आइरहेको बेबी कर्न  (Baby Corn) अर्थात् नानी मकै नेपालमा खासै उपभोग गरेको देखिदैन् । बेबी कर्नको पौष्टिक मूल्य र यसले स्वास्थ्यमा पुर्याउने लाभको बारेमा जागरूकताको कमीका कारण नेपालमा थोरै मानिसहरूले मात्र उपभोग गरेको देखिन्छ। त्यसैले यस लेखमा बेबी कर्नको परिचय, महत्व, पोषक तत्व र हामीले उत्पादन गर्दै आएको […]

सबै परिवारको आवश्यकता – करेसाबारी

आफ्नो परिवारको फलफूल र तरकारीजन्य बस्तुको दैनिक मागलाई परिपुर्ति गर्न घर वरिपरिको जग्गालाई सदुपयोग गरि वर्षैभरि तरकारी र फलफूल उत्पादन गरिने सानो क्षेत्रलाई करेसाबारी भनिन्छ । करेसाबारी निर्माणको मुख्य उद्देश्य भनेको प्रत्येक परिवारलाई स्वस्थ, ताजा र बिशादिरहित तरकारी र फलफूल निरन्तर रुपमा प्रदान गर्नु हो । यसले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा स्वस्थ खानपान र स्वस्थ […]

अकबरे खुर्सानी खेती र 3G कटीङ्ग

खुर्सानीको उत्पत्ति मध्य अमेरिकाबाट भएको भन्ने अनुमान छ। नेपालमा २०-२५ खालका पिरो, भेडे खुर्सानी र अकबरे खुर्सानी पाईन्छ। खुर्सानी तुसारो नपर्ने ठाउँमा बहुवर्षीय र तुसारो पर्ने ठाउँमा एकबर्सीय बाली हो। विशेष गरी अकबरे खुर्सानी पूर्वी पहाडमध्ये इलाम र धनकुटामा बढी खेती भएको पाइन्छ। अहिलेको समयमा भने पश्चिमी क्षेत्रमा पनि खेती भएको पाईन्छ। नेपालमा विभिन्न ठाउँ […]

सलह झुण्ड( Locust Swarm ) परिचय र प्रकोप

सलह फट्याङ्ग्रा प्रजातिको हानिकारक किरा हो । अफ्रिकाबाट सन् २००३ देखि २००५ सम्म यसको प्रकोप विशाल रुपमा फैलिएको मानिएको छ । अन्ट्राटिका र उत्तर अमेरिका बाहेकका सबै जसो महादेशमा यो विपत्ति फैलिएको पाइएको छ । सलह किराहरु धेरै प्रजातीका रहेका छन् । ती मध्ये अस्ट्रेलियामा फैलिएको सलहलाई अस्ट्रेलियन प्लेग लोकस्ट भनेर चिनिन्छ भने अमेरिकामा फैलिएको […]