
पेपिनो मेलन सोलनेसी परिवार अन्तर्गत पर्ने बहुबर्षिय बाली हो । यसको बैज्ञानिक नाम Solanum muricatum हो । पेपिनो मेलनको इतिहास र उत्पत्तिको बारेमा यथेस्ट जानकारिहरु नभएतापनी , यसको उत्पती कोलम्बिया, पेरु र चिली आसपासका क्षेत्रबाट भएको अनुमान लगाउन सकिने आधारहरु भने प्रसस्त भेटिन्छ्न । नेपालमा कतै पेपिनो मेलन कतै पेपिनो तर्बुजा भनिने यो बहुगुणकारी फल नेपाली किसानको लागी केहि नौलो रुपमा परिचित हुन थालेको छ । खेतबारी देखी गमलामा, अन्तरबालिको रुपमा र कही कतै बगैचाहरुको शौन्दर्यताका रुपमा पनि केहि बर्ष देखी नेपालमा फलाईदै आइएको छ । यसको प्रसस्त प्रचार प्रसारको अभाब , ब्याबसायिका सम्भाबना, बजार अवस्थाको उचित जानकारी नहुँदा यो फलले ब्याबसायिक रुपमा आफुलाई फस्टाउन सकेको थिएन । पछिल्लो समय यसको औषधिय गुणको प्रसस्त सम्भाबना देखेरै काठमान्डौ आसपासका किसानहरुले यसको खेती गर्न थालेपछी बिस्तारै ब्याबसायिकता तर्फ उन्मुख हुन थालेको छ ।
पेपिनो धेरै प्रकारका हुन्छन् । कुनै हरियो, पहेँलो, धर्के हुन्छ भने कुनै पाकेको मेवा जस्तो देखिन्छ । आकारमा पनि गोलो, लाम्चो, अण्डाकार आदि हुन्छन् । बहुगुणकारी यो बुट्यान र सदाबहार फल काचोमा तरकारिको रुपमा उपभोग गर्न सकिन्छ भने पाकेपछी सुगन्धीत र हल्का गुलियो हुने भएकोले जुसहरु बनाउन देखी सिधै फलको रुपमा पनि खान सकिन्छ ।
यो फल हेर्दा राम्रो र खाँदा स्वादिलो मात्र होइन, औषधीय गुणले समेत भरिपूर्ण छ । अमेरिकाको न्याशनल इन्स्टिच्यूट अफ हेल्थका अनुसार यो फलमा हामीलाई स्वस्थ्य रहन चाहिने भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन के प्रशस्त पाइन्छ । पेपिनोमा प्रोटिन, फलाम जस्ता प्रतिरक्षा प्रणालीलाई आवश्यक तत्वहरू पनि हुन्छ । हड्डी बलियो बनाउने क्याल्सियम, रक्तचाप घटाउन चाहिने पोटासियम समेत पाइने हुदा यसलाइ सर्बोतम फल पनि भनिन्छ र यो फल पिसाव सम्बन्धी रोग नियन्त्रण गर्न समेत गुणकारी देखिएको छ ।
नियमित रुपमा दैनिक १-२ वटा पेपिनो खाने हो भने यसले उच्च रक्तचाप तथा मधुमेहको रोग बढ्न दिंदैन । यसले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ ।
पेपिनो मेलन खेती प्रबिधि :
हावापानी र माटो :
पेपिनो मेलनको लागी समुन्द्र सतहबाट करिब ३००० मिटरसम्मको उचाइ, बार्षिक रुपमा ८०० देखी १२०० मिलिमिटर पानी पर्ने, गर्मी मौसम र तुसारो नपर्ने ठाउ धेरै राम्रो मानिन्छ । हल्का छाया पर्ने ठाउमा पनि खेती गर्न सकिने भएतापनी ब्याबसायिक उत्पादनको लागी भने प्रसस्त घाम लाग्ने र पारिलो ठाउ उपयुक्त हुन्छ ।
माटो :
पेपिनो मेलनको खेती सामन्यतया सबैखाले माटोमा गर्न सकिने भएता पनि ब्याबसायिक उत्पादनको हिसाबले पानी नजम्ने तथा पानीको राम्रो निकास भयको बलौटे माटो राम्रो मानिन्छ । प्राङ्गगारिक पदार्थ प्रसस्त भएको र पि एच मान ५.५ देखी ७.५ सम्ममा राम्रो उत्पादन लिन सकिन्छ्
बिरुवाको प्रसारण :
पेपिनो मेलनको प्रसारण बिउ र कटिङ गरिएका हागाबाट गर्न सकिन्छ । बेर्ना तयार हुन, बिरुवा परिपक्क र फल टिपाइ गर्ने समयमा कटिङ गरिएर तयार पारिएका बेर्नाबाट छिटो हुने र यो बिधी सहज हुने भएकाले पनि कटिङ गरिएका बेर्ना अझ प्रभाबकारी मानिन्छन ।
१. बिउबाट
बिउलाइ नर्सरीमा फागुन महिना मा लाइनमा रोप्ने । करिब ७-१० दिनसम्ममा पेपिनो मेलन उमृन्छ । यसको वृद्धि बिकास बिस्तारै हुने हुदा करिब ४०-६० दिनमा बेर्ना सार्न तयार हुन्छ । बेर्ना तयार भएपछ १×१ मिटर को दुरिमा यसलाइ रोप्नुपर्छ ।
२. कटिङ्ग बाट
पेपिनो मेलन प्राय हागा काटेर बिस्तार गरिन्छ । यसको लागि बर्षात सिजन उपयुक्त हुन्छ । ५-६ से.मि. को हागा लिएर त्यसलाइ १ भाग बालुवा, १ भाग माटो अनि १ भाग गोबर मलको मिश्रण मिडिया मा लगाउनुपर्छ । २०-३० दिनमा बेर्ना तयार हुन्छ र मुख्य जमिन जहाँ यो लगाउने हो त्यहा १×१ मिटर को दुरिमा यसलाइ सार्नुपर्छ।
३. हागालाई माटो मा पुरेर
यसको हागाहरुलाइ माटो मा पुर्दिने हो भने पनि पुरेको भाग बाट जरा हाल्दछ र जरा हालिसकेपछी जरासहित को हागालाई काटेर बेर्ना को रुपमा सार्न सकिन्छ ।
जग्गाको तयारी र बेर्ना सार्ने तरिका :
राम्रोसँग समथर पारिएको जग्गामा प्रती रोपनी २०० केजी जती राम्रोसँग पाकेको गोबर मल वा प्राङगारिक मल प्रयोग गरेर , राम्रोसँग माटोमा मिसाउने र बेर्ना सार्दा बेर्ना देखी बेर्नाको दुरी १×१ मिटर फरकमा लगाउन सकिन्छ । एक रोपनिमा करीब ४०० देखी ५०० बिरुवा लगाउन सकिन्छ ।
सिचाई :
अरुबालीे लाई जस्तो पेपिनो मेलनलाई पनि सिचाईको प्रबन्ध राम्रोसँग मिलाउनु पर्दछ । सिचाईको अभाबले फलमा हुने जुसको मात्रामा असर पर्दछ । कम सिचाई हुने ठाउमा फल्ने फलमा जुसको मात्रा कम हुने गर्दछ भने बढी पानी भएमा फलमा पानीको मात्रा बढ्न गई फलको स्वाद र गुणस्तरमा असर पर्दछ । तसर्थ सिचाई गर्दा बेर्ना सारेको दिनमा एकपल्ट र अरुदिनमा माटोको चिस्यान हेरेर हप्ताको २ देखी ३ पल्ट राम्रोसँग जरामा पुग्ने गरी ब्यबस्थापन गर्नु पर्दछ ।
मलखाद ब्यबस्थापन :
जुनै पनि बालिको लागी मलखाद प्रयोग गर्दा माटोमा खाद्यतत्वको अवस्था बुझेर मात्र प्रयोग गर्नु पर्दछ । पेपिनो मेलनको लागी भने प्राङगारिक मलको प्रयोग एकदम राम्रो मानिन्छ । प्राङगारिक मलको प्रयोग एकपल्ट जग्गा तयार गर्ने बेलामा २०० के जि प्रती रोपनिका दरले, अर्को पटक ठिक फुल फुल्ने बेला अगाडी र अर्को पल्ट फल लाग्न सुरु गरेपछी वा उपलब्धता हेरी अझ बढी पनि प्रयोग गर्न सकिन्छ । तर बेर्ना सारेको केहि समय पछी र फुल फुल्नु भन्दा अगाडी प्रयोग गरिएको मलले बिरुवाको बृद्धी र बिकासमा सहयोग गरेपनी फुल र फलको उत्पादनमा भने कम सहयोग गर्दछ्, तसर्थ फुल लागेपछी प्रयोग गरिने प्राङगारिक मलले फलको उत्पादन र गुणस्तरमा सहयोग पुर्याउछ । बिरुबालाइ बृदि बिकास को लागि नाइट्रोजन, फस्फोरस तथा पोटास पनि चाहिन्छ तर नेपालमा कति हाल्ने भन्ने यकिन तथ्याङ्क छैन । नेपालमा किसानले अनुमान को भरमा प्रयोग गरेका छन । यसको लागि आबश्यक अनुसन्धान हुनुपर्ने जरुरि छ ।
बिरुवाको काटछाट :
रोगि, एक आपसमा अल्झिएका र धेरै सुर्यको प्रकाश छेक्ने हागाहरु हटाउनु पर्दछ । साथै फलको गुणस्तरियताको लागी एउटै हागामा धेरै फल लागेको छ भने पनि साना फलहरु हटाउन सकिन्छ ।
छापो हाल्ने, झारपात ब्यबस्थापन र थाक्रा दिने :
पेपिनो मेलनको जरा धेरै गहिरो सम्म नजाने भएकाले नियमित चिस्यान माटोको माथिल्लो सतहमा हुन जरुरी हुन्छ । तसर्थ सुकेका पातपतीङ्गगर एबम फुल र फल नभएका स्याउला, पराल एबम गहुको छ्वालीलाई छापोको रुपमा प्रयोग गरी माटोमा निरन्तर चिस्यान कायम गर्न र झारपातको ब्यबस्थापन लाई पनि मद्दत मिल्दछ ।
झारपातको ब्यबस्थापनको लागी सिफारिस दुरिमा बेर्ना लगाउने साथै बेर्ना लगाएको केहि समय पस्चात हातैले झार निकालेर उकेरा लगाइदिदा अझ उत्तम हुन्छ ।
बिरुवाको राम्रो बृद्धी र बिकास र फलको गुणस्तर लाई राम्रो बनाउन २ महिनामा थाक्रा दिनु पर्दछ
उत्पादन र फलको टिपाइ :
फल टिप्न योग्य हुँदा बैजनी रङको हुन्छ र फलको वरिपरी धर्सा देखिन्छन । यो फल पुर्णरुपमा पाकेपछी भने हल्का पहेलो रङको हुछ । पेपिनो मेलनको फल एकै पटक नपाक्ने भएकाले, हातैले पनी पाकेको फल टिप्ने र पछी बिस्तारै पाकेको फलहरु टिप्दै जान पर्दछ । एउटा बोटबाट कम्तिमा पनि ३ के जि देखी ५ के जि उत्पादन लिन सकिन्छ ।