विश्वको हरेक मुलुक कोरोना (कोभीड १९ )सङ्ग जुध्दै गर्दा, हरेक व्यत्तीले आफ्नो खाद्यान्न सुरक्षीत गर्न तर्फ लागे । यदि यस्कै अनुपातमा खाद्यान्न सङ्कलन गरेर राख्न थालियो भने, खाद्यान्नको आभाव अवस्य निम्तिनेछ । बढ्दो जनसङ्ख्या र घट्दो उब्जाउयुत्त जमिनले गर्दा झनै खाध्य असुरक्षीत बढ्दै गएको छ । उब्जनी हुने जमिनमा विभिन्न प्रकारको भवन निर्माण हुनाले ठुलाशहर (काठमाण्डै, पोखरा)मा तराइ र पहाडी जिल्ला अथवा क्षीमेकी देश भारत, चीनबाट खाद्यान्न आर्यात हुने गर्दछ । विशेषगरी शहरी क्षेत्रमा खाध्य असुरक्षित निउनिकरणको निम्ति कौशी खेती लोकप्रिय बन्दै गएको छ । नगरपालिका तथा वडाहरुले कौशी खेतिबारे विभिन्न कार्यक्रम पनि घोषणा गरेका छन । त्यसको पहुँचमा सबै छैनन् ।कौशी छ, बरण्डा छ, तर ती ठाँउ खाली छन् । शहरी जनजिवन निक्कै नैराश्यताले भरिने मानिसहरुको कार्यव्यस्तताका कारण प्रकृतिबाट टाढिदै गइरहेको बेलामा कोरोनाले प्रकृतीसङ्ग-माटो रोमलिन सुनौलो अवसर देको छ ।
पक्कि घरको प्रयोगमा नआउने जस्तै छाना, कौशी, बरन्डा र घरको अन्य स्थानहरुमा भाडा, गमला, बोतल, जार, अण्डाको क्यारेट, आधुनिक ब्यागमा माटो वा कोकोपिटको साहेताले तरकारी वा फलफुल फलाउने पद्धतिलाईनै कौशी खेती भनिन्छ । घरको प्रयोगमा नआएको खाली ठाँउको सदुपयोग गरी अर्गानिक, ताजा, हरियार पोषणयुक्त तरकारी र फलफुल रोप्न सकिन्छ ।
किन सबैको दृष्टिकोण कौशी खेती ?
बढ्दो जनसंख्या र घट्दो उब्जाउयुक्त जमिन
बढ्दो सहरीकरण र प्रदुषण
प्रयोगमा नआएको स्थानको सदुपयोग
घरपरिवारमा हरियालिका चाहना
घरपरिवारको स्वास्थ्यको सुरक्षा
घरको कुहिनी फोहोरको सदुपयोग
फुर्सदिलो समयको सदुपयोग
आय आर्जनको श्रोत
वायुमण्डलको तापक्रम निउनिकरण
कम समय लाग्ने
खाद्यान्न आयातमा कमि
सहज बजारिकरण, आदि
कौशी खेती प्रविधी :
माटो :
कौशी खेती एक अखर्चिलो प्रविधी हो, जस्मा घरैमा उपलब्द हुने बोतल, जार, गमला, बोरा, बाल्टिन आदिको प्रयोग गर्न सकिन्छ । यस प्रविधीलाई उपयुक्त हुनि प्लास्टिकको आधुनिक ब्याग “ग्रोब्याग“ बजारमा पाइन्छ । माटो सर्वज्ञ्या पाइने भएको कारण यो प्रविधिमा धेरै जसो माटोको प्रयोग गरिन्छ । कुनै पनि बिरुवाका लागि हुर्कन, माटो भन्दा पनि सो माटोमा हुने पोषकतत्व( खनिज)को बढी महत्व हुन्छ । यसैले माटोमा जैविक गतिविधिहरु प्राकृतिक रुपमै बढाउनसके राम्रो हुन्छ । माटोमा हुने जीवजनावरले माटोलाई मलिलो, खुकुलो र उर्वर बनाउछ । तर, धेरै अवसरमा सानो भाडामा यस्ता गतिविधिहरु सम्भाव हुँदैंनन् । यसैले कौशी खेतिका लागि सकेसम्म बढी मलमिसाएर माटोलाई हलुका बनाउदा बिरुवा राम्ररी फस्टाउँछ्न । माटो हलुका भयो भनी बिरुवालाई जरा फिँजाउन पनि सजिलो हुन्छ र सँगै यसले कौसी वा छतमा माटोको भार पनि कम मात्र पर्छ । माटोको सट्टामा कोकोपिट(नरिवलको जटालाइ धुलो बनाइ खदिलो रुपमा तयार पारिएको बस्तु प्लास्टिक झोला (ग्रोब्याग)मा राखी बिरुवा रोप्न सकिन्छ । माटोमा विभिन्न प्रकारको रोग र किराको संक्रमण हुने हुदा कोकोपिट उत्तम मानिन्छ । यदि माटो नै प्रयोग गर्नु परे सफा ठाउँको राम्रो मलिलो माटो( दुईभाग), बालुवा(एकभाग) र कम्पोस्ट मल(एकभाग) राम्ररी मिश्रण गरि तयार गर्न सकिन्छ ।
बिरुवा रोप्ने तरिका :
बजारबाट ल्याइएको बिरुवा वा आफैले हुर्काएको बेर्नालाई आफुले चाहेको भाडामा सार्न सकिन्छ । बिरुवा सार्दा वा रोप्दा विशेष ध्यान दिनुपर्दछ । फूलको बिरुवा र तरकारिको बिरुवामा आलि फरक हुन्छ । फूलको बिरुवा तुलनात्मक रुपमा अलि कडा हुन्छ । यसैले फुलको बिरुवा रोप्दा डाँठसम्मै पुर्दा पनि विरुवालाई आसर हुँदैंन । तर, तरकरिको बिरुवाको डाँठसम्मै माटोमा गाड्दा, बिरुवा कुहिन डर हुन्छ । बिरुवाको जरा मात्रै रोप्दा ढल्ने हुनाले डाँठसम्मै गाड्ने अभ्यास छ । यदि बिरुवाले मल जल प्रयाप्त मात्रामा पाको छ भने बिरुवा बिस्तारै उठ्न थाल्छ ।
पानी हाल्ने तरिका :
बोटबिरुवा अर्को अति आवश्यक तत्वो पानि हो । बिरुवा सारे पछी हजरी वा पनि हल्ने कुनै भाडाले बिस्तरै बिरुवाको वरि परि हाल्नुपर्छ । माटो नै बग्ने गरि पानि हाल्नु हुदैन । मौसम आनुसार बिरुवामा कति पानी हाल्ने भन्ने कुरा पनि भरपर्छ । गर्मी महिनामा जाडो महिनाको तुलनामा अलि बढी नै पानी हाल्नु पर्ने हुन्छ । माटो अलि सुख्खा देखियो भने अलि बढी वा दिनको दुई पटक सम्म पानी हाल्नु पर्ने हुन्छ । कौशी खेतिमा लगाउन सकिने तरकारी र फलफुलहरु यस खेती पद्दतीमा मौसमी तथा बेमौसमी तरकारी र फलफुल दुबै उत्पादन गर्न सकिन्छ । बेमौसमी तरकरी उत्पादन गर्न बाँस अथवा फलामको आधुनिक प्लाष्टिक घरको आवश्यक पर्दछ । खेती गर्ने स्थलको हावा पानी, बोट, बिरुवाको जराको आकार, उत्पादन दिने समय आनुसारको बाली छनोट गर्नु पर्दछ । यस खेतिमा सिमि, बोडी, करेला, घिरौला, धनिया, गाजर, मुला, गोलभेडा, क्याप्सिकम, खुर्सानी, लसुन, प्याज, साग, ग्याँठगोभी, काक्रो आदि तरकारी लगाउन सकिन्छ । फलफुल जस्तै कागती, स्टबेरी, अम्बा, स्याउ, सुन्तला आदि लगाउन सकिन्छ । कौशीलाई रंगिन बनाउन विभिन्न प्रकारको फुलहरु प्नि रोप्न सकिन्छ । यसरी विभिन्न प्रकारको तरकरी, फलफुल रोपेर राम्रो आर्थिक लाभ लिन
सकिन्छ ।
रोग, किरा र ब्यबस्थापन :
तरकरी तथा फलफुला बालिमा विभिन्न प्रकारको रोग, किरा लाग्ने गर्दछ । बालिमा सत्रुजिव र मित्रुजिव गरि दुई किसिमका किरा पाइन्छ, जस्मध्ये सत्रुजिव(खुम्रे, लाही, रातोकमिला, टुटा, सेतोझिंगा, रातोखपटे, गोब्रेकिरा, फेदकटुवा, गबारो, पतेरो, बन्दाकोपुतली) बालिको लागि हानिकारक हुन्छ भने मित्रुजिव-सातथोप्लेखपटे, लामोसिङे फटयांग्रो, बारुला, सिम्ले, गडँयौला, माकुरा, माहुरी, गाइने किरा ) बालिको लागि उपयोगी हुन्छ । त्यसैले किरा ब्यबस्थापन अघी किराको पहिचान गर्न अति आवश्यक पर्दछ । सत्रुजिवलाई समयमै ब्यबस्थापन गर्न सकियन भने यस्ले पुर्ण क्षति तुल्याउछ ।
किरा ब्यबस्थापनको लागि धेरै जसो किसानले छिटो र सहज हुने रासायनिक विषादी प्रयोग गर्ने गर्दछन । रासायनिक विषादीले मानव स्वास्थ र वातावरणलाई नकारात्मक असर पर्द्छ । त्यसैले यसको विकल्पमा एकृक्रित सत्रुजिव ब्यबस्थापन प्रणाली अपनाउनु पर्दछ । रोग तथा किरा ब्यवस्थापनको लागि सर्वप्रथम बीउ वा बिरुवा छनोट गर्दा रोग किरा नलागेको छनोट गर्नु पर्दछ । खेती गर्ने वरिपरि सफा राख्नु पर्दछ, रोग किरा लागेको बोट वा पातलाई निकालेर जलाउनु वा खाडलमा पुर्नु पर्दछ । गाई वस्तुको मल प्रयोग गर्दा राम्ररि कुहाएर मात्र प्रयोग गर्नु पर्दछ । बालिमा किरा देखा परेमा पहिला झोलमल (अमिलो, तितो, पिरो, टर्राे , हुने वनस्पति जस्तै बन्मारा, तितेपाती, बकैनो, सिस्नो, बोजो, सुर्तिको पात आदिलाई गोबर र गहुतमा मिश्रण गरि बनाइएको झोल) बोकासी मल(जङ्गलको माटो वा बाँस नजिकैको
माटो, पिना, खरानी, काठका धुलो, धानको ढुटो मसिनो र मोटो, गल्ने तितो, पिरो, अमिलो हुने झार, गोबर, गहुत र पनिमा मिसाएर प्रयोग गर्नु पर्दछ । किरा नियन्त्रणको लागि विभिन्न प्रकारको पासो प्रयोग गर्न सकिन्छ । यदि यी पद्धति अपनाउदा किरा नियन्त्रणम आएन भने मात्र रासायनिक विषादी प्रयोग गर्नु पर्दछ ।
हामीले फुर्सदको समयमा थोरै जाँगर चलाउने हो भने घरकै कौशी वा खाली ठाँउमा थोरै मात्रामा भए पनि रसायन नमिसाइ सागसब्जी उमार्न सकिन्छ । उब्जेको सागसब्जी छिमेकीसँग बाँडेर खाँदा , यसले दुई घर बिचको सम्बन्ध बनाउने मात्रै होइन, समाजमा प्रतिष्ठा समेत दिलाउन मधत गर्छ । एका घरमा नयाँ र पुरानो पुस्ता बिचको सम्बन्धलाई पनि यसले जोड्छ । पुरानो पुस्ताले आफुसङ्ग भएको परम्परागत ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्नु अनि नयाँ पुस्ताले पनि पुरानाबाट सिकेको ज्ञानलाई नयाँ प्रविधिसङ्ग मिलाएर काम गर्न सक्नुले कौशी खेतिको महत्त्वलाई अझ धेरै बढाऐको छ ।