जानकारी

गर्ने हैन त बोडी खेती

हामी कहाँ मौसमका हिसाबले बोडि बिशेष गरेर बर्खा तिर लगाईन्छ तर राम्रो बजारका निम्ति र बोडि औधी मन पराउनु हुने हरुले भने चाहिँ अब बेमौसमी बोडि पनि रोप्न सकिन्छ । बोडि पोषण तत्वका हिसाबले मानिस र माटो दुवैका निम्ति महत्त्वपूर्ण बाली हो। बोडिमा प्रशस्त मात्रामा प्रोटिन, फाईबर, फस्फोरस, आईरन, कपर, पोटासियम जस्ता शरिरलाई आवश्यक पर्ने […]

स्टाईलो घाँस

स्टाइलो नेपालको तराईदेखि मध्य–पहाडी क्षेत्रका रूखो, पाखो, खरबारी, बगर तथा वृक्षरोपण क्षेत्रमा लगाउन सकिने बहुवर्षीय कोसे घाँसबाली हो । यसले केही छायाँदार ठाउँमा पनि उत्पादन दिन सक्ने भएकाले वृक्षरोपण गरिएका स्थानहरूमा पनि सफलतापूर्वक यसको खेती गर्न सकिन्छ । कोसे घाँसबाली भएकाले यसले माटोमा वायुमण्डलीय नाइट्रोजन मिलाएर माटो मलिलो बनाउँछ । यसको जरा माटोमा गहिरो जाने […]

कुखुराको खोर व्यवस्थापन कसरी गर्ने ?

कुखुराको खोर वातावरणको अवस्थामा ध्यान दिएर निर्माण गर्नुपर्छ । खोर निर्माण गर्दा चिसो, तातो, हावा, पानीबाट रक्षा गर्ने हिसाबले बनाउनुपर्छ । कुखुरा रहेको ठाउँमा हावा जाने आउने ठाउँ हुनुपर्छ र बाह्य परभक्षीलाई रोक्ने खोर बनाउनुपर्छ । विभिन्न किसिमका खोरहरू आफूलाई अनुकूल हुने हिसाबले बनाउन सकिन्छ । जस्तै : पक्की इँटाको गारो लगाएर तथा बाँसको चोयाले […]

व्यवसायीक अदुवा खेती

अदुवा एक वर्षीय नगदे तथा मसला बाली हो । यो बाली ७ देखि ९ महिनामा तयार हुन्छ । यसको गानो माटोमुनी रहन्छ । यसको गानो लाई मसलाको रूपमा तरकारी, अचार आदिमा स्वाद बढाउने प्रयोजनका लागि प्रयोग गरिन्छ । अदुवाले मानव शरीरमा रोग प्रतिरक्षात्मक क्षमता वृद्धि गराइ शरीर स्वस्थ बनाउन मद्दत गर्दछ । अदुवा दम, खोकी, […]

कडकनाथ कुखुरा पाल्नुस्, बेस्सरी पैसा कमाउनुस्

कडकनाथ अथवा बि एम सी कुखुरा एक कालो मासु हुने कुखुराको प्रजाती हो जसको रौ अनि छाला समेत कालो हुन्छ ।  कडकनाथ कुखुरालाइ स्थानीय भाषामा कालामासी , कालामास पनि भनिन्छ । किनभने यसको मासु ,छाला ,शरीरको रौ सबैकालो हुन्छ । भारत मध्य प्रदेश उत्पति मानिएको यो कालो कुखुरा , भारत को आदिबासी समुदाय मा लोकप्रिय […]

बेसारको नयाँ जात ‘कपुरकोट हलेदो २’ पत्ता लाग्यो

नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय अदुवावाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले बेसारको नयाँ जात पत्ता लगाएको छ।अदुवावाली अनुसन्धान कार्यक्रमका डा।जनार्दन गौतमले चालु आर्थिक वर्षमा बेसारको नयाँ जात ‘कपुरकोट हलेदो २’ पत्ता लगाइएको बताए। ‘मैले पत्ता लगाएर अनुसन्धान गरि पठाएको बेसारको नयाँ जात कपुरकोट हलेदो २ राजपत्रमा समेत प्रकाशित भइसकेको छ।’ किट बिज्ञ डा.गौतमले भने। उनले कपुरकोट […]

के हो चटयाङ ? चट्याङ परेका बेला कसरी जोगिने

चट्याङ भनेको आकाशबाट खराब मौसमको बेलामा जमीनमा खस्ने एक प्रकारको बिद्युतिय करेन्ट हो । हुरीबतासको मौसम वा वर्षायाममा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु एकापसमा ठोक्कींदा चर्को आवाजसहित बढी भोल्टको विद्युतीय लहर उत्पन्न भई खास बाटो बनाएर जान्छ, यसलाई नै चट्याङ भनिन्छ । यो अचानक हुने विद्युतीय विस्फोटन हो । यसमा बादलबाट बादल र त्यहाँबाट […]

कुखुरा पहिले कि अण्डा ?

एजेन्सी। दुनियाभर एउटा अनुत्तरित प्रश्न चर्चित छ, कुखुरा पहिले कि अण्डा रु यसको ठोस जवाफ त कसैसँग छैन । कसैले कुखुरा पहिले भन्छन्, कसैले अण्डा । तर, यही नै पहिले भन्ने ठोस प्रमाण कसैसँग हुँदैन र चुपचाप लाग्छन् । यही अनुत्तरित प्रश्नको जवाफ वैज्ञानिकहरुले ठोस प्रमाणसहित पत्ता लगाएका छन् । सो प्रमाण अघि सार्दै वैज्ञानिकहरु […]

मेवा खेती प्रविधि

मेवा उष्ण प्रदेशीय फल हो। यसलाई गरम र बढी सापेक्षिक आर्द्रता भएको हावापानी उपयुक्त हुन्छ। मेवामा अनुकूलन गर्ने क्षमता कम हुन्छ।मेवा एक स्वादिलो तथा स्वास्थ्यवर्धक फल हो भन्ने कुरामा दुइमत छैन । विज्ञहरुका अनुसार मेवाको केवल फल मात्र होइन पूरै रुख नै औषधिय गुणले युक्त हुन्छ । मेवामा भिटामिन ए अन्य फलमा भन्दा उच्च पाइन्छ […]

यसरी गरौं, बाख्रा पालन

बाख्रा पालन व्यवसायमा अत्यन्त लाभदायक साना कृषकहरूले समेत सिमित पूँजिमा पाल्न सक्ने हँदाहुँदै पनि यसलाई व्यवसायीकरण गर्न सकिएको छैन । फलस्वरुप नेपालमा वर्षेनी २० लाखको हाराहारीमा खसीबाख्राहरू विदेशबाट मासु आपूर्तिको लागी भित्रिएको पाईन्छ । तसर्थ व्यवसायिक रुपमा बाख्रा पालन गरी विद्यमान आयतको संख्या न्यून गर्न बाख्रा पालनका विभिन्न पक्षहरू जस्तै गोठ-खोर व्यवस्थापन, आहारा, प्रजनन र स्वास्थ्य […]