ब्रोकाउली खेती
खाने भाग हरियो, सेतो र वैजनी रंगका हुने तीन प्रकारका ब्रोकाउली हुन्छन् । नेपालमा खेती गरिने ब्रोकाउली हरियो रंगका छन् । ब्रोकाउलीका जातहरू बाली अवधिका आधारमा ३ किसिमका हुन्छन् । ती हुन् अगौटे, मध्यम मौसमी र ढिलो बाली तयार हुने जातहरू ढिलो बाली दिने जातलाई डुकु आउन, फूल्न र बीउ लाग्न ठण्डी तापक्रमको आवश्यकता पर्दछ । […]





