अर्थ/बजार

धानको उचित मूल्य नपाउँदा किसान चिन्तित

नेपालगन्ज। कृषिप्रधान मुलुक नेपालमा कृषिको व्यसायीकरणमा सरकार नै बाधक रहेको देखिएको छ । कृषिलाई व्यवसायीकरण गर्न कृषकलाई बढीभन्दा बढी सहुुलियत प्रदान गर्दै उत्पादनलाई राम्रो मूल्यमा खरिद बिक्री गर्ने व्यवस्था मिलाउनु पर्नेमा सरकारले नै उत्पादनको निकै कम मूल्य तोकेर किसानको शोषण गर्ने र व्यापारीलाई मालामाल बनाउने गरेको छ । यसको पछिल्लो उदाहरण धानको मूल्य निर्धारण हो […]

भोजपुरको सुन्तला बजारमा

भोजपुर । स्थानीय सुन्तला र जुनारले यहाँको बजार ओगट्न थालेको छ । जुनार तथा स्थानीय पहाडे जातका सुन्तलाले उचित मूल्य पाउन थालेपछि पछिल्लो समय किसान व्यावसायिक रुपमा सुन्तला खेतीतर्फ लागिपरेका हुन् । दशवर्ष अगाडिसम्म आफ्नो बगैँचामा फलेको सुन्तला नुनसँग साट्ने गरेकामा अहिले वार्षिक दुई लाखदेखि तीन लाखसम्ममा आम्दानी हुन थालेकाले यो सुनको रुपमा स्थापित भएको […]

बारामा एक अर्बको धान उत्पादन

कलैया। यस वर्ष जिल्लामा रु एक अर्ब २१ करोड ५६ लाख ५४ हजार बराबरको ५५ हजार दुई सय ५७ मेट्रिक टन भदैया धान उत्पादन भएको छ ।जिल्ला कृषि विकास कार्यालयका प्रमुख शिवरत्न साहका अनुसार आव २०७२/७३ मा किसानले १३ हजार एक सय ५६ हेक्टर क्षेत्रफलमा हर्दिनाथ–१, चैते १, चैते ४ र राधा ४ जातको भदैया […]

जङ्गलमा पाइने अल्लो विदेशमा निर्यात

पर्वत । पर्वतको उत्तरी गाविसमा प्रशोधन गरिएका अल्लो विदेशी बजारमा निर्यात हुन थालेका छन् । जिल्लाका विभिन्न सामुदायिक वनमा पाईने अल्लो प्रशोधन गरेर कपडा उत्पादन हुन थालेपछि नेपालका अधिकांश जिल्लाका जापान र कोरिया तथा बेलायत लगायतका देशहरुमा निर्यात हुन थालेको छ । विदेश निर्यात हुन थालेसँगै अहिले यसको मूल्यमा समेत वृद्धि भएको छ । झण्डै […]

भारू प्रतिबन्धले अलैंची कारोबार ठप्प

ताप्लेजुङ।भारत सरकारले पाँच सय र हजार रुपैयाँका भारु नोट चलाउन प्रतिबन्ध लगाउने निर्णय गरेसँगै नेपालको पूर्वी क्षेत्रमा अलैंचीको कारोबार ठप्प भएको छ । भारुमा रोक लागेसँगै बुधबारदेखि नेपाली बजारमा अलैंचीको कारोबार हुन नसकेको व्यवसायीले बताएका छन् । नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईका अनुसार बुधबारदेखि अलैंचीको भाउ शून्यको अवस्थामा छ । भारतीय बजारमा भारु […]

नेपाली छुर्पी अमेरिका निर्यात भएपछी बढ्यो किसानको आम्दानी

इलाम। नेपालमा उत्पादित छुर्पी अमेरिका निर्यात हुन थालेपछि पूर्वी पहाडी जिल्लाका किसानहरुले मनग्ये आम्दानी गर्न थालेका छन्। हाल छुर्पी उत्पादनलाई किसानले अर्थोपार्जनको मुख्य क्षेत्र बनाउदै आएका छन्। छुर्पी अमेरिका निर्यात हुन थालेपछि पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुंग, धनकुटाका किसानहरुको आर्कषण बढ्दै गएको हो। नेपालमा उत्पादित छुर्पी अमेरिकामा हिमालयन डगच्युको रुपमा कुकुरको आहाराको लागी प्रयोग […]

बुटवलमा दैनिक ३५ क्विण्टलसम्म भित्रन थाल्यो सुन्तला

रुपन्देही । बुटवलमा दैनिक रुपमा ३५ क्विण्टलसम्म सुन्तला भित्रन थालेको छ। कात्तिक महीना शुरु भएदेखि नै बजारमा सुन्तलाको खरीद/बिक्री शुरु भए पनि रुपन्देहीमा भने तिहार लगत्तै औपचारिक रुपमा सुन्तलाको कारोबार शुरु भएको हो ।बुटवल कृषि उपज तथा थोक बजार केन्द्रका अध्यक्ष कलाधर पन्थीले बुटवल कृषि उपज केन्द्रमा अहिले दैनिक ३० देखि ३५ क्विण्टलसम्म सुन्तला भित्रिएको […]

विदेशबाट फर्किएर तीन करोड रूपैयाँको लगानीमा आधुनिक गाईपालन

धनकुटा । वैदेशिक रोजगारबाट फर्किएर धनकुटा परेवादिन गाविसका एक यूवाले आफ्नै गाउँमा करोडौं रूपैयाँ खर्च गरेर आधुनिक गाई फार्म सञ्चालनमा ल्याएका छन् ।वैदेशिक रोजगारका क्रममा सात वर्ष कतार बसेर फर्किएका नाम्जाङ ७ का ४४ वर्षिय भरत गुरुङले तीन करोड रूपैयाँको लगानीमा आफ्नै गाउँमा उक्त फार्म खोलेका हुन् । विदेशबाट फर्किएर २०६८ सालबाट रू. पाँचलाखकोे लगानीमा […]

पुष्प मेलामा रू.पच्चीस लाखको कारोबार

काठमाडौँ। दशौँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनीमा रु २५ लाखको कारोबार भएको छ । कृषि विकास मन्त्रालयको सहयोगमा फ्लोरिकल्चर एसोसिएसन नेपालले यही १० गतेदखि जावलाखेलको फुटबल मैदानमा ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ सुरु भएको प्रदर्शनीमा आजसम्म रु २५ लाखको कारोबार भएको एसोसिएसनका अध्यक्ष कुमारकसजु श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार भोलि […]

बाजुराको स्याउले बजार पाएन

बाजुरा। पाँच वर्षअघि सरकारले दीर्घकालीन कृषि आयोजना सहयोग कार्यक्रममार्फत बाजुराका स्याउ खेती गर्ने किसानलाई बिरुवा वितरण ग¥यो । त्यहाँका छवटा गाविसमा स्याउ खेती फष्टायो । तर उत्पादन भएको स्याउ किसानले बिक्री गर्न भने पाएनन् । जिल्ला कृषि विकास कार्यालय बाजुराका अनुसार कुल २०० हेक्टर क्षेत्रफलमा स्याउ उत्पादन हुन्छ । जुकोेट र पाण्डुसेन गाविसमा सबैभन्दा बढी […]