बिचौलियाको मारमा किसान
कपिलवस्तु। बिचौलियाका कारण जिल्लाका किसानहरू मारमा परेका छन् । बिचौलियाले लगानीभन्दा पनि कम आम्दानी हुने गरी गोलभेँडाको मूल्य निर्धारण गरेपछि किसानका उत्पादन बोटमै कुहिन थालेका छन् । जिल्लामा एक करोडभन्दा बढीको गोलभेँडा बोटमै कुहिएको किसानको गुनासो छ । बोटभरि लटरम्म गोलभेँडा फले पनि मूल्य नपाएपछि किसानले बिक्री गर्न मानेका छैनन् । बिचौलिया व्यापारीहरूले प्रतिकिलो ५ देखि १० रुपैयाँ मूल्य […]





