अर्थ/बजार

चिया दिवसमा भोजपुरको चिया

भोजपुर। राष्ट्रिय चिया दिवसको उपलक्ष्यमा थामडाँडा टेम्के सिलिचुङ चिया कृषि सहकारी संस्थाले एक कार्यक्रम गरी चिया दिवस मनायो । कार्यक्रममा संस्थाका अध्यक्ष गणेश राईले भोजपुरमा प्रधान कार्यालय भएको संस्थाले भोजपुर, खोटाङ, सोलुखुम्बु र संखुवासभा गरी चार जिल्लालाई कार्यक्षेत्र बनाएको र हालसम्म ३५० शेयर सदस्य भइसकेको तथा ५०० सदस्य पुर्याउने लक्ष्य रहेको जानकारी दिए । पूर्व […]

कृषिमा ५ वर्षयताकै न्यून बजेट

काठमाडौं। आगामी आर्थिक वर्षका लागि कृषि क्षेत्रमा ५ वर्ष यताकै न्यून बजेट विनियोजन हुने देखिएको छ। मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने, कुल गार्हस्थ उत्पादनमा कृषिको भूमिका बढाउने तथा कृषिमार्फत् निर्यातमुखी अर्थतन्त्र स्थापना गर्ने सरकारको लक्ष्य भए पनि यस क्षेत्रमा सरकारी बजेट भने खुम्चिएको छ। कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालयको बजेट चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा […]

बिचौलिको अन्त्य नभए सम्म किसानले उचित मूल्य पाउँदैनन्:मन्त्री तामाङ

काभ्रे। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेर बहादुर तमाङले किसानले तरकारी बिचौलिया मार्फत नभई उपभोक्ता सामु बेच्न पाउनुपर्ने बताएका छन् । बजारहरुले किसानहरुलाई उचित मूल्य दिई व्यावसायिक कृषिमा जोड दिनुपर्ने बताउँदै बिचौलियाहरुको अन्त्य गरिनु पर्ने उनले बताए । मन्त्री तामाङले तरकारीजन्य वस्तुहरुको आयातमा राज्यले अर्बौ रुपैंया विदेश पठाउनु परेको अवस्था रहेको बताएका छन् । […]

प्रदेश ३ को बजेट १ अर्ब २ करोड,दुग्ध विकास बोर्ड र सुरुङमार्ग प्राथमिकतामा

हेटौँडा। प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले चालू आर्थिक वर्षका लागि १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । त्यसमध्ये चालू खर्चतर्फ ५४ दशमलव ३७ प्रतिशत अर्थात् ५५ करोड ४८ लाख ६० हजार रुपैयाँ विनियोजित गरिएको छ । प्रदेश सरकारले पुँजीगत खर्चतर्फ ५४ दशमलव ६३ प्रतिशत अर्थात् ४६ […]

कृषिउपजमा शुल्क नलिन भारतको दबाव, नेपालको अर्थतन्त्र चौपट बनाउने दाउ

काठमाडौं। कृषिजन्य उपजमा शुल्क नलिन भारतले नेपाललार्इ दबावमै राखेको छ । हाल भारत र चीनबाट आयात हुने कृषिजन्य वस्तुमा नेपालले पाँच प्रतिशत ‘कृषि सुधार शुल्क’ उठाउँदै आएको छ । तर, यो शुल्क घटाउनुपर्ने दबाव भारतले नेपाललाई दिँदै आएको छ । पहिल्यै सल्टिसकेको दाबी गरिएको यस विषयले  काठमाडौंमा सुरु वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समिति (आईजीसी) को बैठकमा […]

बारामा दुई अर्ब मूल्य बराबरको गहुँ उत्पादन

कलैया। यस वर्ष बारामा करीब रु दुई अर्ब मूल्य बराबरको गहुँ उत्पादन भएको छ । खाद्यान्न बालीमा दोस्रो स्थानमा रहेका गहुँबाली बारामा आव ०७४-७५ मा कूल २९ हजार हेक्टर क्षेत्रफलमा गरिएको थियो । नेपाल २९७, भृकुटी, विजय, आदित्य, नेपाल ९७१ र डब्लु १४०४ जातको गरिएको गहुँखेतीबाट प्रतिहेक्टर दुई दशमलव ८० मेट्रिक टनले रु एक अर्ब […]

चिनीको भन्सार महशुल दर घटाउन माग

विराटनगर। विदेशबाट आयातित चिनीको भन्सार मूल्यांकन दर घटाउन व्यापारीले माग गरेका छन् ।उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयुक्त रुपमा पत्रकार सम्मेलन गरि  व्यवसायीले भारत तथा तेस्रो मुलुकबाट आयातित चिनीको भन्सार मूल्यांकन दर घटाउन माग गरेका हुन् । नेपाल सरकारले भारत तथा तेस्रो मुलुकबाट आयातित चिनीको भन्सार महशुल ५० प्रतिशत बढाएको छ । विगतमा १५ […]

प्रदेश–७ मा एक अर्बको बजेट, कृषिलाई प्राथमिकता

धनगढी। प्रदेश नं ७ का आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आइतबार प्रदेशसभाको बैठकमा चालू आर्थिक वर्ष २०७४-७५ कोे तीन महिनाका लागि रु एक अर्ब दुई करोड पाँच लाखको बजेट प्रस्तुत गरेका छन् । कूल विनियोजितमध्ये चालूतर्फ ३० करोड सात लाख ७७ हजार, पूँजीगततर्फ १५ करोड ५७ लाख र अर्थ विविध शीर्षकमा ५६ करोड ४० […]

जडीबुटी प्रशोधन उद्योग स्थापना

इलाम। इलामको माईजोगमाई गाउँपालिकाका युवा व्यवसायी नित्यानन्द दाहालले आफ्नै लगानीमा जडीबुटी प्रशोधन उद्योग स्थापना गरेका छन् । स्थानीय वन तथा निजी आवादीमा पाइने धुपी र धसींगरेलगायतका वनस्पतिबाट औषधीय गुण भएका तेल निकालेर बिक्री गरी अर्थोपार्जन गर्ने उद्देश्यले दाहालले रु १६ लाखको लगानीमा ओसोनिक जुडीबुटी प्रशोधन उद्योग स्थापना गरेका हुन् । उक्त उद्योगमा वनमा खेर गइरहेका […]

युवा स्वरोजगार कोषले युवालार्इ अब पाँच लाख ऋण दिने

काठमाडौँ। युवा स्वरोजगार कोषले युवालाई उद्यम व्यवसाय सञ्चालन गर्नका लागि प्रतिव्यक्ति रु पाँच लाखसम्म ऋण प्रवाह गर्ने भएको छ।यसअघि प्रतिव्यक्ति रु दुई लाख दिने गरेको कोषले पाँच लाखसम्म ऋण प्रवाह गर्ने कोषका कार्यकारी उपाध्यक्ष डा प्रेम दंगालले बताए। कोषले युवालाई उद्यम, कृषिलगायतका स्वरोजगारमुखी व्यवसाय सञ्चालन गर्नका लागि सहुलितय दर (पाँच प्रतिशत ब्याज) मा ऋण दिने […]