अब दूध किसानले २५ दिनमै भुक्तानी पाउने

ललितपुर। अब दूध किसानले २५ दिनभित्रै भुक्तानी पाउने भएका छन् । कृषि तथा वन पर्यावरणमन्त्री गीता चौधरीले भदौ अन्तिम सातादेखि दूध किसानको भुक्तानी अवधिलाई २५ दिनमा झार्ने तयारी गरेको जानकारी दिइन् । मङ्गलबारको प्रतिनिधि सभा बैठकमा सांसद निष्कल राईले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले ८ महिनासम्म भुक्तानी नपाउने अवस्थालाई अहिले ३ महिनामा झारेको दाबी […]

पशु बधशाला र मासु जाँच ऐन लागू, पहिलो चरणमा काठमाडौं उपत्यका

ललितपुर।  सरकारले पशु बधशाला र मासु जाँच ऐन, २०५५ लाई चरणबद्ध रूपमा कार्यान्वयनमा लैजाने भएको छ। कृषि, वन तथा वातावरण मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै ऐन कार्यान्वयन हुने क्षेत्र र मिति तोकेको छ। नेपाल सरकारको मन्त्रिपरिषद्ले ऐनलाई चरणबद्ध रूपमा नेपालभर लागू गर्ने निर्णय गरेपछि मन्त्रालयले नेपाल राजपत्र, खण्ड ७६, काठमाडौं, भदौ १ गते, २०८३ […]

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न साढे पाँच करोड अनुदान

ललितपुर। कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई उत्पादन अभियान’अन्तर्गत विशेष पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गरी गत आर्थिक वर्षमा पाँच करोड ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराइएको छ। कार्यक्रमबाट जिल्लाका ३७३ किसान लाभान्वित भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ। किसानलाई स्थानीयस्तरमै व्यवसाय सञ्चालन गर्न सहज बनाउँदै आयआर्जनमा वृद्धि गर्ने […]

इमाडोलमा भायानेटको सुविधासम्पन्न नयाँ शाखा सञ्चालनमा

ललितपुर। नेपालको अग्रणी इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले ललितपुरको इमाडोलमा सुविधासम्पन्न नयाँ शाखा सञ्चालनमा ल्याएको छ।​ इमाडोलवासी ग्राहकहरूलाई लामो समयदेखि सेवा प्रदान गर्दै आइरहेको भायानेटले ग्राहकहरूको बढ्दो संख्या र आवश्यकतालाई ध्यानमा राख्दै नयाँ शाखा सञ्चालनमा ल्याएको हो । अब भुक्तानी तथा ग्राहक सेवासँगै प्राविधिक सहायता, फिल्ड सपोर्ट तथा फाइबर मर्मतसम्भार सेवा समेत […]

चितवनमा कृषि उद्योगी तथा उद्यमी सम्मेलन सम्पन्न

चितवन। चितवनको कालिका नगरपालिका -१, लंकालाइनमा एसोसिएसन अफ एग्रिकल्चर टेक्नोलोजी इन्डस्ट्री (आटी) नेपालको २ दिने ‘कृषि उद्योगी तथा उद्यमी सम्मेलन : उद्यमशिलताका तथा नवप्रर्तन विस्तार कार्यक्रम’ सम्पन्न भएको छ । कृषिका लागि चाहिने औजार तथा प्रविधि उत्पादन गर्ने उद्योगी र कृषि व्यवसायीहरू सम्मिलित उक्त सम्मेलनमा सहभागीहरूले देशमा कृषि उद्यमशीलता बढाउन समयानुकूल ऐन-नियम बन्नुपर्नेमा जोड दिएका […]

एग्री केयर नेपालले आइपिओ निष्काशन गर्ने

ललितपुर। कृषि क्षेत्रमा लामो समयदेखि सक्रिय एग्री केयर नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपिओ) निष्काशन गर्ने तयारी अघि बढाएको छ । कम्पनीले आइपिओ निष्काशन तथा पूँजी संरचना सुदृढीकरणका लागि नेपाल लाइफ क्यापिटल लिमिटेडलाई संस्थागत परामर्शकर्ता नियुक्त गरेको छ । एग्री केयर नेपाल र नेपाल लाइफ क्यापिटलबीच शुक्रबार श्रावण २९ गते भरतपुर–४, चितवनस्थित एग्री केयर […]

अन्डाको नयाँ मूल्य निर्धारण

ललितपुर।  नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको फार्म समर्थन बिक्री मूल्य बढाएको छ। संघले २०८३ साउन २९ गते काठमाडौंमा भौतिक तथा भर्चुअल माध्यमबाट भएको बैठकमा देशभरका अण्डा उत्पादक किसानको राय, परामर्श तथा सिफारिसका आधारमा नयाँ मूल्य निर्धारण गरेको जनाएको छ। संघका अनुसार २०८३ साउन ३० गतेदेखि चितवनलाई आधारमानी अण्डाको फार्म समर्थन बिक्री मूल्य लागू हुने भएको […]

सक्कल एग्रोको नयाँ बीउ भण्डार तथा प्रशोधन गृह उद्घाटन

ललितपुर। विगत लामो समयदेखि बीउ विजनको क्षेत्रमा काम गर्दै आएको सक्कल एग्रो प्रा.लि. को अत्याधुनिक बीउ बिजन तथा भण्डार गृह संचालनमा आएको छ । कृषि पशुपन्छी, वन तथा वातावरण मन्त्रालय (बागमती प्रदेश) का सचिव सुधिर श्रेष्ठले बीउ भण्डारण तथा प्रशोधन गृहको उद्घाटन गर्दै सक्कल एग्रोले संचालनमा ल्याएको प्रशोधन केन्द्रको आवश्यक सहयोगको लागि सधैं तयार रहेको […]

साना किसानको दैनिक ६० हजारभन्दा बढी दूध किन्दै डिडिसी, त्रिपक्षीय सम्झौता सम्पन्न

ललितपुर।  नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसी), साना किसान सहकारी संस्थाहरूको छाता सङ्गठन नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड (एनएसीसीएफएल) र राष्ट्रियस्तरको थोक कर्जा प्रदायक साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडबीच दुग्ध क्षेत्रको एकीकृत विकासका लागि समझदारी भएको छ । दूध आपूर्तिको बजारीकरण, दुग्ध उत्पादक किसानको हित संरक्षण तथा मुलुकलाई दूधमा […]

कृषि आपूर्ति शृंखला सुधारका लागि सरकारद्वारा कार्यदल गठन

ललितपुर। किसानले उत्पादनको उचित मूल्य पाउने र उपभोक्ताले कृषि उपज सस्तोमा खरिद गर्न सक्ने वातावरण बनाउन सरकारले कृषि क्षेत्रको आपूर्ति श्रृंखला सुधारको प्रक्रिया अघि बढाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पहलमा किसान र उपभोक्ताबीचको उच्च मूल्य अन्तर घटाउने उद्देश्यले ‘आपूर्ति श्रृंखला सुधारका लागि सुझाव कार्यदल’ गठन गरी अध्ययन थालिएको हो । कृषि, वन तथा […]