प्रतिबन्ध लगाएको भारतीय अण्डा नेपाल भित्रंदै,बर्डफ्लुको जोखिम

वीरगन्ज। वार्षिक रु १५ करोड मूल्यभन्दा बढीको अन्डा उत्पादन हुने बारामा खुल्ला सीमाको कारण दिनहुँ भारतीय अन्डा भित्रिन थालेपछि बर्डफ्लुको जोखिम बढ्दै गएको छ । खुल्ला सीमाको फाइदा उठाउँदै तस्करले भारतबाट कुखुराको सेतो अन्डा तस्करी गरी नेपाल भित्रयाउने गरेका छन् । जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रसँग जोडिएको भारतको घोडासन, आदापुर तथा नेपाली नाका मटिहर्वा, कबैगोठ, सीमरौनगढ, […]

बाहिरी चक्रपथका लागि जग्गा अधिग्रहण सुरु

काठमाडौं। बाहिरी चक्रपथ निर्माणका लागि जग्गा अधिग्रहणको काम प्रारम्भ भएको छ । बाहिरी चक्रपथले उपत्यकाको सहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ । बाहिरी चक्रपथ आयोजनाका शाखा अधिकृत ध्रुवप्रसाद सापकोटाले पहिलो खण्ड निर्माणका लागि जग्गा अधिग्रहण सुरु गरिएको जानकारी दिए। पहिलो खण्डमा सतुङ्गलदेखि चोभारसम्म (६ दशमलव ६ किलोमिटर) चक्रपथ निर्माण गरिने […]

सुगर रोग पूर्ण रुपमा निको पार्ने फल

पछिल्ला दिनमा मानिसको व्यस्त जीवनशैली र अस्वस्थ्य खानपानका कारण मानिसमा विभिन्न खालका रोगहरु लाग्ने गरेका छन् । यस्ता रोगहरु बढ्नुमा मानिसको विलाशी जीवनशैली व्यायामको कमी आदीका कारणले मानिसमा रोग बढीरहेको छ । जसका कारण मधुमेह, हर्ट अट्याक, किड्नी सम्बन्धी रोगीको संख्या पछिल्ला दिनमा बढीरहेको छ । रागेलागेपछि विभिन्न औषधिहरुको प्रयोग गरिन्छ । तर, यस्ता रोग […]

साउदीका म्यानेजरलाई सुनाउन मन छ, नेपालमै ७० हजार कमाउँछु

सर्लाही। सर्लाहीको शंकरपुर– ९ का बिमल लामालाई हिजो आज साउदीका मालिकलाई भेट्न मन लागेको छ । साउदीमा काम गर्दा आफूलाई अह्राई पह्राई गर्ने मालिकलाई भेट्न मन लाग्नुको कारण फेरी पनि उनको सल्लाह लिन हैन । हिजो आज नेपालमा आफूले गर्ने काम र कमाईका बारेमा भन्न मन छ, ‘घण्टौं काम नगरेपनि ७० हजार रुपैयाँ कमाउँछु ।’ […]

मनसुन क्रमिक रुपमा सक्रिय बन्दै

काठमाडौँ। एक साताअघि नेपालको पूर्वी भेगमा प्रवेश गरेको मनसुन क्रमिकरुपमा सक्रिय बन्दै गएको छ ।कमजोर रुपमा प्रवेश गरेको मनसुन देशभर पूर्णरुपमा सक्रिय हुन अझै केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको सक्रियताले खासगरी देशका पूर्वी भेगमा वर्षात् भएको छ । काठमाडौँ उपत्यकासहित मध्य भेग र पश्चिमी भेगमा भने राम्ररी वर्षात् हुन सकेको […]

गोकर्णेश्वरको गाई फार्ममा आगलागी, ४५ गाई मरे, ७० घाइते

काठमाडौं। काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ रुप्सेटारमा रहेको ‘ओम कृषि फार्म’ मा आगलागी हुँदा ४५ गाई मरेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । आज बिहान करिब ११ बजे विद्युतसर्ट भई लागेको सो आगलागीमा परेर ७० गाई घाइते भएका छन् । नेपाल प्रहरी र स्थानीयबासीले दुई वटा दमकलको सहयोगमा अपराह्न १ बजे आगो नियन्त्रणमा लिएका थिए । […]

तरकारी खेती गर्दै हुनुहुन्छ ? यसरी थाहा पाउनुहोस् तरकारी खेतीसम्बन्धी सम्पूर्ण आधारभूत जानकारी

यो बिशेष लेखमार्फत नेपालमा गरिने घरेलु रुपमा करेसावारी तरकारी खेती, आय आर्जनका लागि गरिने व्यवसायिक तरकारी खेती, हिमाल, उच्च पहाड, मध्य पहाडी,  बेंसी तथा तराई क्षेत्रमा गरिने सफल तरकारी खेतीको बारेमा बिस्तृत जानकारी उपलब्ध गराइएको छ । कुन भुगोला र हावापानीमा कस्ता प्रकारका तरकारीको खेती गर्दा सफल हुन्छ भन्ने बिषयमा पनि पर्याप्त जानकारी यो लेखमार्फत […]

५ प्रतिशत ब्याजदरमा पाइने ७ करोड रुपैयाँ कृषि ऋण कसरी लिने ?

काठमाडौं। तीन वर्ष अघिदेखि सरकारले किसानलाई सुलभ ब्याजमा ऋण उपलब्ध गराउँदै आएको छ । सुरुका वर्ष ऋणको सिमा १ करोड रुपैयाँ सम्म थियो । तर गएको चैतदेखि सरकारले पाँच प्रतिशत ब्याजमै ७ करोड रुपैयाँसम्म कृषि ऋण दिने व्यवस्था गरेको छ । सस्तो ब्याजको ऋण बैंक तथा वित्तीय संस्थाबाट लिन सकिन्छ । ब्याज बाहेक किसानले अरु […]

जसलाई कागती खेतीले बनायो करोडपति

डङ्ग्राहा। मोरङका ढालुराम माझी (५६) एकताका कांग्रेसका सक्रिय कार्यकर्ता थिए। ०४९ सालमै गाविस अध्यक्षमा निर्वाचित भएका उनी पछि ०५४ सालमा कांग्रेसको क्षेत्रीय सभापतिमा चुनिए। र, राजनीतिक आन्दोलनमा थप सक्रिय बने। तर, उनले राजनीतिको लामो बाटो हिँड्न पाएनन्। कारण– राजनीति गर्न पैसा चाहिन्थ्यो, उनीसँग पैसा थिएन। न त पर्याप्त पुख्र्यौली जायजेथो नै थियो। परिवारको एक्लो छोरो […]

बाँदर नियन्त्रणको माग गर्दै धादिङबेसीमा प्रदर्शन

धादिङ । धादिङका बाँदर पीडित किसानहरुले बाँदर आतंक नियन्त्रणको माग गर्दै बुधबार सदरमुकाम धादिङबेसीमा प्रदर्शन गरेका छन्। बाँदरले चिथोरेका मकैको घोगा र अन्य अन्नवाली सहित बोकेर पीडित किसानहरुले प्रदर्शन गरेका हुन् । पीडित किसानहरुले बाँदरले चिथोर छोडेका मकैको घोगाले माला बनाएर घाँटीमा लगाएका थिए । ‘धपाउन गयो भने हिजोआज त मान्छेलाई नै झम्टेर आक्रमण गर्छ ।’ […]