बाख्रा पालन गर्ने तरीका

बाख्रा एक प्रकारको स्तनधारी वर्गमा पर्ने घरपालुवा जनावर हो। बाख्रा बोभिड (Bovidae) परिवार अन्तर्गत पर्छन र यिनीहरू भेडाहरू सँग मिल्दाजुल्दा हुन्छन, यि दुबै क्याप्रिनेइ (Caprinae) सह-परिवार अन्तर्गत पर्दछन। बाख्रा पाल्तु जनावरहरू मध्ये धेरै उपयोगी मानिन्छ। बाख्रालाई मासु, दुध, ऊन र मलको लागी धेरै जसो किसानहरूले बाख्रा पालन गरेको पाइन्छ। बाख्राहरू विभिन्न प्रजातीको हुन्छन्।खरी, औले, तराई […]

धान उत्पादनको गलत तथ्यांक सार्बजनिक गर्ने तयारीमा कृषि विकास मन्त्रालय

काठमाडौं । धान उत्पादनमा कमि आउने भएपछि कृषि विकास मन्त्रालयले वास्तविक तथ्यांक सार्वजनिक गर्न आनाकानी गरेको छ । गत वर्ष ५२ लाख ३० हजार मेट्रिकटन धान उत्पादन भए पछि यस वर्ष धान उत्पादन बढाउने दाबि गर्दै आएको मन्त्रालय धान काटेको लामो समय भैसक्दा पनि चुपचचाप  छ । मन्त्रालयले आफ्नो घोषणाविपरीत कम धान फलेको पाएपछि तथ्यांक […]

कृषि क्षेत्रमा परनिर्भता बढ्दो ,२० अर्बको फलफूल आयात

काठमाडौं । मुलुकमा वार्षिक करिब रु २० अर्बको फलफूल आयात हुने गरेको छ । नेपाल फलफूल थोक व्यवसायी संघले २६ औँ वार्षिक साधारणसभाको अवसरमा शनिबार यहाँ आयोजित कार्यक्रममा सो जानकारी गराइएको हो । सो अवसरमा नेकपा एमालेका नेता राजेन्द्र पाण्डेले नेपाल कृषि प्रधान देश भनिए पनि उत्पादनको उपयुक्त वातावरण नहुँदा मुलुकको अर्थतन्त्र आयातमुखी हुँदै गएकोमा चिन्ता […]

चिनीको भाउ एकाएक कसरी सस्तियो?

काठमाडौं। पाकिस्तान र भारत बाट चिनी आयात हुन थालेपछि एक महिनामा चिनीको मूल्य १० रुपैंयाले घटेको छ । एक महिनामा ८५ रुपैंया रहेको चिनीको भाउ अहिले खुद्रा मूल्यमानै ७५ रुपैंयामा झरेको छ । भारत र पाकिस्तानबाट सहज रुपमा चिनीको आयात भैरहेकाले चिनीको मूल्य अझै घट्ने व्यावसायीहरुको भनाइ छ । उखु क्रसिङको सिजन भएकाले चिनीको मूल्य अझै […]

पाँचौँ राष्ट्रिय पोल्ट्री दिवस चितवनमा मनाइने

चितवन ।  पाँचौँ राष्ट्रिय पोल्ट्री दिवस विशेष कार्यक्रमका साथ पूर्वी चितवनमा मनाइने भएको छ । पाँच वर्ष अघि २०७० सालमा सरकारले पुस १७ गतेलाई पोल्ट्री दिवस मनाउने निर्णय गरेको थियो । नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष एवं पाँचौँ राष्ट्रिय पोल्ट्री दिवसका संयोजक डा होमबहादुर बस्नेतले यस वर्षको पोल्ट्री दिवसमा पोल्ट्री क्षेत्रको विकाससंग सम्बन्धित गोष्ठी गरिने […]

रामपुर कृषि क्याम्पसमा विवाद, भत्ता बढाउन माग गर्दै विद्यार्थीद्धारा तालाबन्दी

चितवन । चितवनको रामपुरस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालयअन्तर्गत भेटेनरी संकायमा अध्ययरत विद्यार्थीहरुले इन्टर्नसीप भत्ता वृद्धिको माग गर्दै विश्वविद्यालयमा तालाबन्दी गरेका छन् । भेटेनरी नवौं समेष्टरमा अध्ययन गर्ने विद्यार्थीहरुले शाखा अधिकृतको तलव स्केलको ७५ प्रतिशत हुन आउने रकम भत्ता स्वरूप दिनुपर्ने माग गर्दै विश्वविद्यालयको केन्द्रीय कार्यालय, डिन कार्यालय, शैक्षिक प्रशासन र आर्थिक प्रशासन शाखाका तालावन्दी गरेका […]

११ उद्योगका घिउ र तेल ‘खान अयोग्य’ !

काठमाडौं। देशभरका ११ वटा उद्योगले मानव स्वास्थ्यलाई हानि गर्ने गुणस्तरहीन खाने तेल र घिउ उत्पादन तथा आयात गर्दै आएको तथ्य फेला परेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बाराका एग्रो प्रोसेसिङ उद्योग, दुर्गा मोडर्न आयल मिल, आरती भेजिटेबल प्रोडक्ट उद्योग, रूपन्देहीका सिद्धार्थ रिफाइनरी एन्ड सोलभेन्ट इन्डस्ट्रिज, रौनक आधुनिक तेल उद्योग, सिद्धार्थ आयल इन्डस्ट्रिज, ललितपुरको […]

किसानलार्इ पेन्सन : यही आर्थिक वर्ष भित्र कार्यविधि ल्याउने आयोगको योजना

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको बजेटमा किसान पेन्सनका लागि अध्ययन गर्ने घोषणा गरे बमोजिम किसान पेन्सनबारे कार्यविधि बनाउने जिम्मेवारी किसान आयोगलाई दिएको छ । कृषि विकास मन्त्रालयका अनुसार किसानको सम्मानस्वरुप दिईने भनीर्एको नीति तथा कार्यक्रमअनुसार मन्त्रालयले कार्यविधि बनाउने जिम्मा किसान आयोगलाई प्रदान गरेको हो । आयोगले नै अध्ययन गरी कार्यविधि तयार पारी मन्त्रालयलाई बुझाउनेछ । […]

स्याउ खेती गर्ने तरिका

चिसो हावापानि भएको स्थानमा पाईने फल हो स्याउ । स्याउको पौस्टिक महत्व, आर्थीक महत्व, तथा वातावरणिय महत्व रहेको छ । मुख्य सिफारिस जातहरु :  बढी चिसो आवश्यक पर्ने जातहरु (२०००-३००० मिटर सम्म उचाईमा उपयुक्त) जस्तै रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रिचा रेड डेलिसियस, ग्रान्नी स्मिथ, म्याकेण्टस, जोनाथन, फुजी आदी । मध्यम चिसो आवस्यक पर्ने जातहरु […]

अकबरे खोर्सानीको बजार भाउ घटेपछि किसान चिन्तित

तेह्रथुम। तेह्रथुममा उत्पादन भएको अकबरे खोर्सानीले राम्रो मूल्य नपाउँदा यहाँका किसान चिन्तित बनेका छन् । वर्षेनि उत्पादन बढ्दै गए पनि बजार व्यवस्थापनमा कसैले चासो नदिँदा अकबरे खोर्सानीले बजार नपाएको गुणासो किसानको छ । बजार भाउ घटेपछि अकबरे खोर्सानीको व्यावसायिक खेती गरिरहेका किसान अहिले निराश बनेका छन् । गत वर्ष यो मौसममा अकबरे खोर्सानीको कारोबार रु […]