भ्यालेनटाइन ‘डे’ का लागि भित्रियो सवा करोडको गुलाफ

काठमाडौ । यस वर्षको प्रणय दिवसका लागि भारतबाट एक करोड २५ लाख रुपैयाँ बराबरको रातो गुलाफ आयात भएको छ । ।  यो गत वर्षको तुलनामा ३५ हजार स्टिक गुलाफ बढी हो । अघिल्लो वर्ष एक करोड रुपैयाँ को मात्र आयात गरे पनि यस वर्ष बजारमा माग बढेकाले केही थप आयात गर्न गरिएको हो । दुई […]

विराटनगरमा व्यापारीद्वारा प्रदर्शन–तरकारी बजार बन्द

विराटनगर | तरकारी व्यापारी पशुपति भगतमाथि भएको सांघातिक आक्रमणमा संलग्नलाई कारबाहीको माग गर्दै तरकारी तथा फलफूल व्यवसायीले आज यहाँ प्रदर्शन गरेका छन् । विराटनगरस्थित गुद्री बजारमा उनीहरुले बिहानैदेखि प्रदर्शन गर्दै तरकारी तथा फलफूल व्यवसाय कारोबार ठप्प गरेका हुन् । यसअघि व्यापारी भगतमाथि आक्रमण गरी घाइते बनाउनेलाई कारबाहीको माग गर्दै सब्जीमण्डी तथा गुद्री बजार व्यवस्थापन समितिको अगुवाइमा […]

पशुपति क्षेत्रमा आजवाट गाँजा निषेधित , गाँजा सेवन खरिद विक्रीमा प्रतिबन्ध

काठमाडौं । पशुपति क्षेत्रमा बढ्दो गाँजा प्रयोग नियन्त्रण लागि पशुपति क्षेत्र विकास कोषले पाशुपत क्षेत्रलाइ गाँजा निषेधित क्षेत्र घोषण गरेको छ ।युवा पुस्तामा गाँजा खाने अखडाको रुपमा पशुपति क्षेत्र बदनाम बन्दै गएपछि प्रहरीको सहयोगमा बिहीबारबाट गाँजा निषेधित घोषणा गरिएको हो । लागूपदार्थको रुपमा गाँजा प्रतिवन्धित भएपनि पशुपति क्षेत्रका जोगी बाबाहरुलाई भने त्यसमा छुट दिदै आइएको […]

विदेशमा हण्डर खाएका लालबहादुर, स्वदेशमा च्याउ खेति गर्दा पाँच वर्षमै करोडपति !

६ वर्ष कुबेतको गर्मीमा काम गरेर फर्किंदा न घरमा श्रीमती थिइन् न त पठाएको पैसा । ऋण तिर्न पठाएको पैसा लिएर श्रीमतीले दोस्रो बिहे गरेर हिँडिन् । ४ प्रतिशत ब्याजदरमा जग्गा दृष्टिबन्धक राखेर लिएको १ लाख ५ हजार ऋण बढेर ४ लाख १७ हजार पुगेको थियो । ऋण तिरेर भ्याउँदा उनी पहिलेकै अवस्थामा फर्केका थिए […]

हिउँदको पहिलो वर्षा : कुन कुन बालीलाई फाइदा ?

काठमाडौं। बुधबार काठमाडौं उपत्यका सहित देशका धेरै ठाउँमा पानी परेको छ । पश्चिमका पहाडी क्षेत्रमा हिमपात भएको छ । यसवर्षको पहिलो वर्षा भएकाले किसान खुशी छन् । पानी परेपछि हिउँदे बालीलाई फाईदा पुग्ने कृषि विज्ञले बताएका छन् । गहुँ, मुसुरो, तोरी, आलु लगायत बालीमा अहिले गाँज हाल्ने बेलामा पानी परेपछि फाईदा पुग्ने विज्ञको भनाई छ […]

जैविक विषादी उत्पादनमा ५० प्रतिशत अनुदान

काठमाडौं ।  कृषिउपजमा रासायनिक विषादीको प्रयोग घटाउन सरकारले जैविक र वनस्पतिक विषादी उत्पादनमा ५० प्रतिशत अनुदान दिने भएको छ। कृषि विकास मन्त्रालयले चालू आर्थिक वर्षमा जैविक तथा वनस्पतिक विषादी उत्पादन, प्रयोग तथा अनुदान निर्देशिका स्वीकृत गरी यस्तो व्यवस्था गरेको हो। रासायनिक विषादीको बढ्दो प्रयोगले मानव स्वास्थ्यका साथै जल तथा थल पशुपन्छीमा समेत नकारात्मक असर पुर्‍याउन […]

नार्कद्वारा धान र मकैसहित उन्नत जातका बीउको विकास

काठमाडौं । कृषि अनुसन्धान परिषद् (नार्क)ले विभिन्न नयाँ जातका उन्नत किसिमका अन्नबालीको बीउको विकास गरेको छ । परिषद्ले मकै, धान, गहुँ, तोरी, मुसुरोलगायत अन्नबालीका नयाँ उन्नत जातका बीउको विकास गरेको परिषद्का वरिष्ठ वैज्ञानिक टीकाबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार मकैमा वसन्त मकै, बर्खे मकै, अरुण–३, अरुण–४ र अरुण–६, मनकामना–३, मनकामना–४, मनकामना–५ र मनकामना–६  जातका […]

बुधबार पानी पर्ने सम्भावना

काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाले आजभोलि नै पानी पर्ने सम्भावना नरहेको जनाएको छ ।  बुधबार मध्यरातमा भने सामान्य खालको मौसम प्रणाली नेपाल छिर्ने र दिउँसो मध्य र पश्चिमी भेगमा मौसम बदली भई सामान्य बर्षा हुनसक्ने मौसमविद मीनकुमार अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार हिजो अस्तिको तुलनामा कम हुस्सु लागेपनि पूर्वी तथा मध्यतराईमा आज दिनैभरजसो […]

फेरि रोक्यो भारतले नेपाली अदुवा

माघ । एक वर्षयता अन्य नाका बन्द गरी काँकरभिट्टाबाट मात्र अदुवा भित्र्याउन दिँदै आएको भारतले फेरि रोक लगाएको छ। भारत सरकारले नेपाली अदुवा सफा नगरी आएको भन्दै भित्र्याउन रोक लगाएपछि पाँच दिनदेखि निर्यात ठप्प भएको नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका केन्द्रीय अध्यक्ष नरेन्द्र खड्काले जानकारी दिए। भारतले नेपालको अदुवा खरिदका लागि मेची एक्सपोर्टलाई मात्र […]

साल्ट ट्रेडिङले शेयर धनीलाई ३५ प्रतिशत बोनस दिने

काठमाडौं।  सरकारी स्वामित्वको व्यापारिक संस्था साल्ट ट्रेडिङ कर्पोरेशनले आफ्ना शेयरधनीलाई ३५ प्रतिशत बोनस दिने भएको छ । साल्ट ट्रेडिङले २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांस दिने निर्णय गरेको हो । पोहोर साल्ट ट्रेडिङले २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । ९ करोड ८१ लाख ८४ हजार […]