काठमाडौं।  सरकारी स्वामित्वको व्यापारिक संस्था साल्ट ट्रेडिङ कर्पोरेशनले आफ्ना शेयरधनीलाई ३५ प्रतिशत बोनस दिने भएको छ । साल्ट ट्रेडिङले २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांस दिने निर्णय गरेको हो ।

पोहोर साल्ट ट्रेडिङले २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । ९ करोड ८१ लाख ८४ हजार ३ सय रुपैयाँ चुक्ता पूँजि रहेको साल्ट ट्रेडिङमा सरकारको ७९ प्रतिशत र सर्वसाधारणको २१ प्रतिशत शेयर छ ।

बोनसपछि यसको चुक्ता पुँजि १२ करोड २७ लाख ३० हजार पुग्ने छ । काठमाडौंको कालिमाटीमा केन्द्रीय कार्यालय रहेको साल्ट ट्रेडिङले नुन, चिनी, ग्यास, मललगायतका सामग्रीको व्यापार गर्दै आएको छ ।