‘मोबाइल एप्स’मार्फत कृषि परामर्श

भरतपुर। चितवनको कालिका नगरपालिकाका किसानले ‘मोबाइल एप्स’ मार्फत कृषि परामर्श लिन थालेका छन् । उनीहरुले कृषि बालीमा देखिने समस्याको समाधान, विषादीको प्रयोग र बजार मूल्यको जानकारी एप्समार्फत लिने गरेका हुन् । कालिका नगरपालिका–५ का दिपक महतो बालीमा समस्या देखा पर्दा परामर्श लिन निकै सकस हुने गरेकामा यतिखेर भने एप्सका कारण समस्या नभएको बताउछन् । उनले […]

माटोका भाँडा बनाउन कुमालेलाई भ्याइनभ्याइ

जनकपुर। धनुषासहित मिथिलाञ्चलका कुम्भकार (कुमाले) चौठचन्द्र पर्वलाई लक्षित गर्दै माटोका भाँडा बनाउन व्यस्त छन् । माटोका भाँडामा खिर, दही, फलफूलसहितका प्रसाद सामग्री राखी चन्द्रमालाई अर्घ दिएर मनाइने ‘चौठचन्द्र’ पर्वका लागि व्रत बस्नेलाई माटाको भाँडो पु¥याउन कुम्भकारलाई भ्याइनभ्याइ छ । तराई–मधेसमा भदौ चतुर्थी तिथिका दिन चौठचन्द्र पर्व मनाउने गरिन्छ । दुई साताअघिदेखि क्षीरेश्वरनाथ नगरपालिका–४ हरैया टोलका […]

विद्यार्थीलाई चरा चिनाउने अभियान

झापा। दुई दशकअघिसम्म तराईका अग्लाअग्ला सिमलका रुखमा प्रशस्त गुँड बनाएर चल्ला कोरल्ने गिद्ध र भुँडीफोर गरुड चरा अब लोप हुँदै गएका छन् । बासस्थान र आहाराको स्रोत मासिएसँगै पूर्वी तराईमा यी चरा हराउँदै गएको विज्ञहरु बताउँछन् । यस्तै लोपोन्मुख चराको संरक्षण गर्न चरा तथा वन्यजन्तु संरक्षण समाजले झापा र इलाममा अभियान सुरु गरेको छ । […]

तमानखोलामा ‘आलु महोत्सव’

ढोरपाटन। बागलुङको उच्च पहाडी क्षेत्रमा रहेको तमानखोला आलु उत्पादनमा उर्वर मानिन्छ । खासगरी तमानखोला गाउँपालिका–३ तमान गाउँ र वडा नं. ४ को लाम्मेला क्षेत्रमा बर्सेनि लाखौँको आलु उत्पादन हुन्छ । प्रचारप्रसार र बजारीकरण अभावमा किसानले उत्पादन गरेको आलु बजारसम्म पुग्दैन । यस वर्ष अघिल्लो वर्षको तुलनामा बढी आलु उत्पादन भएको छ । आलु प्रवद्र्धन र […]

मासिक तीनदेखि आठ हजार कमाउँछन् विद्यार्थी

चितवन। जिल्लाको इच्छाकामना गाउँपालिका घर भई माडीमा रहेको जनकल्याण माविमा कक्षा १० मा अध्ययन गर्दै गरेका इन्द्रबहादुर चेपाङ अहिले विद्यालयमा व्यस्त रहने गरेका छन् । माडी नगरपालिका–६ कल्याणपुरमा रहेको यस विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू भएसँगै यहाँ अध्ययन गर्ने विद्यार्थी घरमाबाहेक विद्यालयमा समेत कृषि कार्यमा व्यस्त रहन थालेका छन् । चेपाङ विसं २०७२ को भूकम्पपछि […]

अलैँचीको मूल्यवृद्धिले किसान उत्साहित

ताप्लेजुङ। गत वर्षभन्दा यस वर्ष दोब्बर बढी मूल्यमा अलैँचीको कारोबार हुन थालेको छ । अलैँचीको नयाँ फसल (उत्पादन) बजारमा आउन थालेसँगै गत वर्षभन्दा दोब्बर बढी मूल्यमा कारोबार हुन थालेको हो । बजारमा आउन थालेसँगै नयाँ अलैँचीले उचित मूल्य पाउँदा किसान तथा व्यवसायी उत्साहित भएका छन् । सदरमुकाम फुङ्लिङ बजारमा हिजोआज नयाँ अलैँची प्रतिमन (४० किलोग्राम) […]

मुस्ताङमा असोज नलागेसम्म स्याउ टिप्न नपाइने

गलेश्वर। स्याउको गुणस्तर र स्वाद कायम राख्न हिमालपारिको जिल्ला मुस्ताङमा असोज १ गतेयता स्याउ टिप्न र बिक्री गर्न नपाइने भएको छ । चाँडै स्याउ टिपेर बजारमा पठाउँदा मुस्ताङको स्याउको गुणस्तर र स्वाद नहुने भएकाले भदौसम्म स्याउ नटिपी असोज लागेपछि मात्रै स्याउ टिपेर बजारमा पठाइने मुस्ताङका अन्तरपालिका बैठकमा निर्णय गरिएको छ । सोही निर्णयलाई कार्यान्वयन गर्न […]

सुगाको बथानले मकैबाली सखाप

कञ्चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने किसानले लगाएको मकैबाली सुगाको बथानले खाएर सखाप पार्न थालेको छ । सुगाको बथानले मकैको घोगा खाएर नोक्सानी गर्न थालेपछि स्थानीय किसान चिन्तित भएका हुन् । बथानका बथान सुगा बिहान, साँझको समयमा आएर मकैबालीमा पसेर नोक्सानी गर्न थालेको मध्यवर्ती क्षेत्रको शुक्लाफाँटा नगरपालिका–२ का किसान गङ्गा बोहराले बताए । […]

लम्पी स्किन रोगबाट देशभर ५२ हजारभन्दा बढी पशुको मृत्यु

ललितपुर। कृषि तथा पशुपक्षीमन्त्री डा. बेदुराम भुसालले लम्पी स्किन रोगको सङ्क्रमणबाट अहिलेसम्म १५ लाख १९ हजार सात सय ७९ पशु सङ्क्रमित भएको जानकारी दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले सरकारले उपचारमा सक्दो प्रयास गरिरहेको समेत दाबी गरे। हालसम्म उपचार पश्चात् १३ लाख ८३ हजार पाँच सय ९५ पशु […]

धान बालीमा सेतो पुतलीको प्रकोप

मध्यविन्दु। नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसानले लगाएका धानबालीमा पुतली९झिँगा०को प्रकोप बढ्न थालेको छ । धान बालीमा सेतो पुतलीको प्रकोप बढ्न थालेपछि जिल्लाका किसान चिन्तित भएका छन् । कावासोती नगरपालिका क्षेत्रको धान बालीमा पुतलीको प्रकोप बढ्दो क्रममा रहेको नगरपालिकाका कृषि विकाश शाखा प्रमुख शिवनारायण कुमालले बताए । “वडानं ७ देखि १७ सम्मका धान बालीमा पुतलीको प्रकोप दैनिकरुपमा […]