सामूहिक र करार खेतीलाई प्रोत्साहन

ललितपुर। सरकारले खाद्यान्न र दूधजन्य पदार्थमा अत्मनिर्भर हुन सिँचाइ, सामूहिक खेती, पशुस्वाथ्य र हरियो घाँस विस्तारका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । बाँझो जमिन उपभोग कार्यक्रममार्फत सिँचाइ संयन्त्र निर्माण गरी उत्पादनमा वृद्धि एवं सामूहिक र करार खेतीलाई समेत प्रोत्साहन गर्ने नीति सरकारले अघि सारेको हो । कृषि उत्पादन बढाएर आत्मनिर्भर हुने सबैभन्दा महत्त्वपूर्ण पक्ष रासायनिक मल […]

सहरी क्षेत्रका महिलालाई कौशी खेती तालिम

भरतपुर। चितवनको भरतपुरमा सहरी क्षेत्रका महिलालाई कौशी खेती तालिम सुरुआत गरिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, निरन्तर शिक्षा केन्द्रको आयोजना तथा युएसएआइडी कृषि उच्च शिक्षा परियोजनाको सहयोगमा कौशी खेती तालिम सुरु गरिएको हो । भरतपुर महानगरका मुख्य सहरी क्षेत्रमा बसोबास गर्ने महिलालाई कौशी खेतीसम्बन्धी आधारभूत प्राविधिक ज्ञान र सीप दिलाउने उद्देश्यले तालिम आयोजना […]

धानबालीमा गबारो र फौजी कीराको समस्या

झापा। झापाको अर्जुनधारा नगरपालिकाका तीनवटा वडामा धानबालीमा गबारो र फौजी कीराको समस्या देखापरेको छ । रोग फैलिन थालेपछि किसान चिन्तित भएका छन् । रोगका कारण वडा नं ३, ४ र ७ को ४० बिघा क्षेत्रफलमा लगाइएको धानबाली सखाप भएको र अन्यतिर पनि फैलिइरहेको अर्जुनधारा नगरपालिकाको कृषि शाखा प्रमुख एन्जिला बिडारीले जानकारी दिए । “गबारो, ढुसी […]

हावाहुरीले मकै बाली नष्ट

ढोरपाटन। हावाहुरी र वर्षाले बागलुङका विभिन्न स्थानमा मकै बालीमा क्षति पु¥याएको छ । घोँगा लाग्ने बेलामा आएको हावाहुरीले जिल्लाको तमानखोलाका किसानले सयौँ रोपनी क्षेत्रफलमा लगाएको मकै बाली नष्ट गरिएको हो । वडा नम्बर १ र २ को सेन्नामा, पहिरा, बोङ्गानी, सोम्मरलगायतका गाउँको करिब सात सय रोपनी क्षेत्रफलमा लगाएको मकै पूर्ण रुपमा नष्ट भएको तमानखोला गाउँपालिकाका […]

‘हावा’मा आलुको बीउ उत्पादन

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीस्थित खाद्यान्न तथा बीउ आलु, अलैँची, फलफूल नर्सरी उद्योगले नयाँ प्रविधिद्वारा ‘हावा’मा आलुको बीउ उत्पादन थालेको छ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको आर्थिक सहयोगमा नयाँ प्रविधि ‘एरोपोनिक’ अर्थात् हावामा बीउ उत्पादन थालिएको हो । उक्त उद्योगले यसअघि माटोमा विभिन्न जातका आलुको बीउ उत्पादन गर्दै आएको थियो । “यस प्रविधिअन्तर्गत खाली बोतलमा मसिना […]

म्याग्दीबाट रैथाने बाली लोप हुँदै

गलेश्वर। आनुवांशिक स्रोत र जैविक विविधताले युक्त म्याग्दीका ग्रामीण क्षेत्रबाट विभिन्न ९७ जातका रैथाने बाली लोप हुने अवस्थामा पुगेका छन् । करिब सात वर्षअघि यहाँका कृषकले उत्पादन गर्दै आएका रैथाने बालीका साथै जिल्लाका ग्रामीण भेगमा पाइने वनस्पति अहिले लोप हुने अवस्थामा पुगेका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । स्थानीय प्राकृतिक स्रोत, ती स्रोतको उपभोग […]

सयपत्री फूलको व्यवसायिक खेती

तनहुँ। म्याग्दे र आँबुखैरेनी गाउँपालिकाले व्यावसायिक रुपमा सयपत्री फूल खेती सुरु गरेका छन् । विदेशबाट आयत हुने पुष्पलाई प्रतिस्थापन गरी गाउँपािलकालाई फूलमा आत्मिनर्भर बनाउन पुष्पखेतीलाई प्रवद्र्धन गरिएको हो । आँबुखैरेनी–१ प्रसिद्ध धार्मिकस्थल आँधीमूल क्षेत्रमा बीस हजार बढी सयपत्री फूलका बिरुवा रोपिएका छन् । ‘अध्यक्षसँग कृषि विकास कार्यक्रम’ अन्तर्गत स्थानीय आमा समूहमार्फत फूलका बिरुवा रोपिएको हो […]

गबारो कीराबाट किसानलाई धानबाली जोगाउनै मुस्किल

टीकापुर। कैलाली टीकापुर–१ का किसान हरि चौधरीले चार बिघा जमिनमा धानबाली लगाएका छन् । उनको धानले गाँज हाल्ने समयमा खेतमा गबारो कीराको समस्या देखापरेको छ । गबारो रोगले धानको गुबो मर्न थालेपछि उनले विषादी छर्न थालेका छन् । लाखौँ खर्चिएर खेती गरेका उनलाई बाली जोगाउन निकै चिन्ता परेको छ । “धान रोप्दा र सिँचाइमा धेरै […]

सुन्तला बगैँचामा ‘पिङ्क डिजिज’

कर्णाली। सल्यान जिल्लाका सुन्तला बगैँचामा गुलाबी रङको रोग देखिएपछि कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसहित विज्ञको टोली त्यहाँ पुगेको छ । राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र खुमलटारको प्रयोगशालामा सल्यानको सुन्तलामा लागेको रोगको नमूना परीक्षण गर्दा पिङ्क डिजिज (गुलाबी रोग) पत्ता लागेको थियो । रोग देखिएलगत्तै किसानको समस्या समाधान गर्न सो किसानसँग सरकार […]

कोदोबालीमा खुम्रे कीराको समस्या

गलकोट। बागलुङ नगरपालिकाको अधिकांश क्षेत्रमा लगाइएको कोदोबालीमा खुम्रे कीराको समस्या देखिएको छ । खुम्रेकीराका कारण कोदोको डाठ धमाधम सुक्न थालेपछि बागलुङ नगरपालिकाभित्रका किसान चिन्तित बनेका छन् । बागलुङ नगरपालिकाको सिगाना, मालिका, भान्सा, रायडाँडा र सिमलगायत क्षेत्रमा लगाइएको कोदोमा खुम्रे कीराको समस्या देखिएको बागलुङ नगरपालिकाको कृषि शाखाले जनाएको छ । कोदोको जरामा खुम्रे कीरा र डाठमा […]