अझै पुनः स्थापनको पर्खाइमै मुक्त हलिया

कञ्चनपुर। निर्धारित पुनः स्थापनाको समयावधि लम्बिँदै जाँदा मुक्त हलियाको बसोबासको उचित व्यवस्थापन हुन सकेको छैन । उचित बसोबासको व्यवस्था नहुँदा मुक्त हलिया परिवार नदी तटीय क्षेत्र, सामुदायिक वन नजिक, राजमार्ग छेउमा झुपडी बनाई कष्टकर जीवन बिताउन बाध्य छन् । राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालका अध्यक्ष ईश्वर सुनारका अनुसार पुनःस्थापनाका साथै शिक्षा, स्वास्थ्य, रोजगारी, दिगो […]

उखु खेती बढाउन किसानको अवलोकन भ्रमण

सर्लाही। उखुमा अनुदानको अभाव एवम् उद्योगले दिनुपर्ने भुक्तानी समयमै नदिँदा निराश बनेका जिल्लाका किसान हरिवन नगरपालिका–११ मा रहेको इन्दुशकर चिनी उद्योगले उन्नत जातको उखु उत्पादन भएको क्षेत्रको अवलोकन भ्रमण गराएको छ । अनेकौ समस्या व्यहोरेर पनि उखु उत्पादन गरिरहेका जिल्लाका किसानले पछिल्लो समयमा उद्योगले दिनुपर्ने भुक्तानी र सरकारबाट प्राप्त हुनुपर्ने अनुदान नै नपाएपछि उखु खेतीको […]

विदेशको एक लाख पारिश्रमिक छाडेर नेपालमा च्याउ खेती

मलेखु। वैदेशिक रोजगारीमा पाँच वर्ष बिताएका विनोद पौडेलले च्याउ खेतीमा एक करोड लगानी गरेका छन् । युएईमा मेनेजरको काम छाडेर नेपाल फर्किएका पौडेलले धादिङको थाक्रे गाउँपालिका–१० केवलपुरमा च्याउ खेती सुरु गरेका हुन् । युएईको कन्सल्टेन्ट कम्पनीमा मासिक झन्डै एक लाख कमाई भइरहे पनि अब नेपालमै केही गर्नुपर्छ भन्ने सोचका साथ च्याउ खेती सुरु गरेको उनले […]

विद्यार्थी नै बेच्छन तरकारी

तुलसीपुर। केही विद्यार्थीले तरकारी तौलिरहेका छन् भने केहीले ग्राहकसँग ‘बार्गेनिङ’ गरिरहेका छन् । उनीहरू आफैँले उत्पादन गरेका तरकारी आफैँ बिक्री वितरण गर्दै आएका हुन् । तुलसीपुर उपमहानगरपालिका–४ स्थित कृषि बाली विज्ञानमा अध्ययनरत विद्यार्थीहरुले चार बिघाभन्दा बढी जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका र उत्पादन भएको तरकारी बजारमा लगेर बेच्ने गरेका छन् । कृषि शिक्षा […]

बाँदर रुँगेरै अन्न जोगाउँछन् सुनारपानीवासी

मन्थली। स्थानीय जयराम कार्कीले हरेक दिन लौरो बोकेर बारी कान्लाको डिलमा बाँदर रुँगेर यस वर्षको मकै पकाए । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीका ८९ वर्षीय कार्की यस अवस्थामा पनि दैनिक लौरो लिएर बारीका डिलमा बस्नुपर्ने बाध्यता छ । उनी बाँदर धपाएर अन्न जोगाउनका लागि दैनिक बारीको कान्लामा बस्दै आउएका छन् । आफूले वर्षौंदेखि बाँदरको अचाक्ली खेपिरहेको […]

खाली जग्गा सदुपयोग गरी कागती खेती

मलेखु। धादिङको नीलकण्ठ नगरपालिका–१२ साङ्कोषका रामशरण लम्सालको बारीमा अहिले लटरम्मै कागती फलेको छ । सदरमुकाम धादिङबेँसीमा ग्रिल व्यवसाय गर्दै आएका उनको व्यवसाय कोरोना महामारीमा ठप्प बनेपछि कागती खेती थालेका हुन् । लम्साल भन्छन्, “यो कागती मलाई लकडाउनले दिएको उपहार हो ।” अहिले उनको साँझ–बिहान कागती खेतीमै बित्ने गरेको छ । विसं २०७६ मा कोरोना भाइरसको […]

धान, मकै र गहुँको उत्पादकत्व वृद्धि

गण्डकी। गण्डकी प्रदेशमा मुख्य खाद्यान्न बाली मानिएका धान, मकै र गहुँको उत्पादकत्व वृद्धि भएको छ । प्रदेशको भूमि व्यवस्था तथा कृषि मन्त्रालयका अनुसार आव २०७८/७९ मा धानमा तीन दशमलव ४३, मकैमा दश दशमलव २२ र गहुँमा सात दशमलव ९२ प्रतिशतले उत्पादकत्व बढेको हो । आव २०७७/७८ मा प्रतिहेक्टर ३.५ मेट्रिक टन धान उत्पादन भएकामा आव […]

कन्याममा बन्यो चिया अनुसन्धान केन्द्र

फिक्कल। इलामको सूर्योदय नगरपालिका–७ स्थित कन्याममा चिया अनुसन्धान केन्द्र निर्माण गरिएको छ । कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको आर्थिक सहयोगमाल परीक्षणसहितको अनुसन्धान केन्द्र निर्मा गरिएको हो । विदेशी चिया पारखीलाई लक्षित गरी बनाइएको अनुसन्धान केन्द्र १३ करोड ६५ लाखको लागतमा सम्पन्न भएको सूर्योदय नगरपालिकाका इञ्जिनीयर आशिष सुवेदीले जानकारी दिए । आर्थिक वर्ष २०७६/७७ मा […]

रैथाने मह किन्न घरमै पुग्छन् ग्राहक

तुलसीपुर। तुलसीपुर उपमहानगरपालिका वडा नं.३ श्रीखोलाका प्रेमबहादुर विकले रैथाने मौरी पाल्न थालेको दस वर्ष भयो । दैनिक हुने अन्य कामसँगै बाँकी रहेको समय मौरी पालन गरेरै उनले वार्षिक एकलाख कमाई गर्दै आएका छन् ।“हामीले पालेको मौरी स्थानीय जातको हो, यसलाई विकासे मौरीको झै समय पनि दिनुपर्दैन, आफै मेहनत गरेर यो मौरीले मह दिन्छ”, प्रेमबहादुरले भने, […]

पर्यटन प्रवर्द्धन सक्रिय ताप्लेजुङका स्थानीय तह

फुङ्लिङ। जिल्लामा रहेका पर्यटकीय सम्पदाहरुको विकास गरी धेरैभन्दा धेरै पर्यटक भित्र्याउँदै आन्तरिक आम्दानीको स्रोत बढाउने उद्देश्यले ताप्लेजुङका स्थानीय तहरुहरुले विभिन्न कार्यक्रमहरु कार्यान्वयनमा जोड दिएका छन् । धार्मिक पर्यटन, साहसिक पर्यटन, हिमाल आरोहणमा जोड दिंदै एक नगरपालिका र आठ गाउँपालिका रहेको यस जिल्लाका स्थानीय तहरुहरुले नयाँ पर्यटकीय क्षेत्रहरुको पहिचान गर्नेदेखि पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएको पाइन्छ […]