बाँसका सामग्रीबाट आयआर्जन गर्न महिलालाई तालिम

खोटाङ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा दैनिक ३० महिला भेला हुन्छन् । बिहान १० बजे भेला हुने महिला दिउँसोको समयमा कसैले बाँसका चोया खिपिरहेका हुन्छन् भने कोही विभिन्न सामग्री बुनिरहेका हुन्छन् । बाम्राङस्थित वडा कार्यालयमा भेला हुने महिलाले छोटो समयमै बाँसका चोयाबाट घरायसी काममा प्रयोग हुने रहरलाग्दा विभिन्न सामग्री बनाइरहेका छन् । गाउँमा बेरोजगार […]

बाँदर नियन्त्रणका लागि फलफूल खेती

धनकुटा। किसानका खेतीपातीमा लाग्ने बाँदर नियन्त्रणका लागि धनकुटाका सामुदायिक वनमा वनजन्य फलफूल खेती सुरु गरिएको छ । कोशी प्रदेश सरकारको १० लाखको सहयोमा आर्थिक वर्ष २०७९/८० देखि डिभिजन जिल्ला वन कार्यालयले उक्त कार्यक्रम सुरुवात गरेको हो । प्रदेश सरकारको ‘प्रदेश वन विकाश कार्यक्रम’अन्तर्गत करिब आठ हेक्टर (१५७ रोपनी) मा फलफूल खेती गरिएको छ । जिल्लाका […]

आलु भण्डारण क्षमता थोरै हुँदा किसानलाई मर्का

बलेवा। पछिल्लो समय बागलुङमा आलु उत्पादनमा वृद्धि भएको छ । उत्पादन वृद्धि भए पनि आलु पर्याप्त मात्रामा भण्डारण गर्ने सुविधा नहुँदा किसान मर्कामा परेका छन । भण्डारणको सुविधा नहुँदा यहाँका किसानले बारीबाटै आलु बेच्ने गरेका छन् । विशेषगरी ताराखोला र ढोरपाटनका किसानले भण्डारण गर्न आलु सस्तोमै बिक्री गर्नुपरिरहेको छ । “आलु पर्याप्त मात्रामा फल्छ, तर […]

त्रिवेणी श्रम सहकारीले बेसारको चाना जर्मन पठाउने

रुकुम। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा रहेको त्रिवेणी श्रम सहकारी संस्थाले रुकुम पश्चिममा उत्पादित बेसार जर्मन पठाउने तयारी गरेको छ । पालिकामा प्रशोधन केन्द्र स्थापना गरेको सहकारीले जिल्लामा उत्पादित बेसार विदेश पठाउने योजना बनाएको हो । “हामीले उत्पादन गरेको बेसारको चाना परीक्षणका लागि जर्मन पठाएको थियौँ । गुणस्तर राम्रो भएको भन्ने रिपोर्ट आएको छ । अब […]

खेतमै सुक्यो धान, चिन्तामा किसान

बेदकोट। कञ्चनपुरको पुनर्वास नगरपालिका–५ उद्रीका देव बोगटीले १० कट्ठा जमिनमा धानखेती गरेका थिए । अहिले खेती पूरै सखाप भएको छ । धानका बाटो सुकेका छन् । केही बोट रातो–पहेँलो भएका छन् । साउनमा दोदा नदीको बाढी खेतमा पसेपछि धानबाली सुक्दै गएको बोगटी बताउछन् । “बाढीपछि एकाएक धान सुक्न थाल्यो, विषादी छर्कियौँ तर सुधार भएन”, उनले […]

रुकुम पश्चिमका किसानलाई बजारकै चिन्ता

रुकुम पश्चिम। रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१३ काउलेचौरका तुलवीर खत्रीको दिनचर्या खेतीपातीमै बित्छ । विहान ३ बजे उठेर डोकोभरी तरकारी बोकी सदरमुकाम खलङ्गासम्म पुगेर बिक्री गर्नु उनको बाध्यता हो । बारीमा उत्पादित तरकारी बिक्रीका लागि उनले हरेक दिन दुई घण्टा हिँड्नुपर्ने बाध्यता छ । जिल्लामा तरकारी भण्डारणका लागि चिस्यान केन्द्रको अभाव र मूल्य निर्धारण नहुँदा उनी […]

व्यावसायिक कागती खेतीबाट राम्रो आम्दानी

घोराही। तुलसीपुर उपमहानगरपालिका–३ भट्टे निवासी कर्णबहादुर वली विगत चार वर्षदेखि व्यावसायिक कागती खेतीमा लागेका छन् । सरकारी जागिरबाट पेन्सन भएपछि बचेको समय कृषि पेसामा लाग्नुभएका वलीले करिब पाँच कट्ठा जमिनमा कागती खेती गर्दै आएका हुन् । व्यावसायिक तरकारी खेतीसँगै कागती खेतीमा लागेका वलीले आम्दानीसमेत लिन थालेको बताए । पहिलो वर्ष करिब दुई क्विन्टल कागती बिक्री […]

तरकारी खेतीबाट २५ लाख बढी आम्दानी

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका-११ भुजेलाका वीरबहादुर खड्काले व्यावसायिकरुपमा तरकारी खेती गरेर वार्षिकरुपमा २५ लाख बढी आम्दानी गर्दै आएका छन् । डेढ दशकदेखि तरकारी खेतीमा संलग्न खड्काले दुई बिघा १० कट्ठा जग्गामा खेती गर्दै आएका हुन् । दश कठ्ठा मात्रै आफ्नो जग्गा भएका बताउँदै उनले दुई बिघा तरकारी खेतीका लागि भाडामा लिएको जानकारी दिए । उनका […]

खरायो पालनले सिर्जना गरेको रोजगारी

कर्णाली। एक दशकअघि कर्णालीका नागरिकलाई कालापहाड (भारत) बाहेक खाडी मुलुक भन्ने थाहै थिएन । मजदूरीका लागि उनीहरु छ महिना कालापहाडमा जान्थे । विशेष परिस्थितिमा बाहेक छ महिनापछि उनीहरु घरमै फर्कन्थे । केही वर्षयता भने यहाँका युवा खाडी मुलुकमा छिर्न थालेका छन् । पछिल्लो समयमा रोजगारका लागि युवा विदेशिनेक्रम बढ्दै गएको छ । स्वदेशमा रोजगारीका अवसर […]

माछाका भुरामा गण्डकी छैन आत्मनिर्भर

गण्डकी। ह्याचरी फार्मका लागि पूर्वाधार नहुँदा गण्डकी प्रदेश माछाका भुराको उत्पादनमा आत्मनिर्भर बन्न सकेको छैन । मत्स्य अनुसन्धान केन्द्रका अनुसार मागको ५५ प्रतिशत भुरा मात्र प्रदेशभित्र उत्पादन हुन्छ । नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत पोखराको बेगनासमा रहेको सो केन्द्रमा मात्र माछाको ह्याचरी छ । ‘प्रदेशमा अन्यत्र माछाको स्रोत केन्द्र विस्तार हुन सकेन, निजी क्षेत्रबाट पनि ह्याचरीमा […]