तरकारीको मूल्य दोब्बर

काठमाडौं।  हजारौँ लगानी गरेर, महिनौँ पसिना बगाएर तथा खडेरी र वर्षाबाट जोगाएर उत्पादन गरेको तरकारीको मूल्य किसान आफैँले तोक्न पाउँदैनन् । तरकारी बोकेर संकलन केन्द्रमा पुगेपछि मात्र किसानले आफ्नो उत्पादनको मूल्य थाहा पाउँछन् । चित्त नबुझे के गर्ने ? बारीमा कुहिने चिन्ताले किसान लागत मूल्यमा समेत घटेर पनि तरकारी जिम्मा लगाउन बाध्य हुन्छन् । गाउँनजिकको […]

दशैका लागि कर्णालीमा जहाजबाट चामल लैजान शुरु

नेपालगन्ज। चाडपर्वका बेला सर्वसाधारणले भोकमरीको समस्या बेहोर्नु नपरोस् भनेर खाद्य संस्थानले कर्णालीका लागि हवाई मार्गबाट खाद्यान्न ढुवानी सुरु गरेको छ । दसैँ र तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर संस्थानले दुर्गम कर्णालीमा हवाई मार्गबाट खाद्यान्न ढुवानी सुरु गरेको हो । कर्णालीका पाँचवटै जिल्लामा खाद्यान्न ढुवानी भइरहेको जनाउँदैै हुम्ला, डोल्पा र मुगु जिल्लामा हवाई मार्गबाट ढुवानी भइरहेको नेपालगञ्जस्थित […]

चिया मजदुर ज्याला बृद्धि नहुँदा पलायन हुन बाध्य

इलाम। महंगी र समय सापेक्ष ज्याला बृद्धि नहुँदा इलाम र झापाको चिया बगानमा कार्यरत मजदुर पलायन हुन थालेका छन्। व्यवस्थापन पक्षबाट उचित ज्याला र सेवा सुविधा नपाएपछि मजदुर पलायन भएका हुन्। तोकिएको ज्याला नपाएपछि इलामका चार चिया बगान र कारखानाबाट मात्रै ४ सय ४६ मजदुर विस्थापित भएका छन्। सरकारी स्वामित्वमा रहेका यी चिया बगान र […]

सुर्खेतमा खाद्य संस्थानले ल्यायो सहुलियत मूल्यको चामल

सुर्खेत । नेपाल खाद्य संस्थानले उपभोक्ताको मागलाई दृष्टिगत गरी पहिलोपटक काठमाडौंपछि सुर्खेतमा सहुलियत मूल्य चामल ल्याएको हो । सुर्खेती जनताको माग आएपछि सहुलियत मूल्यको चामल विक्री शुरू गरिएको संस्थानले जानकारी दिएको छ । दशैं, तिहार, छठजस्ता पर्वलक्षित सहुलियत दरको सुपथ मूल्य पसलबाट यहाँका उपभोक्तालाई केही राहत पुग्ने संस्थानका सुर्खेत प्रमुख भीम थापाले बताए । आमउपभोक्ताको […]

हात्ती आतङ्कले किसान चिन्तित

कञ्चनपुर । विगत केही सातायता कञ्चनपुरमा जङ्गली हात्तीले आतङ्क नै मच्चाएको छ । यहाँको पुनर्बास, त्रिभुवनबस्ती, शङ्करपुरका साथै झलारी, दैजी, हात्तीथला, दोधारा चादँनी, भीमदत्तनगरपालिकाको वडा नं १३, १४, १८ र १९ लगायतमा हात्ती सधैँ गाउँ पसेर धानबाली र उखुखेतीमा व्यापाक क्षति पु¥याइरहेको जिल्ला वन कार्यालय कञ्चनपुरले जनाएको छ । “चौतर्फी हात्ती आतङ्क हुँदा समस्या भयो […]

चेपाङ समुदायबाट दसैँको लागि डेढ करोडको खसीबोका उत्पादन

चितवन। चितवनको पहाडी गाविस सिद्धिका चेपाङ समुदायले दसैँलाई लक्षित गरेर डेढ करोडको खसीबोका उत्पादन गरेका छन् ।सिद्धि गाविसका ६४८ घरधुरीले दसैँका लागि मात्र डेढ करोड मूल्य बराबरको खसीबोका उत्पादन गरेका हुन् । दसैंका लागि भनेर चेपाङ समुदायले १ हजार ५०० खसीबोका उत्पादन गरी बिक्रीको लागि तयारी अवस्थामा राखेका छन् । हेफर इन्टरनेशनल नेपालको सहयोगमा व्यावसायिक […]

लमजुङमा अलैँची खेतीप्रति किसानको आकर्षण

लमजुङ। पछिल्लो समय लमजुङमा अलैँची खेतीप्रति किसानको आकर्षण बढेको छ । थोरै लगानीमै मनग्य आम्दानी गर्न सकिने भएकाले किसानको आकर्षण बढ्न थालेको हो । ‘लमजुङको अलैँची गुणस्तरका हिसाबले एक नम्बरकै हो’, अलैँची उत्पादनका क्षेत्रमा लामो अनुभव बटुल्नुभएका नारायण ढकालले भन्नुभयो ।उहाँका अनुसार लमजुङ अलैँची उतपादनको दृष्टिले उदाउँदो जिल्लाको रुपमा कहलिएको छ । झण्डै ८ सयदेखि […]

धनकुटा मासुमा आत्मनिर्भर

धनकुटा । धनकुटा मासुजन्य उत्पादनमा आत्मनिर्भर बनेको जिल्ला पशुसेवा कार्यालयले बताएको छ । धनकुटालाई बार्षिक २ हजार २ सय ९० मेट्रिक टन मासु आवश्यक पर्ने गरेको छ । हाल बार्षिक ३ हजार ३४ मेट्रिकटन मासु उत्पादन हुन थालेपछि धनकुटा मासुमा आत्मनिर्भर भएको कार्यालयका डाक्टर जीवन कुमार सिंहले बताए । उनले भने ‘जिल्लामा व्यवसायिक पशुपालक कृषकको […]

मासुमा परनिर्भरता, यो वर्ष मात्र ३ अर्बभन्दा बढीको आयात

काठमाडौं । यस वर्ष नेपालमा तीन अर्ब तीन करोड ९० लाख ८७ हजार रुपैयाँ बराबरको राँगा, भैँसी, खसीबोका र बाख्रा आयात भएको छ ।भन्सार विभागले (आव ०७२/७३) मा प्रकाशित गरेको वैदेशिक व्यापार तथ्याङ्क पुस्तकमा विश्वका दुई देश भारत र अस्ट्रेलियाबाट उक्त चौपाय मासुका लागि आयात भएको उल्लेख छ । भारतबाट राँगा र भैँसी दुई लाख […]

निमपत्ता प्रयोग गर्नुहुन्छ ? यसको फलका नसोचेका दश फाइदा

निमको पात अर्थात ‘निमपत्ता’बाट मिल्ने लाभ र यसको प्रयोगबारे त प्राय: हामी जानकार छौँ । निमपत्ताको उपयोग विभिन्न प्रकारका औषधिको रुपमा गरिन्छ । तर, के तपाइँलाई निमको फलबाट हुने फाइदाबारे जानकारी छ ? हामीले पातमात्रै प्रयोग गर्दै आएपनि निमको फल अझै बहुउपयोगी हुन्छ । १. आँखा र कानका लागि निमको फलको प्रयोग आँखा र कानमा […]