अदुवा निर्यात गर्न नपाउँदा किसान चिन्तित
पाल्पा। भारतमा अदुवाको उत्पादन बढ्न थालेपछि पाल्पाका किसानको अदुवा बिक्री नहुँदा उनीहरु चिन्तामा परेका छन्। भारतीय बजारलाई लक्षित गरी अदुवा उत्पादन गर्दै आएका यहाँका किसान यसवर्ष अदुवा बिक्री गर्न नसकिएको बताउँछन्। गोठादीका किसान तेजबहादुर सारुले सात रोपनी क्षेत्रफलमा लगाएको अदुवा बिक्री गर्न नपाउँदा चिन्ता व्यक्त गर्छन्। गतवर्ष भारतीय नाकाबन्दीले सात लाख भन्दा बढी नोक्सानी ब्यहोरेका […]





