झापा। जिल्लामा मागको तुलनामा खसिको उत्पादन कम भएपछि पूर्वी पहाडी जिल्लाबाट समेत त्यहाँका ब्यापारिहरूले खसिबोका बेच्नलाई ल्याउन थालेको पाईएको छ । झापाका प्रमुख हाटबजारमा पहाडका खसिबोका र भेडा समेत देखिन थालेकाछन् । बिगत बर्षमा भन्दा यो बर्ष खसिबोकामा २५ प्रतिशतसम्म मूल्य बृद्धि भएको र ब्यापार समेत बढेको ब्यापारीहरू बताउछन् ।
झापाको दमकमा पुर्वी पहाडि जिल्ला इलाम, पाँचथर, तेह्थुम र ताप्लेजुङबाट समेत खसिबोका दमक आएको ब्यापारी रामजन राइले बताउनुभयो । बिगतका बर्षहरूमा भन्दा दोब्बर संख्यामा पहाडबाट खसिबोकाहरू आएको उहाँको भनाई रहेको छ । दशैंको नवमी अर्थात टकिाको अघिल्लो दिनसम्म खसिबोकाको अधिक माग रहने र त्यसपछि घट्ने गरेको छ ।
पहाडबाट ल्याइएका खसिबोका र भेडा गमीका कारण बिरामी पर्ने गरेको समेत बताइन्छ । झापा जिल्लाका प्रमुख पशुहाट बजार लाग्ने दामुना, धुलावारी, झापासंग जोडिएको मोरङको मधुमल्ला लगायत ठाँउहरुमा बढि खसिबोकाको कारोबार हुने गरेको ब्यवसायिहरु बताउछन् । खसिबोकाको मूल्य बृद्धि भएपछि मासु ब्यवसायिहरुले समेत आफूखुुसि मासुको मूल्यमा ५० रुपियासम्म मूल्य बृद्धि गरेको बताइन्छ ।