महिला व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित

बैतडी । गुरुखोला गाविस–८ सतबाँझका महिला व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् । तरकारीबाट फाइदा हुने भएकाले उनीहरु महिला कृषक समूह गठन गरेर व्यावसायिक तरकारी खेतीमा लागेका छन् । परम्परागत रुपमा लगाइने धान, मकै, गहुँलगायत बालीबाट खासै उत्पादन लिन नसकेपछि उनीहरु तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आएका महिलाले अहिले […]

मुस्ताङमा चार हजार मेट्रिक टन स्याउ उत्पादन

मुस्ताङ।जिल्लामा यस वर्ष चार हजार ४०० मेट्रिक टन स्याउ उत्पादन भएको छ । गत वर्षभन्दा यस वर्ष ४०० मेट्रिक टन कम स्याउ फलेको छ । सबैभन्दा बढी स्याउ उत्पादन मार्फा र जोमसोममा भएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत तप्तबहादुर गुरुङले जानकारी दिनुभयो । लामो समयसम्म खडेरी पर्नु, जिजिनामथ किराको सङ्क्रमण, स्याउको फूल फुल्ने बेला […]

डिडिसि को दुध पाउडरमा किरा भेटिएपछि …

बिराटनगर। बिराटनगरस्थित विराटनगर दुग्ध वितरण आयोजनामा दुध बनाउन प्रयोग गरिने दुध पाउडरमा किरा भेटिएको छ । बाणिज्य कार्यालयको नेतृत्वमा गएको अनुगमन टोलिले अनुगमन गर्दा पाउडरमा किरा भेटिएको हो । अनुगमन टोलिले दुग्ध विकास संस्थानको प्रयोगशाला,भण्डारकक्ष र उत्पादनकक्षको अनुगमन गरेको थियो । पाउडरमा किरा भेटिएसंगै गोदाम र उत्पादनकक्षमा लापर्बाही गरेको भन्दै संबन्धित कर्मचारीलाई कारवाही गर्न संस्थानलाई […]

सुर्खेतमा खसीबोकाबाट वार्षिक ३० करोडभन्दा बढी कमाइ

सुर्खेत । सुर्खेत जिल्लाले खसीबोका निर्यात गरी वार्षिक ३० करोडभन्दा बढी आम्दानी गरेको छ । गतआवमा सुर्खेतबाट ३० हजारदेखि ३५ हजार खसीबोका निर्यात भएका थिए । सुर्खेतलगायत यस क्षेत्रका खसीबोका प्रायः पोखरा र काठमाडौं निर्यात हुने गर्दछ । जिल्ला पशु सेवा कार्यालय सुर्खेतका अनुसार गत आर्थिक वर्षमा खसीबोकाबाट मात्रै ३० करोड बढी आम्दानी गर्न सफल […]

दसैँको मुखमा पूर्वी पहाडी जिल्लामा खाद्यान्न अभाव

पाँचथर। नेपालीहरुको महान् पर्व दसैँ तिहार नजिकिँदै जाँदा पूर्वी पहाडी जिल्ला पाँचथरको अधिकांश सडक अवरुद्ध हुँदा ग्रामीण भेगमा खाद्यान्न अभाव हुन थालेको छ ।वर्षादका कारण ठाउँ ठाउँमा पहिरो झरेको हुँदा सदरमुकामलगायत झापाका विभिन्न सहर बजारबाट खाद्यान्नलगायत दैनिक उपभोग्य सामान ढुवानी गर्न नसक्दा ग्रामीण भेगमा खाद्यान्न अभाव हुन थालेको हो । जिल्लाको दुर्गम र उत्तर पूर्वी […]

बागलुङमा टिमुरको व्यवसायिक खेती सुरु

बागलुङ। व्यवसायिक रुपमा बागलुङमा टिमुर खेती सुरु गरिएको छ । औषधी र मसलाकोे रुपमा प्रयोग हुन थालेपछि बागलुङमा यसको व्यवसायिक खेती थालिएको हो । विगतको समयमा बनजङगलमा प्रशस्त पाइने टिमुर अहिले किसानहरू व्यवसायिक खेतबारीमा लगाउने गरेका छन । समुद्री सतह देखि १ हजार देखि २५ मिटर उचाई भित्रकामा यो फल्ने गर्दछ । टिमुर फुड प्वाईजन, […]

गैडाकोटका दुई किसानको मात्र वार्षिक दूध कारोवार ९० लाख

नवलपरासी। दूध उत्पादनमा देश कै अग्रहणी स्थान बनाएर नेपालको न्यूजिल्यान्डको नामले परिचय बनाएको नवलपरासी गैडाकोटका दुई किसानको मात्र दूधको कारोबार वार्षिक ९० लाख भन्दा माथि रहेको छ ।नवलपरासी गैडाकोट नगरपालिका वार्ड नम्बर १० मा रहेको संतोष गाई फारम र कंडेल गाई फारमबाट मात्र वर्षमा ९० लाख रुपिया भन्दा बढिको दूध जन्य कारोबार हुने गरेको संतोष […]

कृषि उपज बजारसम्म लैजान ढुवानीको समस्या

पर्वत। उत्तरी पर्वतमा उत्पादित कृषि उपज बजारसम्म पु¥याउन ढुवानीको समस्या भएको छ । गाउँमा सडक पुगे तापनि स्तरोन्नति हुन नसक्दा त्यहाँको स्थानीय उत्पादन समयमै बजार पु¥याउन नसकिएको हो । लेखफाँट र शालिजा क्षेत्रका कृषकले गाउँगाउँमा मोटर बाटो पुगे पनि सास्ती बेहोर्नुपरेको बताएका छन् । पर्वतको दुर्गम गाविस मानिने यी दुई गाविसमा मोटर बाटो पुगे पनि […]

किसानसंग अन्तरक्रिया गर्न सांसदहरु रोल्पामा

रोल्पा । नयाँ संविधानअनुसार कृषि नीति तयार गर्न तथा कृषिसम्बन्धी ऐननियम संशोधन गर्नुपूर्व किसानको रायसुझाव लिने उद्देश्यले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत विकास समितिको एक टोलीले रोल्पाको लिवाङमा किसानसँग मंगलबार एक अन्तरक्रिया कार्यक्रम गरेको छ । व्यवस्थापिका–संसद् सदस्य रामेश्वर ढुङ्गेलको नेतृत्वमा सांसद तारामान गुरुङ, पुनाराम थापा र शारदाकुमारी विश्वकर्मा सम्मिलित टोलीले यहाँका किसान, राजनीतिक दल, सरकारी […]

डिस्टिलरीबाट निस्कने फोहोरका कारण तरकारी खेतीमा क्षति

नेपालगन्ज। बसुदेवपुरमा सञ्चालित भेरी डिस्टिलरीबाट निस्कने फोहोर, कालो खरानी र धूवाँले गर्दा वरिपरिका किसानले लगाएको खेतीबालीमा क्षति पुगेको छ । डिस्टिलरीबाट उडेर आउने कालो खरानी, धूवाँ र फोहोरले किसानले लगाएको तरकारी खेतीमा बर्सेनि नोक्सानी पु¥याउँदै आएको छ । डिस्टिलरीबाट निस्केको फोहोर तथा धूवाँ ३ किलोमिटर वरपरसम्म पुग्ने भएकाले आजित भइसकेको किसानहरू बताउँछन् । बसुदेवपुर जानकीटोलका […]