नेपालगन्ज। बसुदेवपुरमा सञ्चालित भेरी डिस्टिलरीबाट निस्कने फोहोर, कालो खरानी र धूवाँले गर्दा वरिपरिका किसानले लगाएको खेतीबालीमा क्षति पुगेको छ । डिस्टिलरीबाट उडेर आउने कालो खरानी, धूवाँ र फोहोरले किसानले लगाएको तरकारी खेतीमा बर्सेनि नोक्सानी पु¥याउँदै आएको छ ।
डिस्टिलरीबाट निस्केको फोहोर तथा धूवाँ ३ किलोमिटर वरपरसम्म पुग्ने भएकाले आजित भइसकेको किसानहरू बताउँछन् । बसुदेवपुर जानकीटोलका किसानहरू सबैभन्दा बढी मारमा छन् ।जानकीटोलमा रहेको राधाकृष्ण कृषि सहकारी संस्थाका अध्यक्ष गोपी यादवका अनुसार टमाटर, गोबी, साग, भिन्डी, लौका, फर्सीलगायतका तरकारीमा बढी नोक्सान पुगेको छ ।
तरकारी खेतीबाट मनग्य आम्दानी गरी घर खर्च जुटाउने गरेका उनी डिस्टिलरीका कारण बर्सेनि तरकारी खेतीमा नोक्सानी पुग्न थालेपछि चिन्तित बनेका छन् । जानकी टोलका अर्का किसान हर्कबहादुर खत्रीले गत वर्ष हिउँदमा लगाएको तरकारी डिस्टिलरीका कारण नोक्सान भएको बताए ।“डिस्टिलरीबाट उडेर आउने कालो खरानीले तरकारीमा दाग बस्छ अनि कसैले खरिद नगरिदिँदा पशुलाई खुवाउन बाध्य भएका छौं ।” कालो धूवाँ र खरानीका कारण कतिपय किसानहरूको आँखामा समेत समस्या देखिएको छ । आँखामा समस्या देखिएपछि दुई किसानले अप्रेसनसमेत गराएका छन् ।सोही स्थानका अर्का स्थानीय मनोज गुरुङले यसबारे पटक–पटक सरकारी निकायको ध्यान अकार्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको बताए । उनले गाउँलेहरूमा दिनदिनै आक्रोश बढ्दै गएको जनाउँदै अवस्था यस्तै रहने हो भने ठूलो दुर्घटना हुुनसक्ने चेतावनी दिए ।