नेपाली चियाको निर्यातमा सुधार

काठमाडौं । सरकारले नेपाली उत्पादनको प्रवर्द्धनका लागि निर्यातमा नगद प्रोत्साहनको कार्यक्रम सञ्चालन गरेसँगै नेपाली चियाको निर्यातमा सुधार देखिएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्याङ्कअनुसार आर्थिक वर्ष (आव) २०७२/७३ मा चिया निर्यात करीब २० प्रतिशतले वृद्धि भएको छ । आव २०७१/७२ मा रू. २ अर्ब १ करोडको चिया निर्यात भएकोमा आव २०७२/७३ मा रू. […]

आलु खेतीको उन्नत प्रविधि

 ©शंकरप्रसाद नेपाल केही वर्षअघिसम्म आलुको खेती केवल घर खर्च र केही बचत हुने जस्तो भएमा बिक्री गर्ने उद्देश्यले मात्र खेती गर्ने गरिन्थ्यो । त्यस समयमा आलुको मूल्य पनि त्यति धेरै थिएन केवल प्रति केजी ३÷४ रुपिया“ मात्र थियो । तर ८÷१० वर्षयता आइपुग्दा आलुको माग यति बढ्दै गयो कि मूल्य पनि प्रति केजी ६०।– रुपिया“सम्म […]

“बंगुर , बाख्रापालन अनि तरकारी खेतीले नयाँ संभावना देखायो “

रामेछाप । रामेछाप जुनार र तरकारी उत्पादनको पकेट क्षेत्र भनेर चिनिन्छ । तर हरिबहादुरतामाङले सुरु गरेको बंगुर र बाख्रा पालन अनि तरकारी खेतीले नयाँ संभावना देखाएको छ । गाउँमा खेतीपाती गर्ने सबैलाई उत्पादन गरेका बस्तुको बजार खोज्न निक्कै धौ धौ पर्छ तर रामेछापको ओखे्रनीका हरिबहादुरलाई कुनै समस्या छैन । उहाँले बंगुर पाल्नुभएको छ । उहाँलाई […]

खरायोपालनबाट राम्रो आम्दानी

जुम्ला। खरायो पालनबाट जुम्लाका बासिन्दाले राम्रो आम्दानी लिन थालेका छन् । खरायोको ऊनबाट बनेको टोपीले जुम्लामा स्वरोजार हुनेको संख्या बढ्दै गएको छ । खरायोको ऊनबाट गुणस्तर टोपीहरु बन्ने र बजार राम्रो भएकाले धैरैका लागि खरायोको व्यवसाय उत्तम देखिएको हो । यसरी खरायो पालन गरेर राम्रो आम्दानी लिन सफलमध्ये एक हुनुहुन्छ, चन्दननाथ नगरपालिका–१० का रतनबहादुर बुढा […]

जिल्ला कृषि विकास कार्यालय चितवनमा नयाँ प्रमुख

चितवन। जिल्ला कृषि कार्यालय चितवनमा वरिष्ठ कृषि विकास अधिकृतमा सुधिर श्रेष्ठ आउनु भएको छ ।हालका वरिष्ठ कृषि विकास अधिकृत सोमनाथ घिमिरेले दुई वर्ष कार्यकाल पुरा भई सरुवा भएपछि श्रेष्ठ कार्यालयका प्रमुखका रुपमा चितवन आउनु भएको हो । कफि विकास कार्यालय किर्तिपुरबाट सुरुवा श्रेष्ठ चितवन आएका हुन् भने घिमिरे भक्तपुर को एक फार्म केन्द्रमा सुरुवा हुनु […]

घुम्टोभित्रका महिलाले गरे खेतीपातीबाट आम्दानी

महोत्तरी। घुम्टोमा बसी अरुको सहारामा बस्ने मधेसी समुदायका महिलाका सामु महोत्तरी लक्ष्मीनियाँका महिलाले खेतीपातीबाट मनग्य आम्दानी गरी उदाहरणीय काम प्रस्तुत गरेका छन् । लक्ष्मीनियाँ ७ र ९ नम्बर वडाका दर्जनौँ महिला ‘हिमजुली तरकारी समिति’ नामक समूहमा आबद्ध भई प्रतिमहिना हजाराैँ रुपैयाँँ आम्दानी गर्न सफल भएका हुन् । महोत्तरीको पश्चिमी भेगमा अवस्थित लक्ष्मीनियाँ गाविस ७ र […]

राजनीतिसँगै कुखुरापालनमा

लमजुङ। लमजुङका कांग्रेस नेता द्धारिका मिश्र राजनीतिसगै कुखुरापालनमा लाग्नु भएको छ ।उहाँले कुखुरा पालन मात्र हैन, घरमै किराना पसलसमेत चलाउनुभएको छ । पसल श्रीमती शिवकुमारी पोख्रेलको जिम्मामा छ । ‘किराना पसल पनि राम्रो चलेको छ’ मिश्रले भन्नुभयो । सबेरै उठ्नु हुन्छ अनि शिवकुमारीलाई पसलको सामान व्यवस्थापनमा सघाउनुहुन्छ । आफू चाँही मोटरसाइकलमा कुखुरा फार्मतिर लाग्नुहुन्छ । […]

तीन महिनामा ६५ करोडका खसी–बोका भित्रिए

नेपालगन्ज। भारतबाट रुपैडिया नाका हुँदै तीन महिनाभित्र ५० हजारभन्दा बढी खसी–बोका नेपाल भित्रिएको पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जले जनाएको छ । गत साउनयता मुस्लिमहरूको पर्व बकर इद र दसैंलाई लक्षित गरेर ठूलो संख्यामा खसी–बोका नेपाल भित्र्याइएका हुन् । पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जका प्रमुख शंकर पाण्डेले दसैंका बेला एक साताभित्रै ५ हजारभन्दा बढी खसी–बोका भित्रिएको बताए । […]

केरा उत्पादक कृषकद्वारा भन्सार कार्यालयको गेटमै विरोध

कञ्चनपुर । कञ्चनपुर र कैलाली जिल्लाका केरा उत्पादक कृषकले गड्डा चौकी भन्सार कार्यालयको गेटमै केरा तेस्र्याएर विरोध जनाएका छन् । दुवै जिल्लाका केरा कृषकले प्रयोगशालामा परीक्षण नगरीकनै विषादी राखिएको केरा भारतबाट भित्र्याउने कार्यको विरोध गरेका हुन् । “विश्व व्यापार सङ्गठनको मापदण्ड मिचेर विषादी राखेर पकाइएको भारतीय केरा भित्र्याउने कार्यको विरोध गरेका हौँ” कैलालीका केरा व्यवसायी […]

रुद्राक्षको माग बढ्दो

म्याग्दी। हिन्दूहरुको धार्मिक आस्थाका रुपमा रहेको रुद्राक्षले अलौकिक शक्ति प्रदान गर्नुका साथै आयुर्वेदिक औषधिमा पनि उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने थाहा पाएपछि यसको माग बढ्दै जान थालेको छ । धार्मिक अवसरमा रुद्राक्षको माला धारण गर्ने, जपतप आदि गर्दा पनि रुद्राक्षको धारण गर्ने प्रचलन रहेको छ तर, औषधिका रुपमा पनि यसको प्रयोग हुन्छ भन्ने विषयमा अधिकांश मानिस […]