राजधानीमा शुक्रबारदेखि खाद्य मेला सञ्चालन हुने

काठमाडौं। राजधानीस्थित भृकुटीमण्डपको बगैंचामा चैत ९,१० र ११ गते तेस्रो खाद्य मेला–२०४ हुने भएको छ । स्थानीय र अल्प प्रचलनमा रहेका पोषिला परिकारहरुको प्रचार प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघको संयुक्त आयोजनामा मेला सञ्चालन हुन लागेको हो । ‘परम्परागत पोषिला र स्थानीय खाद्य […]

जंगली जनावरका कारण खेतबारी बाझै

अछाम। जंगली जनाबरले खेतबारीमा लगाएको अन्नबाली र तरकारी बाली खाएर नष्ट गर्न थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् । समयमै पानी नपर्नाले र सिँचाइको सुविधा नहुँदा बाँझै रहेका जग्गा पछिल्लो समय जेनतेन गरी खेतबारीमा लगाएको अन्न र तरकारी बाली जंगली जनावर बाँदर र बँदेलले नष्ट गर्न थालेपछि कतिपय किसानहरुले खेती गर्न छोडेका छन् । जंगली जनावरका कारण […]

कृषि उपज भण्डारणको रसिद धितो राखी प्रभूले किसानलाई ऋण दिने

बाँके।  बाँकेको कोहलपुर क्षेत्रमा संचालनमा रहेको भेरी शीत भण्डार सहकारी संस्था लिमीटेडमा आबद्ध कृषकलाई कृषि उपज भण्डारण गरेको रसिद धितोमा राखी कृषि भण्डारण कर्जा प्रदान गर्न थालिएको छ । प्रभु बैंक लिमिटेडको कोहलपुर शाखा, भेरी शीत भण्डार सहकारी संस्था लिमीटेड र यु.के.एड सक्षमको सहकार्यमा कृषि भण्डारण कर्जा प्रवाहको एक समारोहका बीच  उद्घाटन गरिएको छ । […]

चुनावमा लागेको ऋण तिर्न तरकारी व्यापार

दाङ। लमही नगरपालकिा वडा नम्बर ५ निपासी ३६ बर्षीय कालुराम चौधरी नेकपा माओवादी केन्द्रवाट लमही नगरपालिकामा स्थानीय तहको निर्वाचनमा उप मेयर पदका उम्मेदवार हुन् । तर आज उनी लमही बजारमा तरकारी डुलाएर बेच्दै गरेको भेटिन्छन् । जान्न खोज्दा उनले सहज उत्तर दिन्छन् ‘ चुनावमा लागेको ऋण तिर्न तरकारी बेच्नुको विकल्प रहेन ।’ लमही बजारको पुरानो […]

कुखुरापालनको लागि सोत्तर ब्यवस्थापन

खोरको भुईमा छोडेर कुखुरापालन गर्ने प्रणाली (Dip Litter System) मा भुईमा राखिने सोत्तर र सोत्तर ब्यवस्थापनको ठुलो महत्व हुन्छ । सोत्तर भन्नाले कुखुराको खुट्टाले सिधै खोरको भुईमा नटेकोस् भन्नको लागि खोरको भुईमा राखिने भुष, काठको धुलो, पराल आदि भन्ने बुझिन्छ । नेपालको सन्दर्भमा सजिलोसँग उपलब्ध हुने कारणले गर्दा सोत्तरको रुपमा धानको भुष प्रयोग गर्ने चलन व्यापक […]

व्यावसायिक बन्दै फूल खेती

काठमाडौं । महोत्तरी जिल्लामा पछिल्ला केही वर्षयता फूलखेतीले व्यावसायिक रुप लिन थालेकोे छ । पछिल्ला केही वर्षयता बजारमा फूलको माग बढ्दै गएपछि यहाँका किसानले फूलको व्यवसायिक रुपमै खेती गर्न थालेका हुन् । फूल घर वरिपरि सजावटका लागिमात्र लगाइने गरेकामा अहिले यहाँका महिलाले व्यावसायिक रुप दिन थालेका छन् । दुई वर्षअघि करेसा वरिपरिको फूलबाटै राम्रो आम्दानी […]

सुन्तला नर्सरी निर्माणको अनुदान तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं। कृषि विकास मन्त्रालय फलफूल विकास निर्देशनालयले सुन्तला नर्सरी निर्माणका लागि वितरण गर्न लागिएको अनुदान तत्काल रोक्न सर्वोच्च अदालतले अन्तरिक आदेश दिएको छ । सुन्तला नर्सरी निर्माण गर्नका लागि गोरखा तथा लमजुङ्ग जिल्लामा दिन लागिएको अनुदान प्रक्रिया गलत रहेको फिल्ड अनुगमन नै नगरी कमिशनका कारण प्रस्ताव स्वीकृत गरिको र सो अनुदानलाई प्रक्रियागत ढंगले निष्पक्ष रुपमा […]

पेपिनोमेलोन फलको खेती अब नेपालमै !

बारीदेखि कौशीसम्म,प्लटदेखि गमलासम्म जहाँ लगाएपनि हुने एउटा बहुमूल्य फल जसको खेती वा घरायसी प्रायोजको लागि तपाई लगाउन सक्नुहुन्छ। पेरुको स्थायिन प्रजातिको ‘पेपिनोमेलोन’ फलको खेती अब नेपालमा पनि गर्न सकिने भएको छ। समुन्द्रसतहदेखि १२ सय मिटरमाथिमात्र गर्न सकिने यसको खेती गर्न बिरुवा नेपालमा नै उपलब्ध भइरहेको छ। स्वस्थबर्धक मानिने यो फलको विशेषता भनेकै लगाउनको लागि ठुलो,फराकिलो […]

खेतीयोग्य जमीन बाँझो राख्न नपाइने

पोखरा। प्रदेश नं ४ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले सुक्खा जमिनमा सिँचाइको व्यवस्था गर्दै कृषिमा प्रदेशलाई आत्मनिर्भर बनाइने बताउनुभएको छ । प्रदेश र नेपाल सरकारअन्तर्गतका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र विश्व खाद्य कार्यक्रमद्वारा यहाँ आज आयोजित ‘संघीय संरचनामा नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली (नेक्साप)’ विषयको अन्तक्र्रियामा उहाँले गाउँ तथा शहरका […]

पाँचथरमा चौँरी महोत्सव हुने

पाँचथर। दुर्लभ बन्दै गएको चौँरीपालन व्यवसाय प्रवद्र्धनका लागि पाँचथरको सीमावर्ती फालेलुङ गाउँपालिकाको प्राङवुङमा चौरी महोत्सव हुने भएको छ । जिल्लाको साविक प्राङवुङ, सिदिन र मेमेङ गाविसका चौरी पालक कृषकको अगुवाइमा वैशाख १ गतेबाट महोत्सव आयोजना गरिने मूल आयोजक समितिका अध्यक्ष डिल्लीअन्जुम केरुङले जानकारी दिनुभयो । चौँरी महोत्सवमा नेपाल भारत र भूटानबाट समेत गरी ५०० भन्दा […]