बिरुवा उत्पादनले बदलिएको पहिचान

रामपुर। पाल्पाको रामपुर नगरपालिका–६ स्थित प्याक्लुकका शिवप्रसाद बस्यालको दैनिकी तरकारीका बिरुवा उत्पादन र बिक्रीमै बितिरहेको छ । बिगत एक दशकदेखि यस व्यवसायमा आबद्ध रहनुभएका बस्यालले समयानुकूल विभिन्न जातका तरकारीका बिरुवा उत्पादन गरिरहनुभएको छ । उहाँको नर्सरीमा यतिबेला काउली, बन्दालगायतका बिरुवा बिक्री भइरहेका छन् । बेमौसमीयामलाई मध्यनजर गर्दै बिरुवा उत्पादन गर्ने बस्यालले यस व्यवसायबाट नाम र […]

विद्यार्थीको फूलखेतीले जिल्ला आत्मनिर्भर बन्दै

कटारी। उदयपुर कटारी नगरपालिका–४ स्थित त्रिवेणी माविका विद्यार्थीले सयपत्री फूलखेती गरेका छन् । बर्सेनि तिहारका समयमा हुने फूलको अभावलाई अन्त्य गर्ने उद्देश्यले विद्यार्थीले जिल्लाको दुई स्थानमा सयपत्री फूलखेती गरेका हुन् । कृषि प्राविधिक धारतर्पmका विद्यार्थीले कटारी तथा सदरमुकाम क्षेत्रका लागि विद्यालय परिसर र त्रियुगा नगरपालिकाको बोक्सेमा फूलखेती गरेका हुन् । कटारी क्षेत्रका लागि विद्यार्थीले विद्यालय […]

युट्युवबाट सिकेर च्याउ खेती

गोरखा। गोरखाका एक परिवारले व्यावसायिकरूपमा सिताके च्याउखेती गरेर वार्षिक रू. आठ लाख आम्दानी गर्दै आएका छन् । गोरखा नगरपालिका–५ ठूलोरिपकी सानुमाया थापामगरको परिवारले सात वर्षदेखि व्यवसायिक च्याउखेती गरेर जीविकोपार्जन गरिरहेको छ । “पहिला त आफैँले खानका लागि भनेर सुरु गरेका थियौँ । त्यसैलाई बढाएर अहिले व्यावसायिकरूपमा खेती गरिरहेका छौँ”, सानुमायाले भन्नुभयो, “अहिले यही पेसाबाट पूरै […]

ओझेलमा पर्दै स्थानीय सीप

ढोरपाटन। पछिल्लो समय प्रविधिको विकास भएसँगै चोयाबाट बनेका डाला, डोका, नाङ्लोलगायत सामग्री बिक्न छोडेका छन् । आधुनिक प्रविधिबाट बनेका सामग्रीको प्रयोगका साथै परनिर्भर बन्दा स्थानीय सीप ओझेलमा पर्न थालेका हुन् । “पहिले–पहिले गाईभैँसी, भेडाबाख्रा चराउन जङ्गल जाने, दिनभर निगालोको चोयाबाट डाला, नाङ्ला र डोको बुन्ने गथ्र्यौँ । महिना दिन लगाएर बुनेका डाला नाङ्ला एकै दिनमा […]

तराईबाट २३ हजार लिटर दूध खरिद

मकवानपुर। हेटौँडा दुग्ध वितरण आयोजनाले अहिले दैनिक २३ हजार लिटर दूध तराईबाट सङ्कलन गर्दै आएको छ । सङ्कलितमध्ये आवश्यकता अनुसार काठमाडौँ, विराटनगर र चितवनमा दैनिक १६ हजार पाँच सय लिटर धुलो दूध उत्पादनका लागि पठाउने गरिएको आयोजना कार्यालयले जनाएको छ । साथै दैनिक वीरगन्ज, चितवनको नारायणगढ र हेटौँडाको स्थानीय उपभोक्तालाई करिब छ हजार पाँच सय […]

पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने

ललितपुर। हाल नेपालको पूर्वी तथा मध्यभागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीका कारण हाल देशभर आंशिक बदलीका साथै सामान्यतया मौमस सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमसविद् रोजन लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार कोशी, […]

तनहुँमा आयुर्वेदप्रति बढ्दो आकर्षण एक वर्षमा १९ हजार लाभान्वित

दमौली। तनहुँमा आयुर्वेद सेवातर्फ सर्वसाधारणको आकर्षण बढेको छ । जिल्ला आयुर्वेद कार्यालयले प्रदान गर्ने सेवाका कारण सर्वसाधारणको यसतर्फ आकर्षण बढेको हो । एक वर्षको अवधिमा जिल्ला आयुर्वेद केन्द्रबाट १९ हजार दुई सय १७ जनाले सेवा लिएको वरिष्ठ कविराज शम्भु चापागाईले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्ष केन्द्रबाट १३ हजार चार सय ९९ ले सेवा लिएका […]

भारतबाट हुने निर्यात पूर्ति गर्न चैते धान अभियान चलाउनुपर्छ : मन्त्री भुसाल

ललितपुर। कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले किसानलाई ‘चैते धान अभियान’ चलाउनुपर्ने बताउनुभएको छ । ‘जीवन र खाद्यको आधार हो पानी’ भन्ने नारासहित कृषि विभागले आज यहाँ आयोजना गरेको ४३औँ विश्व खाद्य दिवसमा उहाँले भारतले धान निर्यात बन्द गरेको उल्लेख गर्दै एक लाख हेक्टर जमिनमा चैते धान अभियान चलाउनुपर्ने बताउनुभयो । “भारतले निर्यात गर्ने […]

दैनिक दुई सय लिटर दूध बेच्दै नोमबहादुर

घोराही। घोराही उपमहानगरपालिका–५ धर्नाका नोमबहादुर केसीले दैनिक दुई सय लिटर दूध बेच्नुहुन्छ । उहाँ बिहानै गाउँबाट मोटरसाइकलमा दूधका क्यान झुन्ड्याएर घोराही बजारका विभिन्न ठाउँमा पुगेर दूध बेच्दै आउनुभएको छ । उहाँले विसं २०७१ बाट सुरु गरेको पशुपालन व्यवसायले राम्रो आम्दानी दिएको बताउनुभयो । केसीकोे मालति बहुउद्देश्यीय पशु तथा कृषि फार्म छ । विसं २०७१ अघि […]

वन्यजन्तुबाट अन्नबाली क्षति : किसानलाई राहत प्रदान गर्दै निकुञ्ज

रसुवा। वन्यजन्तुबाट अन्नबालीमा भएको क्षतिको मूल्याङ्कन गर्दै लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवाले किसानलाई राहत दिने भएको छ । यसका लागि निकुञ्जले आवश्यक प्रक्रिया अगाडि बढाएको छ । रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाका भू–भागमा गत महिना जङ्गली बँदेलले मकैबालीलाई नोक्सानी पु¥याएको थियो । स्थलगतरूपमा क्षतिको मूल्याङ्कन गराइ रातह प्रदान गरिने निकुञ्जले जनाएको छ । राहतको लागि […]