प्राङ्गारिक मलको प्रयोग बढाउन मन्त्री चौधरीको जोड
धनुषा। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले धनुषा जिल्लाका किसानको घरदैलोमा पुगेर माटो सुधार तथा प्राङ्गारिक मलको प्रयोग बढाउन आग्रह गर्नुभएको छ। जिल्लाको विभिन्न कृषि गतिविधिको स्थलगत अवलोकन गर्दै उहाँले दिगो कृषि विकासका लागि माटोको स्वास्थ्य सुधारलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। धनुषा भ्रमणका क्रममा मन्त्री चौधरीले लक्ष्मीनियाँ गाउँपालिका–७ स्थित महिला साना किसान कृषि सहकारी […]





