पृष्ठभुमीः अति गर्मी हुने भुभागमा पनि उपयुक्त हुने बढी रोग प्रतिरोधक क्षमता भएको पशुमा बाख्रा प्रजातीलाई मानिन्छ । यिनीहरु जलवायु परिवर्तनको अभाव, दाना आहारामा हुने सहज हुने तथा बातावरण  जहाँ भेडा गाई भैंसी प्रस्टाउन सक्दैनन त्यस्तो अवश्यमा पनि आफुलाई अभयस्त गराइ व्यवस्थापन गर्न सक्छन् । केही गरी एक पटक विरामी परे, बाख्रा प्रजातीको स्वास्थ्यमा प्रतिकुलता आउँछ, अचानक मृत्यु हुन सक्छ । यसैले वाख्रापालकहरुका लागि रोगको अग्रीम रोकथाम गर्नु अति महत्वपूर्ण हुन्छ । स्वास्थ्य बाख्राका बथान बढि उत्पादन हुनुका साथै सजिलै व्यवस्थापन गर्न सकिन्छ ।

बाख्राा  पालकहरुले  रोगको  रोकथामका  लागी  अपनाउने  तरीका  विविधखाले  हुनसक्छन्  निम्न  कारणले गर्दा :-

१.  उत्पादन प्रणाली :- बाँधेर पालेको तुल्नामा खुल्ला चरणमा चराएको वथान । जुन बाख्राका बथानलाई निरन्तररुपमा राम्रो गुणस्तरको घास दाना आहार दिइएको हुन्छ तीनमा रोग लागि विरमी हुने संभावमा क्युन हुन्छ । बाँधेर पालेका वथानका बाख्राहरुमा बढी सम्पर्क हुने हुदा रोगको समस्या चाडै तीक्ष्ण रुप लिन गई वथानमा सर्ने गर्दछन् । यस्तो बेला बाख्रामा रोगको ग्राहयेता कम गर्न यिनमा कोचकोच तथा जुद्याजुद्य वाट हुन सक्ने तनाव न्युनीकरण गर्न सक्नुपर्दछ । सवै बाख्राहरुलाई उमेर तथा लिङ्ग अनुसार दाना पानीका भाँडा तथा वासस्थलको सहज व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

२. पालिएका बाख्राको किसिम :-

उपयोगिता : हामी कहाँ बाख्राको उपयोगिता तीन किसिमको गुण अनुसार बर्गीकरण गरिएको छ मासुको लागि, दुधका लागि तथा दुबै प्रयोजनका लागि मिश्रित प्रजातिको लागि बढी उत्पादनशील चाहे मासु का लागि होस वा दुधका लागि निरन्तर तनाव ग्रसत रहन्छन । त्यस उसले यीनलाई दाना आहार दिदा बढी सर्तकता अपनाउनु पर्ने हुन्छ । तनाव प्रतिघात गर्न तनावका प्रभावित संक्रमण वाट वचाउने पनि ।

उमेर समुह :- साना उमेरका तथा धेरै बुढाखाडाहरु विभिन्न खाले रोग तथा परजीवीहरुबाट ग्रसित हुन्छन तन्नेरी उमेरका भन्दा साधारणतः पहिलो तीन हप्ता र पहिलो चौबिस घण्टा र माउबाट छुटाएको लगत्तैका अवश्य पाडा पाडीहरुका लागि बढि जोखिम, संकटग्रस्त अवश्य मानिन्छ । त्यसैगरी दुध दिन छोडने बेलका कमजोर शारिरिक अवश्यका बाख्रीहरु सुख्खा मौसमको अन्त बर्षायाम शुरु हुने बेला प¥यो भने रोग बाट ग्रसित हुने सम्भावना बढी हुने गर्दछ ।

बाख्राको जात :- केही जातका बाख्राहरुमा विविध खाले रोग व्याधि प्रतिरोध गर्ने क्षमता बढी हुन्छ । यस कारणले यिनीहरु जस्तो सुकै जलवायुमा सजीलै वातावरण संग आफुलाई अभ्यस्त हुन जस्तै बारबेरी, वीटलस, सिरोहि आदि ।

३. मौसमको किसिम बाख्रा पालिने क्षेत्रमा :-

बाख्राहरु जुन हामी कहाँ सुख्खा तथा अर्ध सुख्खा क्षेत्रहरुमा पालिन्छन तातो, ओसाइलो क्षेत्रमा पालिने बाख्राहरु भन्दा सापेक्षित रुपमा रोग प्रतिरोध गर्ने क्षमता बढी भएका हुन्छन यो यस कारणले बढी तापक्रम तथा बढी ओसियाइले गर्दा बाख्रामा बढी तनाव हुने हुँदा तिनीहरु विविधखाले रोगबाट ग्रसित हुन्छन । त्यसै बाख्राहरु गर्मी तथा बर्षायामको मौसममा जाडो मौसममा भन्दा बढी रोग ग्रसित हुने गर्दछन ।

४.  बाख्रा पालक  कृषकले  कति  समय वाखा्को  बथानलाई  हेरचाह गर्न सक्छ ?

जति धेरै समय बाख्रा कृषकले बाख्राको बथानको हेरचाहमा लिप्पता देखाउँछन त्यत्तिनै बाख्राको बथान मा रोगहरुको देखिनेक्रम न्युन हुन्छ ।

सामान्य लक्षणहरु तथा बिरामी बाख्रा छुट्टयाउने सामान्य विधिः

बाख्राको बथानको नियमित अवलोकन गर्नेहो भने बथानका बाख्रामा देखिन सकने व्याधि बेलैमा पहिचान गर्न सकिन्छ बथानमा बाख्र्राको सधै चनाखो हुन्छ । जुन बाख्रा बथानबाट छुट्टीएर घोसे मुन्छो लगाएर वा टाउको तलतिर बस्छन त्यसैले रोगी भएको संकेत गर्दछ । त्यस्ता बाख्रालाई बथानवाट छुट्टाएर वेग्लै राखी आवश्यक स्याहार सुसार गरीनुपर्छ ।

दाना आहार खाने बानी व्यहोरा :-

सामान्यतः खानेवानी व्यहोरामा तलमाथि भएमा उधार नकाटनुले धेरै खाले रोग व्याधि सम्बन्धि पहिलो संकेत गर्दछ । तर पनि यसो हुँदैमा व्राख्रापालकले बाख्रा भएछ भनी निष्कर्श निकाल्नु भन्दा पहिले दाना खराव लाग्ने अस्वादिलो भएको , दाना पानीका भाडाहरु फोहर भएको संभावना भएनभएको संभावना वारे यकिन गर्नु हुन्छ । नराम्रो खाना दिनाले वाख्राको पाचन प्रणाली खाना पच्ने प्रकृयालाई खलवल्याउन नसक्छ । अन्न तथा लहलहाउदो हरियो घाँस एकै पटक धेरै खुवाउँदा पेटसम्म  भएर ढाडने, इन्टेरोटोकसीमियाँ तथा पेट  हावा भरिएर सुन्नीन संभावाना सक्छ ।

शरीरको रौंको अवस्था :- स्वस्थ्य बाख्राको शरीरको रंग मुलायम,तन्कीयो र लचकार हुन्छ । फुरुङ्ग ठाडो परेको, रौं झर्ने वा सजिलै संग भाँचिन  तथा फोस्रो भएका कुनै गम्भीर रोग व्याधी हुन सक्ने संकेत गर्दछ ।

आँखा, नाक, मुखको अवस्था :- स्वस्थ्य बाख्राको आँखा सधैं चम्कीलो तथा शर्तक हुन्छ । आँखा भित्र घुसिएको साथै स्थिर भई आँखा गाडेर हेर्नुलाई ज्वरो शुरु हुन लागेको संकेत गर्दछ । गुलावी रंगको आँखा साथै चिपचिपे आंसु वग्नुले बेलैमा उपचार नगरेमा स्थायी रुपमा बाख्रा अन्धो हुन सक्छ । यस्तो अवश्यमा उपयुक्त एन्टीवायोटिक को प्रयोग गरे तीनमा निको हुन्छ । थुतुनो र नाकको प्वाल स्वस्थ्य बाख्रामा सधैं र सिलो रसिलो ओसिलो कुनै श्राव मुक्त हुन्छ तर अधिक नाकको प्वाल सुख्खा हुन्छन ।

तापक्रमको अभिलेख :-बाख्राको शरीरको तापक्रम एउटा राम्रो स्वास्थ्यको सुंचाक मानिन्छ र सधैं उन्नचालिस डिग्री सेन्टीग्रेडमा स्थिर हुनु पर्दछ । तर धेरै गर्मी हुने क्षेत्रमा भने बाख्राको शरीरको तापक्रम दैनिक मौसमी रुपमा तलमाथि हुनसक्छ । साना पाठापाठी अन्तिम अवश्यका माउहरु त्था उत्तेजित भएका बाख्राहरुमा पटक पटक बढि शरीरको तापक्रम देखाउन सक्छ  । त्यसै ठण्डी मौसममा कमजोर तथा दुब्लाउदै गएका बाख्राहरुले सामान्य भन्दा कम शरीरको तापाक्रम देखाउन सक्छन् ।

स्वास प्रश्वासको अवस्था :-

स्वास्थ्य बाख्राहरुमा श्वास प्रश्वासको दर बिस देखि तीस पटक मिनेटको बीचमा रहने गर्दछ ।यदि रोगको व्याधिको अवश्य भए यो दर घट बढ हुन सक्छ । स्वास प्रश्वास सम्बन्धि मुख्य समस्याहरुमा फोक्सोको परजीवि संक्रमण भएमा निरन्तर खोक्ने, निमोनिया भएमा अत्यधिक ज्वरो आउनुका साथै नाकबाट पातलो श्राव तथा सिंगान वगाउने, पास्टुरेला को संक्रमण सास फेर्ने साथै अत्यधिक ज्वरो आउने गर्दछ ।

नाडीको चालको दर :- स्वस्थ्य बाख्रामा यसको दर सत्तरी देखि अस्सी प्रतिमिनेट हुने गर्दछ । तथापी साना पाठा पाठी तथा गर्भवती बाख्राहरुमा यसको मात्रा सामान्य भन्दा बढी हुन्छ । नाडीको चालमा हुने घटि बढीले कुनै रोग व्याधीको संकेत गर्दछ ।

बाख्राको वडकुला गोबरको अवस्था :-

बाख्रो गोबर स साना बडकुला जस्ता हुन्छन केही गरी बाख्रा लाई झाडापखाला लागेमा तुरुन्तै पुर्नजलीय उपचार गर्नुपर्ने हुन्छ । त्यसपछि झाडा पखाला लगाउने कारक तत्व पत्ता लगाइ सोही अनुसार उपचार गर्नु उचित हुन्छ । त्यस्तो बेला धेरैथरी अन्न मिसाइएको दाना दिनु हुदैन यसले झडा पखालालाई अझ जटिल बनाउँछ जे भए पनि सुख्खा घाँस तथा डाले घास भने दिन सकिन्छ । यदि आन्तरिक परजीवी वा ककसीडोयीसका कारणले झाडापखाला लागेको भए सम्पूर्ण बथानलाई एकै पटक उपचार गरिनुपर्छ । धेरै सिकिस्त विरामी बाख्रालाई बथानबाट छुट्टीएर वेग्लै राख्नु पर्छ ।

आन्तरिक परजीवी :- यिनीहरुले बाख्राहरुमा जटिल समस्या श्रृजना गराउँछ किनभने यस प्रजातिमा आन्तरिक परजीवी विरुद्ध प्रतिरोध गर्ने क्षमता भेडा भन्दा कम हुन्छ । नियमित बथानमा आन्तरिक परजीवी विरुद्ध औषधी खुवाउने गर्नुपर्दछ । परजीवीहरुमा गोलोजुका फित्तेजुका अंकुशे जुका नाम्ले बाख्राको बथानको लागि महत्वपूर्ण मानिन्छ ।

बाह्य परजीवीहरु :- बाख्राको शरीरमा बाक्लो रौ हुने यसका कारणले तातो ओसिलो तथा फोहर ठाउँमा फालिएकामा किर्नाको प्रकोपको बढी सम्भावना रहन्छ । यिनिहरुलाई बाख्राहरुले झाडी बुटयाएको कुनै दाग देखिएमा बाहय परजिवी ग्रसित भएको संकेत गर्छ । यि डरलाग्दा परजीवीहरु किर्ना जुम्रा, माइटस सुक्ष्म किराले बाख्राको जीउवाट रगत चुस्ने गर्दछन । यिनीहरुबाट बचाओट गर्नु गोठ वरिपरि को ठाउँ सफा राख्नु पर्छ । उपचारका लागि बिजको सल्लाह अनुसार, उचित एवं औचित्यपूर्ण किसिमले किटनाशक औषधी प्रयोग गर्नुपर्छ ।

व्यवस्थापकिय अभ्यास :- विरामी बाख्रालाई छुट्टीयाएर राख्ने  विरामी बाख्रालाई बथानवाट  लक्ष्ण देखिना साथ बथानबाट हटाइ त्यसै अनुसार उपचार गरीनु उचित हुन्छ । असल व्यवस्थापन कला त कहिलेको संग सल्लाह लिन जान्नु पनि हो ।

अलग छुट्टयाएर निगरानीम राखीनु :- यदि नयाँ बाख्रा अन्तबाट किनेर ल्याइएको रहेछ भने पहिले देखिका स्थापित वथानमा मिसाउन भन्दा पहिले कुनै रोगको संकेत छ, छैन भन्न कम्तीमा तीन हप्ता सम्म वेग्लै राखी निगरानी गरीनु बुद्धीमानी हुन्छ । यी नयाँ जनावरको लागि गोठ दाना पानीका भाडाको वेग्लै व्यवस्था गरीनुपर्छ जसले एक अर्का बथान बीच रोग हस्तान्तरण हुन पाओस । नयँ बथान संग काम गर्नु भन्दा पहिला र काम गरी सकेपछि हात खुट्टा राम्रो सित सफा राख्नु पर्छ ।

गोठ तथा घास डाले घास तथा दानाको आहारको व्यवस्थापन :- बाख्रा राखीने गोठ उचित हावाको ओहर दोहरमा भएको आरामदायी कम लागत पर्ने तथा सिफारिश गरीएको निसंक्रमण गर्ने रसायन प्रयोग गरी सफा गर्न सजिलो हुन खालको हुनुपर्दछ । खोर गोठको सोतर बडकुला उचीत तरीकाले व्यवस्थापन गरीनु पर्दछ ।बाख्रा राखीने गोठ खोरको पस्ने ठाउँ अगाडी खुट्टा चोपल्न हुने व्यवस्था हुनुपर्छ । बाख्राहरु कोचाकोच हुनेगरी राख्नु हुन्न । गोठ खोर लाई प्रत्येक महिना राम्रो स्रोत सरसफाई गरी राख्नु पर्छ । साथै निसंक्रमण पनी गनुपर्छ । विभिन्न उमेर जात, पात, उत्पादन अवश्य अनुसार उपयुक्त घास डाले बास तथा सन्तुलित दाना आहार दिनुपर्दछ ।बाख्राहरु खाने बेलामा नाटीकुटी गर्ने खालका हुने हुँदा दानाको भाडाबाट दाना भुँइमा छटपट पारी नाश गर्ने गर्दछन् । कहिलेकाही घास दाना खाने —याक, भाडामा उफ्रेर टेकेर प्रदुषित गराउने पनि गर्दछन् ।

ईन्चींग तथा डिपिङ्ग :- जहाँ बाख्राहरु सधन प्रणाली अनुसार पालिन्छ । आन्तरिक एवं बाह्य परजीवीको भार ठूलो मात्रा तयार हुन्छ । यस्तो अवस्थामा बर्षा लाग्न अघी एवं बार्षायाम पििछ यिनलाई आन्तरिक विरुद्धको औषधी प्रयोग गरी सम्पूर्ण बथानको उपचार नियमित रुपमा गरीनु पर्छ । यहि पकृया किन कृषिमा झिगा, लामखुट्टे नियन्त्रण गर्न गरीनुपर्छ । नियमितरुपमा बाख्रा लाई डिपिंग र खोर गोढको भित्र बाहिर एवं खोर गोरु वरिपरिका घास झारपात , पानी जमेको ठाउँमा उचीत किसिमको किटनाशक

अरु जनावरहरु संगको सम्पर्क :-

घरका बाख्राका बथानहरु लामो समय बाहिरका ,रागी बाख्रा भएका अन्य ठाउँका बथान सम्पर्कमा आउन मिसाउनु हुँदैन । यसले प्रत्येक सम्पर्कबाट सर्ने रोगको जोखीम घटाउँछ तर बजार हाट पानी पँधेरो यस्ता ठाउ हुन जहाँ मिसमास हुनबाट बचाउन सकिन्न ।

प्राथमिक उपचार सहयोगका सामग्री व्यवस्थापन :- खुट्टा भाँचिनु, खाने नलीमा केही अडकिने अवश्यमा बाख्रालाई तुरुन्तै नियन्त्रणमा राख्नुपर्छ ताकी अझ बढी चोट न पुगोस, हावादार कोठामा राख्नुपर्छ,  । घाउको कति जटिल छ जाँच गर्नुपर्छ त्यसपछि के गर्नुपर्ने हो तुरुन्त छिटो निर्णय लिनुपर्छ । गम्भीर रुपमा घाइते तर निरोगी सजीलै पुनः लाभ हुन सक्दैनन तीनलाई तुरुन्त उपभोग गर्नेगरी बध गर्नु उचित हुन्छ । यदि कुनै जनावर मरेको पाइयो कारण अनिश्चिित छ भने त्यसको उपभोग गरिनु हुन्न र अरु जनावरलाई पनि नजीक पर्न दिनु हुन मरेको पशुलाई उचित तरीकाले तह लगाउनुपर्छ ।

खोपको प्रयोग :-

बाख्राका धेरै रोगहरु विभिन्न खोप प्रयोग गरी नियन्त्रण रोकथाम गर्न सकिन्छ । बयसका बारेपछि चर्चा गराउँला अहिलेलाई यति कुरा मनन एवं कार्यान्वयन गर्दे गर्नु होला ।