पुल र नहर नबन्ने भएपछि किसान चिन्तित
उर्लाबारी। गत वर्षको साउन २८ गते आएको बाढीले भत्काएको लोहन्द्रा खोलाको पुल यो वर्ष नबन्ने भएपछि किसान चिन्तित भएका छन् । सुनसरी मोरङ सिँचाइ आयोजनाको चतरा मूल नहर माथिबाट बग्ने लोहन्द्राको पुल बाढीले बगाउँदा नहरको साइफन (खोलामुनिबाट नहरको पानी लैजाने पैनी) बगेपछि लोहन्द्रा पूर्वको १२ हजार ३६५ हेक्टर जमिन सिँचाइबाट वञ्चित भएको थियो । मोरङमा […]