समाज

माछा मार्न पाउनुपर्ने भन्दै आन्दोलन

नवलपरासी। पूर्वी नवलपरासीको राष्ट्रिय निकुञ्ज क्षेत्रबाट प्रभावित बोटे समुदायले माछा मार्न पाउनुपर्ने भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । परम्परागत रुपमा जीविकोपार्जन गर्दै आएको समुदायलाई राज्य पक्षले सहयोग गर्नुपर्ने मध्यवर्ती क्षेत्र जनअधिकार महासंघका केन्द्रीय उपाध्यक्ष एवं माझी मुसहर बोटे कल्याण सेवा समिति नवलपरासीका अध्यक्ष लालबहादुर बोटेले बताउनुभयो । माझी, मुसहर बोटे तथा आदिवासी समुदायलाई विनाशर्त […]

व्यावसायिक जडीबुटी खेती शुरु

म्याग्दी। उच्च पहाडी क्षेत्रमा बाँझिएको जमिनको सदुपयोग र स्थानीयवासीको आयआर्जनमा सुधार ल्याउने उद्देश्यले मंगला गाउँपालिकामा व्यावसायिक जडीबुटी खेती शुरु गरिएको छ । मंगला गाउँपालिका र इलाका वन कार्यालय बाबियाचौरको पहलमा झाँक्रेपानी, धापुङ, किमचौर, सिरकुम, पूर्णगाउँ, थाइवाङ र हिदीमा सतुवाको खेती शुरु गरिएको हो । दशजना कृषक छनोट गरी उनीहरुलाई तालीमसँगै निःशुल्क बिरुवा वितरण गरेर सतुवा […]

जिमुहामा शीत भण्डार सञ्चालन हुँदै

वालिङ। गल्याङ नगरपालिका–११ जिमुहामा शीत भण्डार निर्माण गरिएको छ ।आँधीखोला बहुउद्देश्यीय पानी उपभोक्ता संस्था (आक्वा) अन्तर्गत जलस्रोत व्यवस्थापन आयोजनाको सहयोग र जिल्ला कृषि विकास कार्यालय स्याङ्जाको समन्वयमा राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्र खुमलटारको व्यवस्थापनमा झण्डै एक महिनापछि शीत भण्डार सञ्चालनमा ल्याइँदै छ । “नमूना नगदे बाली उत्पादन कार्यक्रमअन्तर्गत झण्डै दुई सय सदस्य किसानबाट रु २४ […]

चितवनको सुख्खा क्षेत्रमा बोरिङमार्फत सिचाई सेवा सुरु भएपछि किसानहरु हर्षित

चितवन । चितवनको सुख्खा क्षेत्रमा बोरिङमार्फत सिचाई सेवा सुरु भएपछि किसान उत्साहित भएका छन् । भूमिगत जल सिंचाई विकास डिभिजन कार्यालय चितवनले निःशुल्क बोरिङ गरी सिंचाईको ब्यवस्था गरेपछि किसान थप उत्साही बनेका हुन् । सिंचाईको अभावमाा पशुलाई घाँस पनि राम्रोसंग उब्जनी नहुने जमिनमा यतिबेला निकै लोभलाग्दो गरी काक्रा तथा तरकारी उत्पादन गर्न किसाहरु सफल भएका […]

गाउँमै स्वरोजगार बन्दै दुर्गमका युवा

बाजुरा। दुर्गम स्थानीय तहका युवा गाउँमा रोजगार नपाउँदा छिमेकी मुलुक भारतमा गएरर चौकीदारीलगायत विभिन्न काम गरेरै घरखर्च चलाउने परम्परा नै भइसकेको छ । गाउँमा कुनै काम नपाएर विदेशिएका युवा भने निर्वाचित जनप्रतिनिधि आएपछि घर फर्किन थालेका छन् । स्थानीय गौमूल गाउँपालिकाका युवा विदेशबाट फर्केर अहिले गाउँको विकासमा अग्रसर भएका छन् । गाउँमा नै विभिन्न विकास […]

खोरेतले १३ चौपाया मरे

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ र ७ मा रहेका चौपायामा खोरेत रोगको संक्रमण देखिएको छ । अहिलेसम्म खोरेतका कारण १२ बाख्रा र एक गाईको बाछा मरेका छन् । गाउँपालिका–६ बाशेश्वर र ७ नं वडा खुर्कोटमा खोरेतको संक्रमण देखापरेको गोलञ्जोर पशु सेवा शाखाका पशु प्राविधिक सहायक मीनबहादुर थापाले जानकारी दिनुभयो । हालसम्म साना चौपाया मरेको उहाँको […]

जोखिम मोलेरै अग्ला भिरमा मह शिकार

बागलुङ । गलकोट नगरपालिका–४ निलुवास्थित मौरीभीरमा शनिबार मह शिकार गरिएको छ । पाँच सय मिटर अग्लो भिरमा जोखिम मोलेर शिकारीले मह काढेका थिए । छत्तीस वर्षपछि उक्त भिरमा मह शिकार गरिएको हो । पर्यटनसँग जोड्न निलुवा पर्यटकीय क्षेत्र प्रवद्र्धन केन्द्रले मह शिकार (हनी हन्टिङ) महोत्सव आयोजना गरेको थियो । मह शिकारमा गलकोट नगरपालिका–१० पाण्डवखानीका अनुभवी […]

कृषि क्षेत्रमा नेपाल र भारतको सहकार्य:तीन बुँदे सहमति

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको राजकीय भ्रमणका क्रममा कृषि क्षेत्रमा भारतसँग सहकार्य गर्नेगरी तीन बुँदे सहमति गरेका छन् । शनिबार दुई देशको कृषि क्षेत्रमा एक अर्कासँग सहकार्य गरेर अघि बढ्ने गरी तीन बुँदे सहमति भएको हो । सहकार्यको घोषणा भने दुवै देशका कृषि मन्त्रालयले गर्ने सहमतिमा उल्लेख छ । सहमति अनुसार कृषि क्षेत्रको अनुसन्धान, […]

खेती योग्य जमीन घट्दै

बेलबारी। दुई बाली धानखेती हुने जग्गा जथाभावी प्लटिङ हुन थालेपछि पछिल्लो १५ वर्षमा मोरङमा मात्र १२ हजार हेक्टर अन्न उत्पादन हुने जग्गा घटेको छ । क्षेत्रीय कृषि निर्देशनालयका प्रमुख राजेन्द्र उप्रेतीका अनुसार सन् २००३ मा मोरङमा ८२ हजार हेक्टर जमिनमा धान बाली लागेको थियो । सन् २०१७ मा आएर ७० हजार हेक्टरमा धानखेती भएको देखिन्छ […]

मह शिकार महोत्सव बाग्लुङमा

बागलुङ। पर्यटकलाई आकर्षित गर्न बाग्लुङको गलकोट नगरपालिका–४ स्थित निलुवामा ‘मह शिकार (हनी हन्टिङ)’ महोत्सव आजबाट शुरु भएको छ । निलुवा पर्यटकीय क्षेत्र प्रवद्र्धन समितिको आयोजनामा हुने सो महोत्सवमा निलुवाका मौरी भिरमा रहेका २० भन्दा बढी मौरीका गोलाबाट मह काढिने समितिका अध्यक्ष ओमकार सुवेदीले बताउनुभयो ।उहाँले परम्परागत प्रविधि अपनाएर मात्र महको शिकार गरिने बताउँदै अनुभवी र […]