समाज

मकै छर्ने मेसिन भित्रियो पर्वतमा

फलेवास । जिल्लामै पहिलोपटक पर्वतको फलेवास नगरपालिकामा मकै रोप्ने ९सिडर० मेसिन भित्रिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएको फलेवास नपा वडा नं १, ३ र ४ का किसानलाई परियोजनाको जोन कार्यान्वयन एकाई कार्यालय मुडिकुवाले तीनवटा मेसिन अनुदानमा वितरण  गरेको हो । कार्यालयले मिनी पावरटिलर र त्यसमै जडान गर्न मिल्नेगरी निर्मित मकै रोप्ने ९सिडर०, […]

कृषि प्रयोजनका लागि स्मार्टफोन वितरण

राजविराज । जलवायु तथा वातावरण परिवर्तनबाट देखिने प्रतिकुल असरबाट कृषि क्षेत्रमा पर्नसक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला कृषि विकास कार्यालयले कृषक समूहको छनौट गरी कृषकलाई आवश्यक सामग्री वितरण गरेका छन् । जिल्ला कृषि विकास कार्यालय, सप्तरीमा बुधबार आयोजित कार्यक्रममा जिल्लाका ६३ कृषक समूहलाई कृषि प्रयोजनका लागि स्मार्टफोन, सिम, वर्षामापन यन्त्र र थर्मोमिटर प्रदान गरिएको […]

१३ सय बिघामा मेन्था खेती

बारा। बाराको मनहर्वास्थित नेचुरल रिसिस प्रालिले यसवर्ष एक हजार तीन सय बिघामा मेन्था खेती गरेको छ ।आर्थिक वर्ष २०७३र७४ मा उक्त प्रालिले क्यामोमाइल र मेन्था खेती गरी ६ करोड रुपैयाँ बराबरको ८ हजार एक सय किलो उत्पादन गरेको थियो । क्यामोमाइल तेल प्रतिबिघा चारदेखि पाँच किलो उत्पादन हुन्छ । प्रतिकिलो २१ रुपैयाँका दरले बिक्री हुने […]

अदुवाले उचित मूल्य नपाउँदा किसान मारमा

धनगढी। कैलालीको पहाडी क्षेत्रमा उत्पादन हुँदै आएको अदुवाले उचित मूल्य पाउन नसकेपछि स्थानीय किसान मारमा छन् । मूल्य नपाएपछि उत्पादन भएको अदुवा सस्तो मूल्यमा बिक्री गर्न बाध्य भएको स्थानीय कृषक करन जेठाराले बताउनुभयो । एक वर्षअघिसम्म प्रतिकिलो काँचो अदुवा रु ६० देखि रु ७५ को दरले बिक्री गर्न पाएका कृषक यसवर्ष बढीमा प्रतिकिलो रु २२ […]

सौराहाको संरक्षित क्षेत्रमा फोहर उठाउँदै पर्यटक

चितवन । चितवनको रत्ननगरस्थित सौराहा आसपासको संरक्षित क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको सहभागितामा स्थानीय संरक्षणकर्मीले मंगलबार फोहर संकलन गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने संरक्षित इलाका ढुंग्रेखोला आसपासमा मंगलबार विभिन्न देशबाट आएका पर्यटकको सहभागितामा फोहर संकलन गरिएको हो । नेपालका विभिन्न जिल्ला तथा जर्मनी, इङ्ल्याण्ड, फ्रान्स र अमेरिकाका नागरिक फोहर संकलनमा सहभागी […]

तटबन्ध योजना परेपछि किसान हर्षित

देउखुरी । लमही–गढवा सडक खण्डमा पर्ने राप्ती नदीको पुललाई आधार मानेर उत्तर र दक्षिण क्षेत्रमा बृहत् तटबन्धका लागि ठेक्का स्वीकृत भएको छ । जनताको तटबन्ध कार्यालय लमहीले पुलदेखि तल्लो क्षेत्रबाट दुई किनार हुँदै बगेको राप्ती नदीलाई एकै ठाउँबाट बगाउने गरी बृहत् तटबन्धको योजना गरेको छ । स्थानीय जग्गा धनीबीच सहमति गरेर नदीको बीच भागबाट राप्तीको पानी […]

माछामा आत्मनिर्भर बन्दै लमजुङ

लमजुङ। कुखुराको मासु र अन्डामा आत्मनिर्भर बनेको लमजुङ अबदेखि माछामा समेत आत्मनिर्भर हुने भएको छ । पछिल्लो समय ५ युवाले संयुक्त रूपमा २ सय १० रोपनी क्षेत्रफलमा माछापालन व्यवसाय सुरु गरेसँगै जिल्ला माछाको मासुमा आत्मनिर्भर हुने भएको हो । ७० लाखका माछापालन : राईनास–५ कैनीटारमा सुरु गरिएको पौडेल एग्रो फार्ममा हाल ७० लाख माछा पालिएको […]

धान उत्पादन क्षेत्र घडेरीमा परिणत

पाल्पा। एक दशक अगाडि चैत शुुरु भएपछि चैते धान रोप्न पाल्पाका कृषकलाई निकै चटारो हुन्थ्यो । गाउँघरमा पालैपालोसँग चैते धान रोप्न थाल्दा कृषकलाई दिन गएको पत्तो हुँदैनथ्यो । अहिले चैते धान रोप्न छाडिएपछि कृषक फुर्सदिला बनेका छन् । चैते धान खेती गर्ने परम्परा यहाँ वर्षेनी कम हुँदै गएको छ । युवा जनशक्ति विदेश पलायन हुनथालेपछि पछिल्लो […]

राजनीतिसँगै भैँसीपालन

स्याङ्जा। युवा अवस्था लडाइँमा खर्चनु भएका वालिङ नगरपालिका–९ का ताराप्रसाद भुसालले भैँसीपालनबाट मनग्य आम्दानी गर्न थाल्नुभएको छ । दुई वर्षदेखि वालिङ नगरपालिका–१ त्रियासीमा सञ्चालन गरेको भैँसी फार्मबाट मनग्य आम्दानी गर्नुभएको हो । २०४७ सालदेखि राजनीतिमा होमिनुभएका भुसालको राजनीतिसँगै गोबर फाल्ने, दाना खुवाउने, दूध दुहुने र दूध वितरण गर्ने दैनिकी बनेको हो । उहाँ अहिले नेकपा माओवादी […]

आलु खेतीबाट समृद्धि खोतल्दै जिमूहाका किसान

वालिङ । गल्याङ नगरपालिका–११ जिमूहाका किसानले सामूहिक आलु खेतीका माध्यमबाट आर्थिक समृद्धिको बाटो रोजेका छन् ।जिमूहा कृषि उपज कृषक सहकारी संस्थामा आवद्ध ५६ जना कृषकले दश रोपनी जग्गामा आलु खेती गरेका हुन् । “स्थानीय कृषकले निर्वाहमुखी कृषिका माध्यमबाट उत्पादन गर्दै आउनुभएको आलु खेतीलाई थप व्यवस्थित बनाउँदै ब्यवसायिकरुपमा अघि बढाउन संस्था दर्ता गरी समूहमार्फत खेती सुरु […]