समाज

बहुमूल्य जडीबुटीको अवैध चोरी–निकासी बढ्यो

जाजरकोट। यहाँको उच्च लेकाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीको अवैध चोरी–निकासी हुने गरेको छ । सम्बन्धित निकायको उदासीनताका कारण चोरी–निकासी बढेको हो । राजश्व छल्न अवैध तरिकाले निकासी गर्ने गरेका तर नियामक निकायले बेवास्ता गर्दा लाखौंको राजश्व घाटा लागेको छ । जिल्लाकोे उत्तरी क्षेत्रमा रहेको बारेकोट गाउँपालिकाको चाखुरे, देउराली, साइकुबारी, सागबारी, वुराउसे, ठाकुरजी, रोल्पापाटन तथा जिल्लाका उच्च […]

यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि

डोल्पा। हिमाली जिल्ला डोल्पामा यार्सागुम्बा संकलनका लागि यस वर्षदेखि यार्सागुम्बा संकलन दस्तुरमा अतिरिक्त पाँचसय रकम तिर्नुपर्ने भएको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, स्थानीय सरकारका प्रमुख, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय लगायतका सरोकारवाला पक्षसहित निकुञ्ज कार्यालय सुलिगाडमा भएको छलफलको निर्णयअनुसार यस वर्षदेखि प्रत्येक संकलनकर्ताले यार्सागुम्बा व्यवस्थापन निर्देशिकाअनुसार तोकिएको रकममा अतिरिक्त पाँचसय रुपैयाँ तिर्नुपर्ने भएको हो […]

फोहरबाट मोहोर कमाउँदै

वालिङ। देशका विभिन्न शहरमा फोहरमैला व्यवस्थापनमा समस्या भइरहेका बेला स्याङ्जाको वालिङ नगरपालिकाले भने फोहरमैला बिक्रीबाट आम्दानी लिँदै आएको छ । उक्त नगरपालिकाले संकलन गर्न थालेकोे चार वर्षको अवधिमा रु १७ लाख ३५ हजार २१८ फोहरमैला बिक्रीबाट आम्दानी गरेको हो । आर्थिक वर्ष २०७१/७२ मा रु एक लाख ७९ हजार, २०७२/७३ मा रु तीन लाख ४९ […]

माछामा आत्मनिर्भर बन्दै कपिलवस्तु

जितपुर। कपिलवस्तु जिल्ला पछिल्लो समय माछामा आत्मनिर्भर हुन लागेको छ । अन्य बालीभन्दा राम्रो आयआर्जन हुने र माग पनि बढी भएकाले यहाँ माछापालन गर्ने कृषकको संख्या बढ्नुका साथै उत्पादन पनि बढेकाले जिल्ला माछामा आत्मनिर्भरतर्फ उन्मुख भएको हो । जिल्लामा माछाकै लागि सात सय हेक्टरमा पोखरी खनिएको छ । यसबाट वार्षिक एक हजार दुई मेट्रिकटन माछा उत्पादन […]

अवैधरुपमा लग्न लागिएको ५० वटा गोरु नियन्त्रणमा

बाँके। बाहिरी मुलुक लैजानका लागि तयारी अवस्थामा राखिएका बाँके जिल्लाको डुडुवा गाउँपालिका–४ कम्दी खालेमशाह गाउँबाट ५० वटा गोरु प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार खालेमसाह गाउँ बाहिर जम्मा गरेर राखेको अवस्थामा एउटै डोरीमा बाँधिएका ती गोरु स्थानीय तथा प्रहरीको सक्रियतामा नियन्त्रणमा लिइएको हो । शनिबार नियन्त्रणमा लिइएको गोरुलाई गएराति नेपालगञ्ज भन्सार […]

भिसा त्यागेर च्याउ खेतीमा युवा

अमरगढी। डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं. १ असिग्रामका दुई युवाले खाडी मुलुकको भिसा त्यागेर च्याउ खेती सुरु गरेका छन् । पाँच लाख रुपियाँको लगानीमा भूमिराज असिग्राम कृषि फर्म दर्ता गरी उनीहरू व्यावसायिक च्याउ खेतमा जुटेका हुन् । मलेसिया जाने मनसाय बनाएका स्थानीय युवा विष्णु भट्टले पनि काठमाडौँमा च्याउ खेतीसम्बन्धी तालिम लिएर अहिले सो व्यवसाय सुरु […]

डडेल्धुरामा सात नम्बर प्रदेशकै ठूलो कोल्ड स्टोर संचालनमा

डडेल्धुरा। डडेल्धुरामा प्रदेश नम्बर सातकै ठूलो कोल्ड स्टोर संचालनमा आएको छ । कृषिजन्य उत्पादनलाई लामो समयसम्म सुरक्षित राख्ने उद्देश्यले डडेल्धुराको अमरगढी नगरपालिका–१ दहमा आधुनिक प्रविधिसहितको ‘उग्रतारा सित भण्डार प्रा.ली’ निर्माण भएको छ । १४ हजार ५ सय क्विीन्टल क्षमताको कोल्ड स्टोर साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको ६५ प्रतिशत अनुदान र जिल्लाका उद्योग व्यवसायीहरुको ३५ […]

जनक्रान्तिको उद्गमथलो थवाङमा अब आर्थिक क्रान्ति

लिबाङ। सधैँ राजनीतिक क्रान्तिका नामले चिनिँदै आएको थबाङ युद्धका घाउमा मलहम लगाउन भन्दै अबका दिनमा आर्थिक क्रान्तिमा होमिने भएको छ । बन्दुकले कृषकको जीवनस्तरमा कुनै किसिमको परिवर्तन नआएपछि कुटो, कोदालो, हँसिया र फरुवा बोकेर त्यहाँका कृषक आर्थिक क्रान्तिमा होमिएका हुन् । थबाङ गाउँपालिकाको कार्यालय रोल्पाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आलुमा ब्लक ९सय हेक्टर क्षेत्रफल० स्थापना […]

विश्वकै दुर्लभ बबुल प्रजातिको अर्ना गणना सुरु

इटहरी। कोशीटप्पु वन्यजन्तु आरक्षले विश्वकै दुर्लभ बबुल प्रजातिको अर्ना गणना मंगलबारदेखि प्रारम्भ गरेको छ ।प्रत्येक दुई वर्षका अवधिमा वन्यजन्तु संरक्षण विभागको नीतिअनुसार अर्ना गणना गरिँदै आएको छ । अघिल्लो दुई वर्षअघिको अर्ना गणनानुसार आरक्षमा ४३२ अर्ना थिए । एक वर्षअघि अर्नाको वंश संरक्षणका लागि वन्यजन्तु संरक्षण विभागको कार्ययोजनानुसार आरक्षबाट १३ अर्ना चितवन लगिएपछि अर्नाको संख्यामा […]

माछा मार्न पाउनुपर्ने भन्दै आन्दोलन

नवलपरासी। पूर्वी नवलपरासीको राष्ट्रिय निकुञ्ज क्षेत्रबाट प्रभावित बोटे समुदायले माछा मार्न पाउनुपर्ने भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । परम्परागत रुपमा जीविकोपार्जन गर्दै आएको समुदायलाई राज्य पक्षले सहयोग गर्नुपर्ने मध्यवर्ती क्षेत्र जनअधिकार महासंघका केन्द्रीय उपाध्यक्ष एवं माझी मुसहर बोटे कल्याण सेवा समिति नवलपरासीका अध्यक्ष लालबहादुर बोटेले बताउनुभयो । माझी, मुसहर बोटे तथा आदिवासी समुदायलाई विनाशर्त […]