काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको राजकीय भ्रमणका क्रममा कृषि क्षेत्रमा भारतसँग सहकार्य गर्नेगरी तीन बुँदे सहमति गरेका छन् । शनिबार दुई देशको कृषि क्षेत्रमा एक अर्कासँग सहकार्य गरेर अघि बढ्ने गरी तीन बुँदे सहमति भएको हो । सहकार्यको घोषणा भने दुवै देशका कृषि मन्त्रालयले गर्ने सहमतिमा उल्लेख छ ।

सहमति अनुसार कृषि क्षेत्रको अनुसन्धान, विकास, तालिम लगायतका विषयमा दुई देशले काम गर्नेछन् । कृषि क्षेत्रको विकासका लागि बीऊ प्रविधि र माटोको संरक्षणका लागि आधारभूत संरचना व्यवस्थित गर्ने, पशु चिकित्साको अनुसन्धान र विकासमा नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र भारतीय कृषि अनुसन्धान परिषद् (आइकार) बीच सहकार्य गरेर अघि बढ्ने उल्लेख गरिएको छ ।

कृषि क्षेत्रमा भएका सहमति कार्यान्वयन र निगरानीका लागि पाइलट परियोजना घोषणा गर्ने उल्लेख गरिएको छ