समाचार

सुदूरपश्चिमा दशैंमा खाद्यान्न अभाव नहुने

धनगढी। चरम भोकमरी समस्या रहेको सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा चाडपर्वको बेला खाद्यान्न अभाव नहुने जनाइएको छ । ती जिल्लाहरुमा केही चामल मौज्दात रहेको र बाजुरा बाहेक चार जिल्लामा थप ढुवानी समेत भएकाले जनताले ढुक्कसँग चाडपर्व मनाउन पाईने बताइएको छ । भोकमरी समस्या रहेका जिल्लामा खाद्यान्न ढुवानी र बिक्री गर्दै आएको नेपाल खाद्य संस्थान क्षेत्रीय कार्यालय धनगढीले […]

दशैंको मुखमा अलैंचीको मूल्य ओरालो लागेपछि किसान चिन्तित

ताप्लेजुुङ। ताप्लेजुङको मुख्य नगदेबालीको रुपमा रहेको अलैंची बजारमा निस्कन थालेसँगै मूल्य निरन्तर ओरालो लाग्न थालेको छ । खोल्सीको ‘कालो सुन’ उपमाले समेत चिनिएको नगदेबाली अलैंचीको मूल्य हाल अस्वाभाविक रुपमा घट्दै गएकाले अलैंची उत्पादक तथा किसान चिन्तित बनेका छन् । बजारमा नयाँ अलैंची निस्किन थालेको करिव डेढ महिना पुग्न लाग्दा मूल्य प्रति मन १७ हजार रुपियाँले […]

कृषि तथा वन विश्‍वविद्यालय बन्द

चितवन। विद्यार्थी तथा प्रध्यापकहरुले लामो समय आन्दोलन र तालाबन्दी गरेपछि कृषि तथा वन विश्व विद्यालय प्रशासनले ‘असहज परिस्थित निम्तिएको’ भन्दै अनिश्चितकालका लागि विश्वविद्यालय बन्द गरेको छ। शुक्रबार ३ बजेसम्म छात्रावासमा रहेका विद्यार्थीलाई बाहिर जान क्याम्पस प्रकाशनले समय तोकेको थियो । प्रशासनले तोकेको समयमा छात्रावास नछाड्ने विद्यार्थीहरुलाई शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले जबर्जस्ति बाहिर निकाल्यो। […]

९० किलोको खसीसँगै बसेर पढ्छन् विद्यार्थी

मोरङ। विद्यालयको कक्षाकोठामा को बस्ला ? तपार्इंलाई कसैले सोध्यो भने तपार्इं सहजै भन्न सक्नुहुन्छ विद्यार्थी बसेर पढ्छन् ।तर मोरङको कद्माहा–५ मा अवस्थित रोज इन्टरनेसनल इङ्लिस बोर्डिङ स्कुलको हकमा भन्नुपर्दा कक्षाकोठामा विद्यार्थी र खसी संगैबसेर कक्षाकोठामा पढ्छन् । कक्षा पाँचसम्म रहेको सो विद्यालयमा यतिखेर अचम्मको एउटा खसी बस्छ । सो विद्यालयका प्राचार्य रामप्रसाद बर्माका अनुसार विद्यालय […]

पर्वतमा आलु उत्पादन घट्यो

पर्वत । आलुको पकेट क्षेत्र मानिने पर्वतका उत्तरी गाविसमा यस वर्ष आलुको उत्पादन घटेको छ । जिल्लाको उत्तरी गाविस बनौ, शालिजा, लेखफाँट र क्याङ, भुकताङ्ले, बाँसखर्कलगायतका गाविसमा यस वर्ष आलु उत्पादनमा गिरावट आएको हो । आलुका लागि पकेट क्षेत्र मानिएका यी गाविसमा गएको हिउँदको लामो खडेरीका कारण आलु उत्पादनमा झण्डै ५० प्रतिशतले कमी आएको छ […]

उखु किसान अनुदान रकमबाट वञ्चित

कपिलवस्तु। सरकारले दिने रु दुई करोड ५० लाख अनुदान रकम जिल्लाका उखु किसानले पाउन सकेका छैनन् । गत वर्ष जिल्लाको जवभारीस्थित महालक्ष्मी सुगर्स प्रालि र किसानबीच विवाद हुँदा सरकारले किसानलाई सो रकम अनुदान स्वरुप दिने निर्णय गरेको थियो । सरकारले तोकेबमोजिम रकम मिलले नदिएपछि किसान र मिल सञ्चालकबीच विवाद भएको थियो । सरकारले प्रतिक्विन्टल उखुको […]

‘चितवनलाई आलु बीउको हब बनाइने’

चितवन । चितवनलाई आलु बीउको हब बनाउने उद्देश्य राखेर जिल्ला कृषि विकास चितवनको समन्वयमा चितवनका सरोकारवाला संघसंस्थाबीचमा एकदिने अन्तत्र्रिmया कार्यक्रम गरेको छ । वार्षिक कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७३/०७४ को पहिलो कार्यक्रम चितवनमा आयोजना गरिएको हो । आलु उत्पादक किसान, बीउ उत्पादक किसान, कृषक सहकारी, कृषक समूह, निजी व्यापारी, भेटेरीनरी, कोल्ड स्टोरका सञ्चालकलगायतलाई आलु बालीको विषयमा […]

सरकारले केरामा अनुदान नदिएको कारण आयतित केरासंग प्रतिष्पर्धा गर्न गाह्रो

चितवन । चितवनका केरा किसानहरुले सरकारले केरामा अनुदान नदिएका कारण चितवनको केराले भारत र चीनमा उत्पादन भएका केरासँग प्रतिष्पर्धा गर्न नसकेको बताएका छन् । उनीहरुले सरकारी अनुदान नपाएका कारण चितवनको केराले राष्ट्रिय तथा अन्तर्राष्टिय स्तरमा प्रतिस्पर्धा गर्न नसकेको जिकिर गरे । इलाका प्रहरी कार्यालय रत्ननगरमा भर्खरै सरुवा भई आएका प्रहरी नायव उपरीक्षक नारायण रञ्जीतकारको स्वागतमा […]

बगरमा खेती

मोरङ । ढुङ्गेबगरलाई हरियालीमा परिणत गर्न सकिन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छन् । तर अब पत्याउनै पर्ने भएको छ । सामूहिक प्रयासमा जुट्ने हो भने जुनसुकै काम सजिलै गर्न सकिने उदाहरण मोरङको केरौन–९ स्थित धर्तीमाता कृषि सहकारी संस्था लिमिटेडले प्रस्तुत गरेको छ । धर्तीमाता सहकारीले सहकारी खेती सुरु गरेपछि चिसाङ खोलाको ढुङ्गेबगरमा अहिले हरियाली मात्र […]

नेपालगन्जमा भारतीय स्याउ विस्थापित

नेपालगन्ज। नेपालगञ्ज बजारमा जुम्ला र डोल्पाको स्याउ आउन थालेपछि भारतीय स्याउ विस्थापित भएको छ। नेपालगन्ज र कोहलपुरका अधिकांश ठाउँमा जुम्ला र डोल्पाको स्याउ पाइने गरेको छ। जुम्ला र डोल्पाको स्याउ भारतीय स्याउभन्दा सस्तो र मिठो भएका कारण भारतको सिमला र हिमाञ्चलबाट स्याउ आउन पूर्णरुपमा बन्न भएको व्यापारीहरूले बताएका छन्। नेपालगञ्जमा फलफूलको व्यवसाय गर्दै आएका बड्कौ […]