पर्वत ।अज्ञात रोगका कारण गाइ फार्ममा गाई मर्न थालेपछि किसान चिन्तित बनेका छन् । फलेवासमा संचालित दिदिबहीनी एकिकृत कृषि तथा पशुपलन फार्मका गाई फार्ममा एक्कासी चार गाई मरेका हुन् । बिहिबार बिहान गाईलाई दानापानी गरी दुध दोएको २ घण्टा पछी फार्ममा ४ ओटै लैना गाई एकै साथ मरेको कृषक निर्मला भुषालले बताए । अकष्मात् गाई मरेपछि जिविकोपार्जनको श्रोत गुमेको उनको तर्क छ । उक्त फारमबाट बार्षिक ८ लाखभन्दा बढी आम्दानी गर्दै आइरहेको फार्म संचालक बताउँछन् । एकाएक गाइ मरेको उनीहरुको तर्क छ । गाई फार्म संचालन गरी व्यवसाय शुरु गरेको २ बर्ष नवित्दै एकाएक गाई मरेपछि आफुहरुको लगानी समेत नउठ्ने देखिएपछि आफुहरु निकै मर्कामा परेको फार्म संचालक बताउँछन् ।
चार महिलाहरु एकिकृत भई करिब १५ लाखको लगानीमा गाई फार्म सञ्चालन गरेका थिए । जर्सी जातका ९ वटा गाई पालेर व्यवसाय शुरु गरिएको उक्त फार्मका एकैचोटी चार गाइ मरेपछि आफुहरुको लगानी उठाउन समेत धौधौ हुने हो कि भन्ने चिन्ताले सताएको अर्की संचालक शोभा श्रेष्ठ बताउ्रँछिन् ।
आफ्नै गाउँमा गाइ पालनबाट राम्रो आम्दानी हुने सोचका साथ संचालन गरेको फार्ममा एकाएक गाई मर्नुले आफुहरुलाई निराश तुल्याएको उनको तर्क छ । गाइपालनबाट राम्रो आम्दानी हुन थालेपछि गाईको संख्या बढाउने सोचमा थियौं एकाएक गाई मरे सारा सपना तुहियो श्रेष्ठले भनिन् ।
पहिले पनि एक गाइ मरेको उक्त फार्ममा एकैचोटी चार गाइ मर्नुले किसानलाई चिन्तित तुल्याएको छ । यक्यूट मिल्कफिवरका कारणहरु मरेको हुन सक्ने पशु चिकित्सक डा.अर्जुन आचार्य बताउँछन् । दुध दोएको केही समयमै गाई मर्नु यक्युट मिल्कफिवर हुनसक्ने उनको तर्क छ ।
शरीरमा क्याल्सियमको मात्रा बढी भएर गाई मरेको उनसक्ने उनले बताए । उक्त रोगबारे थप अनुसन्धान भैरहेको उनले बताए ।