समाचार

व्यावसायिक कृषिको भरपर्दो विकल्प बन्दै पाउलोनिया

पोखरा। व्यावसायिक कृषिको भरपर्दो विकल्पका रुपमा पाउलोनिया खेतीले स्थान पाउन थालेको छ । पछिल्लो समयमा विभिन्न फलफूलमा देखिएका रोगका साथै जलवायु परिवर्तनका कारण परम्परागत रुपमा लगाइएका फलफूल एवम् रैथाने वनस्पति मर्न थालेपछि त्यसको विकल्पका रुपमा कृषकहरूले पाउलोनिया लगाउन सुरु गरेका छन् । त्यस्तै विकल्प खोज्नेमध्येमा लेखनाथ नगरपालिका वडा नंं। १७ भरतपोखरीस्थित चैनपुरका अगुवा कृषक खगेन्द्र अधिकारी […]

भोजपुरमा मनकामना जातको मकै लोकप्रीय

भोजपुर। भोजपुरमा मनकामना जातको मकै लोकप्रिय बन्दै गएको छ ।भोजपुरका करिब सबैजसो कृषकले मनकामना जातको सेतो मकै लगाउने गरेको जिल्ला कृषि विकास कार्यालय भोजपुरले जनाएको छ । मनकामना–३ जातको मकैको बीउ भोजपुरमै उत्पादन भइरहेको र हाल जिल्लामा २० देखि २५ मेट्रिक टन मकैको बीउ उत्पादन भइरहेको वरिष्ठ कृषि विकास अधिकृत सरोजकान्त अधिकारीले बताए । भोजपुरको […]

कृषि र पशु विकास मन्त्रालय गाभ्न कसरत

काठमाडौं। नयां संविधानमा पच्चीस भन्दा बढी मन्त्रालय नबनाउने उल्लेख गरिएको भएपनि सत्ता साझेदारीताका लागि केपी शर्मा ओली नेतृत्वको सरकारका साझेदारहरुलाई भागबण्डा पु¥याउनका लागि धेरै मन्त्रालय विभाजन समेत गरिए । त्यही विभाजनको मारमा कृषि विकास मन्त्रालय पनि प¥यो । कृषि विकास मन्त्रालय विभाजन भएपछि कृषि मन्त्री रहेका एमाओवादी नेता हरिबोल प्रसाद गजुरेलले मन्त्रालय विभाजन नगर्नका लागि हदैसम्मको […]

डिडिसीको नयाँ उत्पादन दाना र टि मिल्क बजारमा

काठमाडौ। दुग्ध विकास संस्थानले आफ्नो ४८ औं वार्षिकोत्सवमा विभिन्न नयाँ उत्पादन बजारमा ल्याउने भएको छ । संस्थानले नेपालको पशुपक्षी दान क्षेत्रमा रहेको निजी क्षेत्रको एकाधिकारकार तोड्दै पहिलोपटक डिडिसी दाना बजारमा ल्याउने भएको छ भने चियाका लागि टि मिल्क नामक छुट्टै दुधको पनि बिक्री सुरु गर्ने भएको छ । संस्थानले वार्षिकोत्सव र भावी योजनाबारेमा जानकारी दिन […]

उत्पादन बढाउन गड्यौलापालन

लहान। गड्यौलालाई मान्छेले महत्वहीन किरा ठान्छन् तर, त्यही महत्वहीन गड्यौलालाई पालेर सिरहाका किसानले खेतीपातीका लागि भर्मिक मल उत्पादन सुरु गरेका छन् । जिल्लामायस नौलो प्रविधिले छोटो समयमै खेतको उर्वरा शक्तिसँगै आम्दानी पनि बढाउने दुवै काम गरेको छ । बढ्दो रासायनिक मल तथा अन्य विषादी प्रयोगका कारण माटोको उर्वरा शक्ति समाप्त भएर उत्पादनमा कमी आउन थालेपछि […]

बेमौसमी गोल्भेडा खेती र मनग्ग्य आम्दानी

काठमाडौं। चैत्र देखी मध्य मंसिर सम्म गरिने गोल्भेडा खेती लाई बेमौसमी गोल्भाडा खेती भनिन्छ। तराइ, बेसी ,खोच ,पहाड तथा टार मा समेत यस्को खेती सफलता पूर्वक गर्न सकिन्छ। तराइ को हक मा भने यस्को अबधी भने ज्यादै छोटो हुन्छ। नेपाल मा पाइने गोल्भेडा का जात हरु :- क. उन्नत जात हरु :-(खुल्ला सेन्चित ) १,लप्सी […]

काभ्रेमा मल अभाव

काभ्रे। काभ्रेपलाञ्चोकमा रासायनिक मलको अभाव हुन थालेको छ । कृषि सामग्री कम्पनी लि धुलिखेलका प्रमुख अशोक खड्काले झण्डै दुई सातादेखि डिएपी मलको अभाव भएको जानकारी दिँदै ग्लोबल टेन्डरमार्फत खरिद भएको मल भारतको कोलकातामा रोकिएको बताएका छन् । धान र मकैका लागि डिएपी मल आवश्यक भएकाले त्यसको माग बढी रहेको उल्लेख गर्दै उनले कम्पनीसँग १५० बोरा […]

‘कृषिमा क्रान्ति’ गमलामा धान रोपेर

ललितपुर। आज असार १५ एवं राष्ट्रिय धान दिवसका दिनमा कृषि क्रान्तिको नारा घन्काउने कृषि मन्त्री हरिबोल गजुरेलले कृषि मन्त्रालयले आयोजना गरेको एउटा औपचारिक कार्यक्रममा गमलामा धान रोपेर ‘कृषि क्रान्ति’ गरेका छन् । खुमलटारमा आयोजित राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रम खुमलटारमा आयोजना गरिएको थियो । कार्यक्रमको शुभारम्भमा कृषिमन्त्रीले गमलामा धान रोपेका हुन् । मन्त्रालयका एक […]

आउँदो साता देशैभरका नदीमा बाढी आउन सक्ने सम्भावना !

काठमाडौं। भारी वर्षासँगै आउँदो साता देशैभरका नदीमा बाढी आउन सक्ने ‘ग्लोबल हाइड्रोलोजिकल मोडेल’ ले भविष्यवाणी गरेको छ । कोसी, नारायणी, गण्डकी, कर्णाली,पश्चिम राप्ती, महाकाली, वागमतीलगायत सवै नदीमा बाढी आउन सक्ने ग्लोबल हाइड्रोलोजिकल मोडेलको प्रक्षेपण छ । जल तथा मौसम विज्ञान विभागको बाढी भविष्यवाणी शाखाले गत वर्षको मनसुनदेखि नक्सालस्थित कार्यालयबाट २४ सै घण्टा देशका मुख्य मुख्य […]

असारको दोस्रा सातासम्म २० प्रतिशत रोपाइ

पर्वत। गत बर्षको तुलनामा यस बर्ष जिल्लामा धान रोपाइ चाडो भएको छ । असारको दोस्रो सातासम्ममा जिल्लाका विभिन्न भेगमा गरी २० प्रतिशत धान रोपाइ भैसकेको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ । गत बर्षको तुलनामा यसबर्ष मनसुन चाँडै सक्रिय भएका कारण पनि रोपाइ चाँडो भएको कृषि कार्यालयले जनाएको छ । मनसुन सक्रिय भएसँगै कृषकहरुलाई […]