समाचार

सुन्तलाखेतीमा नयाँ प्रविधि आएपछि किसान उत्साहित

म्याग्दी । म्याग्दीका कृषकले सुन्तलाको गुणस्तर र उत्पादन बढाउन सिँचाइ तथा बिरुवा उत्पादनमा नयाँ प्रविधि अपनाएका छन् । बेनी नगरपालिका–३ राखु र ४ बास्कुनाको सुन्तला बगैँचामा जिल्लामै पहिलोपटक थोपा सिँचाइ प्रविधिको प्रयोग गरिएको हो । राखुमा नियन्त्रित वातावरणमा सुन्तलाको बिरुवा उत्पादन गर्न स्क्रिन हाउस (प्लास्टिक घर) निर्माण भएको छ । बास्कुनाका तिलक गुरुङ र राखुका […]

प्रतिबन्ध लगाएको भारतीय अण्डा नेपाल भित्रंदै,बर्डफ्लुको जोखिम

वीरगन्ज। वार्षिक रु १५ करोड मूल्यभन्दा बढीको अन्डा उत्पादन हुने बारामा खुल्ला सीमाको कारण दिनहुँ भारतीय अन्डा भित्रिन थालेपछि बर्डफ्लुको जोखिम बढ्दै गएको छ । खुल्ला सीमाको फाइदा उठाउँदै तस्करले भारतबाट कुखुराको सेतो अन्डा तस्करी गरी नेपाल भित्रयाउने गरेका छन् । जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रसँग जोडिएको भारतको घोडासन, आदापुर तथा नेपाली नाका मटिहर्वा, कबैगोठ, सीमरौनगढ, […]

बाहिरी चक्रपथका लागि जग्गा अधिग्रहण सुरु

काठमाडौं। बाहिरी चक्रपथ निर्माणका लागि जग्गा अधिग्रहणको काम प्रारम्भ भएको छ । बाहिरी चक्रपथले उपत्यकाको सहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ । बाहिरी चक्रपथ आयोजनाका शाखा अधिकृत ध्रुवप्रसाद सापकोटाले पहिलो खण्ड निर्माणका लागि जग्गा अधिग्रहण सुरु गरिएको जानकारी दिए। पहिलो खण्डमा सतुङ्गलदेखि चोभारसम्म (६ दशमलव ६ किलोमिटर) चक्रपथ निर्माण गरिने […]

मनसुन क्रमिक रुपमा सक्रिय बन्दै

काठमाडौँ। एक साताअघि नेपालको पूर्वी भेगमा प्रवेश गरेको मनसुन क्रमिकरुपमा सक्रिय बन्दै गएको छ ।कमजोर रुपमा प्रवेश गरेको मनसुन देशभर पूर्णरुपमा सक्रिय हुन अझै केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको सक्रियताले खासगरी देशका पूर्वी भेगमा वर्षात् भएको छ । काठमाडौँ उपत्यकासहित मध्य भेग र पश्चिमी भेगमा भने राम्ररी वर्षात् हुन सकेको […]

गोकर्णेश्वरको गाई फार्ममा आगलागी, ४५ गाई मरे, ७० घाइते

काठमाडौं। काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ रुप्सेटारमा रहेको ‘ओम कृषि फार्म’ मा आगलागी हुँदा ४५ गाई मरेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । आज बिहान करिब ११ बजे विद्युतसर्ट भई लागेको सो आगलागीमा परेर ७० गाई घाइते भएका छन् । नेपाल प्रहरी र स्थानीयबासीले दुई वटा दमकलको सहयोगमा अपराह्न १ बजे आगो नियन्त्रणमा लिएका थिए । […]

५ प्रतिशत ब्याजदरमा पाइने ७ करोड रुपैयाँ कृषि ऋण कसरी लिने ?

काठमाडौं। तीन वर्ष अघिदेखि सरकारले किसानलाई सुलभ ब्याजमा ऋण उपलब्ध गराउँदै आएको छ । सुरुका वर्ष ऋणको सिमा १ करोड रुपैयाँ सम्म थियो । तर गएको चैतदेखि सरकारले पाँच प्रतिशत ब्याजमै ७ करोड रुपैयाँसम्म कृषि ऋण दिने व्यवस्था गरेको छ । सस्तो ब्याजको ऋण बैंक तथा वित्तीय संस्थाबाट लिन सकिन्छ । ब्याज बाहेक किसानले अरु […]

बाँदर नियन्त्रणको माग गर्दै धादिङबेसीमा प्रदर्शन

धादिङ । धादिङका बाँदर पीडित किसानहरुले बाँदर आतंक नियन्त्रणको माग गर्दै बुधबार सदरमुकाम धादिङबेसीमा प्रदर्शन गरेका छन्। बाँदरले चिथोरेका मकैको घोगा र अन्य अन्नवाली सहित बोकेर पीडित किसानहरुले प्रदर्शन गरेका हुन् । पीडित किसानहरुले बाँदरले चिथोर छोडेका मकैको घोगाले माला बनाएर घाँटीमा लगाएका थिए । ‘धपाउन गयो भने हिजोआज त मान्छेलाई नै झम्टेर आक्रमण गर्छ ।’ […]

सुख्खायाममा बल्झिन्छ खानेपानीमा लोडसेडिङ, ट्याङ्कर कारोबारमा लुकेको खानेपानी झेल

काठमाडौं। सुख्खायाम सुरु भएपछि नेपाल खानेपानी संस्थानले खानेपानीको ‘लोडसेडिङ’ लार्इ बढाउँछ। सातामा तीन पटक खानेपानी दिने तालिकामा परिवर्तन गरेर दुर्इ वा एक पटकमा झारिन्छ। संस्थानका उच्च तहका कर्मचारीकै निर्देशनमा विगतमा नेपाल विद्युत प्राधिकरणले माग र आपूर्तिको हिसाब गरेर लोडसेडिङ तालिका बनाएजस्तै पानी वितरणको तालिका बन्छ। संस्थानले वर्षोदेखि एउटै फर्म्याटमा तयार पारेको तालिका छ, जुन अहिले […]

मासुमा लापर्बाही: मरेका कुखुरा प्राणघातक सोडियम नाइट्रेट हालेर बिक्री !

काठमाडौं। काठमाडौं उपत्यकामा प्राणघातक विषादी मिसाइएको मासु र मासुबाट बनाइएका परिकार बिक्री वितरण भइरहेको पाइएको छ । नांगो हातले समेत छुन नमिल्ने सोडियम नाइट्रेट मासुमा मिसाइएको हो । आपूर्ति मन्त्रालयमातहतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको विशेष अनुगमनका क्रममा यो तथ्य बाहिर आएको छ । मासु र मासुजन्य परिकारमा यस्तो प्राणघातक विषादी मिसाइएको […]

आँप झर्न थालेपछि किसान चिन्तित

पाल्पा। आँप कुहिएर झर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । स्थानीय रम्भा गाउँपालिका–१ हुँगीका किसान यसपालि राम्रो फल लाग्ने आशामा रहे पनि आँप झरेर भुइँभरि झर्न थालेपछि किसान समस्यामा परेका हन् । आँप खेतीका लागि उपयुक्त रहेको हुँगीमा बोटमै रहेको आँपको बीच भाग फुटेर किरा लाग्ने र झर्ने गर्न थालेपछि किसान मर्कामा परेका हुन् […]