बाजुरा । आधुनिक कृषि विकासका लागि हाते ट्याक्टर वितरण गरिएको छ । सिँचाई विकास सवडिभिजन कार्यालय र जिल्ला कृर्षि विकास कार्यालय बाजुराको बार्षिक कार्यक्रमको कृर्षि कार्यक्रम अनुसार हाते ट्याक्टर वितरण गरिएको हो ।

समयको बचत गर्नेका लागि,आधुनिक कृषि विकासका तथा उत्पादनमा बृद्धि गर्नेका लागि वितरण गरिएको सिँचाई विकास सवडिभिजन कार्यालय प्रमुख छविराज जैशीले बताए । जिल्लालाई आधुनिक कृषि प्रणालीको विकास गरी आत्मनिर्भर बनाउनका लागि प्रत्येक बर्ष हाते ट्याक्टर वितरण गदैँ आईरहेको जिल्लाकृषि विकास कार्यालयका मिन प्रसाद जैशीले बताए ।

गत बर्ष र यस बर्ष गरी करिव २५ वटा हाते ट्याक्टर जिल्लामा वितरण गरिएको उनले बताए । हाते ट्याक्टर वितरण गरेपछि समयको बचत तथा सदुपयोग हुनुका साथै प्रभावकारी भएको पिलुचौर सिँचाई कुलो आयोजनाका अध्यक्ष लाल बहादुर बिष्टले बताए । हाते ट्याक्टर सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र बहादुर मल्लले वितरण गरेका हुन् ।

डुग्री सिँचाई कुलो आयोजना छेडेदह गाउँपालिका र पिलुचौर सिँचाई कुलो आयोजना बुढीनन्दा नगरपालिकालाई वितरण गरिएको हो । हाते ट्याक्टर वितरण गदैँ सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र बहादुर मल्लले हाते ट्याक्टरलाई सरकारले दिएको हो भनेर व्यवास्था नगरी सही सदुपयोग गर्ने आग्रह गरेका छन् ।

उनले सबैको साँझा सम्पतीको रुपमा पालैपालो प्रयोग गर्ने अनुरोध गरे । सहयोगी निकायलाई प्रशंसनीय कार्य गरेको प्रति धन्यवाद दिदै उनले यसरी सबै निकायहरुले सहयोग गरेपछि जिल्लाको मुहार फेर्ने सकिने उल्लेख बताए ।