अलैँचीका बिरुवा बिक्री नहुँदा कृषक मर्कामा
पाँचथर। अलैँचीको बिरुवा बिक्री गरेर राम्रो कमाइ गर्ने उद्देश्यले पूर्वी पहाडी जिल्लाका कृषकले व्यावसायिकरुपमै अलैँचीको बिरुवा उमारे पनि सोचेअनुरुप यस वर्ष बिरुवा बिक्री नभएकामा चिन्तित छन् । अलैँची खेतीको विस्तार, सुधार र रोग किरा नियन्त्रणका लागि सरकारी निकाय तथा गैरसरकारी संस्थाले समेत कृषकलाई प्रत्यक्ष सहयोग गर्दै आएका छन् । नगदे बालीमध्ये अलैँचीको मूल्य सबैभन्दा माथि […]





