समाचार

अर्गानिक खाना अर्थात कागुनो !

विश्‍वका प्राचीनतम अन्नबालीहरूमध्ये कागुनो (Foxtail millet: Setaria italica (L.) Beauv) पनि एक हो। नेपालको पहाडी क्षेत्रमा खेती गरिने यो बाली कोदोबालीअन्तर्गत पर्दछ। फ्याउराका पुच्छरजस्ता बाला हुने भएकोले अङ्ग्रेजीमा यसलाई फक्स्टेल मिलेट (Foxtail millet)  भनिन्छ। नेपालका रामेछाप, गोरखा, लमजुङ, डोल्पा, जुम्ला, हुम्ला, मुगु, कालिकोट, बाजुरा र बझाङ जि ल्लाहरूका असिञ्‍चित, कमसल, सीमान्त वा रूखो जग्गामा यसको […]

माछापालनमा किसानको आकर्षण बढ्दै

भीमदत्तनगर । पछिल्ला वर्षहरुमा कञ्चनपुरमा व्यावसायिक माछापालनतर्फ किसानको आकर्षण बढ्दै गइरहेको छ । किसानमा माछापालनसँगै प्राविधिक ज्ञानको स्तर पनि बढिरहेको छ । जिल्ला कृषि विकास कार्यालयका मत्स्य अधिकृत मोहनबहादुर चन्दले किसानमा माछापालनप्रति आकर्षण बढ्दै गइरहेको बताए । उनले जिल्लाको बेदकोट, कृष्णपुर, बेलौरी, पुनर्वास, भीमदत्तनगरपालिका, शुक्लाफाँटा नगरपालिका, कृष्णपुरलगायत स्थानीय तहमा माछापालन व्यवसाय फष्टाउँदै गएको बताए । […]

प्रदेश सरकारले घरजग्गा कर उठाउन सक्ने

काठमाडौँ । करदाताप्रति सम्मानपूर्वक व्यवहार गर्दै कर निर्धारण तथा असुली गर्ने पाउने अधिकार प्रदेश सरकारलाई दिइएको छ । घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन, विज्ञापन र कृषि आयमा कर लगाउनसक्ने अधिकार प्रदेशलाई प्रत्यायोजन गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । नेपालको संविधानको धारा १९७ अनुसार प्रदेशको कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा बनेको नमूना विद्येयकमा […]

रोल्पा : बन्दुक बिसाएपछि जिल्लाकै उत्कृष्ट बाख्रापालक कृषक

रोल्पा।  दशवर्षे सशस्त्र युद्धका बेला देश र जनताको मुक्तिका लागि भन्दै बन्दुक बोकेर हिँडेका सुकिदह–३, जिनाबाङ, रोल्पाका लोकमान वली हिजोआज रोल्पामा उत्कृष्ट बाख्रापालक कृषक बन्नुभएको छ । “बाख्रासँग खेल्दाको मजा नै बेग्लै हुन्छ,” उहाँले भन्नुभयो । बाख्रा पालनबाट वलीको दैनिकी मात्र फेरिएको छैन जीवनस्तरमा पनि नौलो आयाम थपिएको छ । हाल उहाँसँग १७८ वटा उन्नत […]

कफीको सय बोट रोप्नुस, नगद १० हजार लानुहोस !

गुल्मी। गुल्मीको मुसिकोट नगरपालिकाले कृषकलाई आकर्षित गर्ने कृषि रणनीति सार्वजनिक गरेको छ । रणनीतिले कृषि आधुनिकीकरणका लागि नयाँ योजना तय गरेको छ । मुसिकोट नगरपालिकाले युवाहरुलाई कृषिमा आकर्षित गर्न सीप, प्रविधि, अनुदान र क्रृण भन्ने अभियान संचालन गरेको छ । जस अन्तरगत एक सय कफीका बिरुरो रोप्ने कृषकलाई दश हजार अनुदान दिने व्यावस्था नगरपालिकाले गरेको […]

किसानको लागि संचालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलपत्र

इलाम। सरकारले गत बर्षदेखि सुरु गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले इलाममा निरन्तरता नपाउँदा किसान समस्यामा परेका छन्। सरकारले निसर्त स्थानीय तहमा परियोजना सञ्चालनका लागि बजेट पठाए पनि स्थानीय तहले कार्यक्रम सञ्चालन गर्न चासो नदेखाएपछि दुई वटा पुराना ब्लक कार्यक्रम र नयाँ कार्यक्रमहरु सञ्चालन हुन सकेको छैंन् । जिल्ला कृषि विकास कार्यालय इलामले गत बर्ष इलामको […]

बुटवलमा एघारौ प्राङ्गारिक कृषि मेला सुरु

बुटवल।“प्राङ्गारिक खेतीको प्रवद्र्धन, स्वस्थ जीवनको अवलम्बन’ भन्ने मुल नाराका साथ बुटवलमा एघारौ प्रांगारिक कृषि मेला सुरु भएको छ । देशभरका ६३ जिल्लाका १ सय २५ वटा स्टलहरु रहेको मेलाको प्रदेश नम्बर ५ का प्रमुख उमाकान्त झाले उदघाटन गरे । उदघाट्न कार्यक्रममा बोल्दै प्रमुख झाले खाद्यान्न उत्पादनमा प्रदेश नम्बर ५ लाई नमुना जिल्ला बनाउनकोलागि सबैको साझा […]

भारतले हटायो एमईपी प्रणाली :नेपालमा प्याजको मूल्य के हुन्छ ?

काठमाडौं । भारतले प्याजको निर्यातदर घटाउन लागू गरेको न्यूनतम निर्यात मूल्य (एमईपी) प्रणाली हटाएको छ। भारतीय किसानले उत्पादन गरेको नयाँ प्याज गत पुस १६ पछि बजारमा आउन थालेपछि यसैसाता एमईपी प्रणाली हटाइएको हो। भारतले एमईपी हटाए लगत्तै नेपाली बजारमा प्याजको भाउ घटेको छ। एक साता अघिसम्म प्रतिकिलो थोक मूल्य सय रुपैयाँ रहेको प्याज हाल ४८ रुपैयाँमा […]

After 154 years, Nepali tea gets int’l trademark

Ilam : Nepal’s orthodox tea has got its own trademark after 154 years of beginning of tea farming in the country. Nepal’s received its own logo (trademark), thanks to the long efforts of the Nepal Tea and Coffee Development Board, experts of the field and different organizations. The trademark comprises an image of mountains with […]

आगामी बर्षमा कृषि र पशुपन्छीको लागि ५६ अर्ब प्रस्ताव

काठमाडौं। आगामी आर्थिक वर्ष २०७५र७६ का लागि कृषि र पशुपंक्षी विकास मन्त्रालयले ५६ अर्ब रुपैयाँको बजेट खाका तयार पारेको छ । कृषि विकास मन्त्रालयले मात्र ३१ अर्वको बजेट माग गरेको छ । यस्तै, पशुपंक्षी विकास मन्त्रालयले मागेको बजेट आकार रू. २५ अर्ब छ । यी दुवै मन्त्रालयले उक्त बजेट खाका अर्थ मन्त्रलय र राष्ट्रिय योजना […]